Advertisement

समाचार

कैलालीको कैलारीमा आज शोक विदा

कैलालीको कैलारीमा आज शोक विदा

Breaking News 2, कैलाली, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीको कैलारी गाउँपालिकाले कार्यालय सहयोगीको निधनमा आज शोक विदा दिएको छ। गाउँपालिकामा कार्यरत कार्यालय सहयोगी चञ्चला चौधरीको यही चैत ८ गते निधन भएकाले शोक विदा दिएको हो। पालिका भरि आइतबार आज एक दिन गाउँपालिकाको कार्यालय, वडा कार्यालय, शैक्षिक संस्था तथा स्वास्थ्य संस्थामा अति आवश्यक सेवा बाहेक शोक विदा दिएको गाउँपालिकाले एक सूचना मार्फत जानकारी दिएको छ।...
राति मधेस प्रदेशसहित देशका धेरै ठाउँमा वर्षा

राति मधेस प्रदेशसहित देशका धेरै ठाउँमा वर्षा

Breaking News 1, ताजा अपडेट, समाचार
काठमाण्डौ– मधेस प्रदेशसहित देशका धेरै ठाउँमा राति पानी परेको छ । अरू ठाउँको तुलनामा मधेसका सप्तरी, सिरहा, महोत्तरीमा धेरै पानी परेको छ । यस्तै हिजो बेलुकी गोरखा, तनहुँ, प्युठान लगायतका ठाउँमा पनि पानी परेको थियो । काठमाण्डौसहित देशका केही ठाउँमा राति हावाहुरीसमेत चलेको थियो । अहिले मधेससहित पूर्वी तराईका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का पानी परिरहेको छ । आजदेखि पश्चिमबाट मौसम क्रमिक सुधार हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।...
कञ्चनपुरमा ट्याक्टरसँग स्कुटी ठोक्किदा पछाडि सवार एकजना मृत्यु

कञ्चनपुरमा ट्याक्टरसँग स्कुटी ठोक्किदा पछाडि सवार एकजना मृत्यु

Breaking News 3, कन्चनपुर, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी- कञ्चनपुरमा ट्याक्टरसँग स्कुटी ठोक्किदा एक जनाको मृत्यु भएको छ । जिल्लाको भिमदत्त नगरपालिका–११ मा म १ त १०२० नम्बरको ट्याक्टरमा सोही दिशातर्फ जाँदै गरेको सुपप्र ०२–००३ प ६७३२ नम्बरको स्कुटी पछाडीको भागमा ठोक्किएको थियो । दुर्घटनामा स्कुटी पछाडि सवार ४० वर्षीय प्रेम गिरीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । गिरीलाई धनगढीको मायामेट्रो अस्पतालले भारतको भोजीपुरा रेफर गरेको थियो । तर, भारत नलग्दै चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको प्रहरीले जनाएको छ । स्कुटी चालक सोही ठाउँ बस्ने ४२ वर्षीय सन्तोष कुँवरलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।...
धनगढीमा सिलिन्डर पड्किएर घाइते भएकी खड्काको मृत्यु

धनगढीमा सिलिन्डर पड्किएर घाइते भएकी खड्काको मृत्यु

Breaking News 1, कैलाली, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी- धनगढीमा चैत २ गते ग्यास सिलिन्डर पड्किएर घाइते भएकी महिलाको मृत्यु भएको छ । जिल्लाको धनगढी उपमहानगरपलिका–६ मट्यारी बस्ने घाइते ३६ वर्षीया मिना खड्को शनिबार मृत्यु भएको हो। खड्काको उपचारका क्रममा काठमाडौँको बर्निङ हस्पिटलमा मृत्यु भएकोमा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्र सिंह बोहराले जानकारी दिए । उनकाअनुसार अन्य दुई जना घाइतेको पनि काठमाडौँमै उपचार भइरहेको छ । मृतककी छोरी २० वर्षीय चन्द्रा खड्का र ग्यास बिक्रेता स्थानीय व्यापारी ४० वर्षीय गोविन्द राज जोशी उपचाररत छन् । जोशीको पसलबाट ग्यास सिलिन्डर खरिद गरेकी खड्काले उनलाई नै जोड्नका लागि बोलाएकी थिइन् । सोही क्रममा सिलिन्डर पड्किएपछि उनीहरु तीनै जना घाइते भएका थिए ।...
राष्ट्रिय युवा संघ बित्थडचिरको अध्यक्षमा बोहरा

