स्वतन्त्र विद्यार्थी युनियन कैलाली बहुमुखी क्याम्पसद्वारा नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न
धनगढी- सुदूरपश्चिमकै अग्रणी शैक्षिक संस्था कैलाली बहुमुखी क्याम्पसमा शैक्षिक सत्र २०८१ मा भर्ना भई अध्ययनरत नव आगन्तुक विद्यार्थीहरूलाई स्वतन्त्र विद्यार्थी युनियनले स्वागत तथा अभिमुखी कार्यक्रम सम्पन्न गरेको छ ।
स्वतन्त्र विद्यार्थी युनियनका सभापति श्री यमराज जोशीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमका प्रमुख अतिथि क्याम्पस प्रमुख तोयराज भट्ट रहनुभएको थियो।
यस शैक्षिक संस्थामा बि.स २०८१ मा करिब २००० भन्दा बढी विद्यार्थीहरूले भर्ना गरेका छन् । आगामी दिनहरूमा यस शैक्षिक संस्थामा उक्त तथ्याङ्कभन्दा बढी विद्यार्थीहरू भर्ना हुनेछन् भन्ने अपेक्षा राखेको छ, भन्दै क्याम्पस प्रमुखले आफ्नो मन्तव्य राख्नुभएको थियो।
विद्यार्थीहरूको हकहितका लागि स्वतन्त्र विद्यार्थी युनियन हरेक परिस्थितिमा विद्यार्थीहरूको साथमा रहनेछ भन्दै स्वतन्त्र विद्यार्थी युनियनका सभापति यमराज जोशीले कार्यक्रमको समापन ग...