राष्ट्रिय युवा संघ बित्थडचिरको अध्यक्षमा बोहरा

Breaking News 2, ताजा अपडेट, बझाङ, राजनीति, समाचार, सुदूरपश्चिम
बझाङ- राष्ट्रिय युवा संघ नेपाल बित्थडचिर गाउँपालिकाको नेतृत्व चयन गरिएको छ । पालिकाको सम्पन्न दोस्रो अधिबेशनबाट नयाँ नेतृत्व चयन गरिएको हो । अधिवेशनबाट तारा बहादुर बोहराको अध्यक्षतामा सर्वसम्मत १३ सदस्यीय कमिटी गठन गरिएको छ । कमिटी उपाध्यक्षमा रोशन जोशी , सचिवमा भक्त ढाँट , उपसचिवमा राजेन्द्र विक र भागिरथी बोहरा र कोषाध्यक्षमा विमला ढाँट चयनलाई सर्वसम्मत रुपमा चयन गरिएको नेकपा एमाले बित्थडचिरले जानकारी दिएको छ।...
डोटीमा पालिकाको केन्द्रमै खानेपानीको हाहाकार, पालिकाकै ट्याङ्करमा पानी बोक्नुपर्ने बाध्यता

डोटीमा पालिकाको केन्द्रमै खानेपानीको हाहाकार, पालिकाकै ट्याङ्करमा पानी बोक्नुपर्ने बाध्यता

Breaking News 2, डोटी, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- डोटीमा एक स्थानीय तह रहेकै ठाउँमा खानेपानीको हाहाकार भएको छ । जिल्लाको बडीकेदार गाउँपालिकाको केन्द्र समेत रहेको वडा नम्बर २ खड्यौलीमा खानेपानीको हाहाकार भएको हो। पालिकामा पानीको अभाव हुँदा अहिले २० किलोमिटर टाढा पर्ने नम्बर १ को बिपीनगरमा रहेको ठुली गाड बाट ट्याङ्करले पानी बोकेर दैनिकी चलाउनु पर्ने बाध्यता निम्त्याएको छ । देश संघीयतामा गए पश्चात् पहिलो पटक निर्वाचित जनप्रतिनिधिहरूले भौगोलिक रूपमा बिकट, पहाडी क्षेत्र अवस्थित बडीकेदार गाउँपालिकाको मुकाम स्थापित गरेर आवश्यक भौतिक संरचना निमार्ण गर्नुका साथै खानेपानीको आपूर्तिका लागि पालिकाले २०७५ सालमा डिप बोरिङको योजना निमार्ण गरी सञ्चालनमा ल्याएको थियो । तर उक्त योजना निमार्ण भई सञ्चालनमा आएको ५ वर्ष पनि नचलि पानी पूर्ण रूपमा बन्द रहँदा खानेपानीको हाहाकार भएको जनाइएको छ । समस्या समाधानका लागि पालिकाले पटक पटक गरेर लाखौँ रुपैया...
बित्थडचिरमा समाजवादीका ४ जना नेता एमालेमा प्रवेश

बित्थडचिरमा समाजवादीका ४ जना नेता एमालेमा प्रवेश

Breaking News 1, ताजा अपडेट, बझाङ, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको बित्थडचिर गाउँपालिकाका नेकपा एकिकृत समाजवादीका नेता कार्यकर्ताहरू एमालेमा प्रवेश भएका छन् । सनिवार नेकपा एमाले वित्थडचिर गाउँ कमिटी जनवर्गीय संगठनहरुको दोस्रो अधिबेशनको अवसरमा समाजवादी छोडेर एमालेमा प्रवेश भएका हुन् । एमालेमा प्रवेश गर्नेमा नेपाल एकिकृत समाजवादी पार्टी वित्थडचिर गाउँ कमिटी सदस्य अम्मर बोहरा, दिपक बोहरा, कृष्ण बोहरा ३ नम्बर वडाका वडा कमिटी अध्यक्ष तारा बोहरा रहेका छन् । उनीहरुलाई पार्टीका केन्द्रिय सदस्य अफिलाल ओखेडाले एमालेमा स्वागत गरेका छन् ।...
अछामकी इशरा र सरस्वतीका हत्या आरोपितलाई बाल सुधार गृह पठाइयो

अछामकी इशरा र सरस्वतीका हत्या आरोपितलाई बाल सुधार गृह पठाइयो

Breaking News 1, Breaking News 2, अछाम, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- अछाममा दुई किशोरीको हत्यामा संलग्न दुई किशोरलाई बाल सुधार गृह पठाएको छ। ढकारी गाउँपालिका-८ पल्साताकी १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको हत्या अभियोगमा पक्राउ परेका किशोरहरूलाई बाल सुधार गृह ,डोटी पठाइएको हो । प्रहरीले जङ्गलमा २ किशोरीको ढुङ्गाले प्रहार गरेर हत्या गरेको सम्पूर्ण अनुसन्धान सकेर प्रतिवेदन अदालतमा बुझाएको थियो। अछामका प्रहरी प्रमुख ईश्वरीप्रसाद भण्डारीले भने, ‘हामीले अदालतमा पेस गरेका थियौ। अदालतले बाल सुधार गृह, डोटी पठाएको हो। अदालतले फैसला गरेको छैन।’जिल्ला प्रहरी कार्यालयका निरीक्षक टेकबहादुर देउवाका अनुसार हत्यामा संलग्न दुवै किशोर १८ वर्षमुनिका भएकाले उनीहरूलाई सुधार गृहमा राखिएको हो । ‘प्रहरी कार्यालयले सबै अनुसन्धान गरेर यो केसलाई अदालतमा बुझाइसकेको छ । अदालतले भने फैसला गरेको छैन । अहिले साक्षीहरूलाई बोलाउने, बकपत्र गराउने प्रक्रिया चलिरहेक...
दलितको घर भत्काएर उठिबास लगाउने पालिका अध्यक्ष र पूर्ववडाध्यक्ष पक्राउ

दलितको घर भत्काएर उठिबास लगाउने पालिका अध्यक्ष र पूर्ववडाध्यक्ष पक्राउ

Breaking News 2, समाचार
जनकपुरधाम— सिरहाको औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलिप यादवलाई सिरहा प्रहरीले नियन्त्रणमा लिएको छ । वडा नम्बर ५ मा महायज्ञ गर्ने नाममा दलित अछुत हुन्छ भन्दै दिपक मल्लिकको घर डोजरले भत्काएर उठिबास गराएको आरोपमा गाउँपालिका अध्यक्ष र पूर्व वडाध्यक्षलाई सिरहा प्रहरीले नियन्त्रणमा लिएको हो । उनी दुबैजना सिरहा प्रहरीको नियन्त्रणमा रहेको मधेस प्रदेशका प्रहरी प्रमुख डिआइजी लालमणि आचार्यले पुष्टि गरे । उनले सोधपुछका लागि बोलाएपछि उनी दुबैजना आफै जिल्ला प्रहरी कार्यालय आएपछि नियन्त्रणमा लिएको पनि बताए । उनका अनुसार उजुरी भने अझै परेको छैन् । अगामी चैत १७ गतेदेखि महायज्ञ सुरु हुने भनिएको छ । महायज्ञ स्थलमा रहेको मल्लिकको घरमा फाल्गुन १० गते डोजर लगाएर बजरंगी बाबाको सल्लाहमा गापा अध्यक्ष यादवले भत्काएका थिए । साथै त्यहाँको माटो समेत अछुत भएको भन्दै दुई फिट माटो समेत हट...
५ लाखभन्दा बढी आप्रवासीलाई देश छोड्न ट्रम्प प्रशासनको आदेश

५ लाखभन्दा बढी आप्रवासीलाई देश छोड्न ट्रम्प प्रशासनको आदेश

Breaking News 1, अन्तर्राष्ट्रिय, ताजा अपडेट, समाचार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले ५ लाख ३० हजारभन्दा बढी आप्रवासीहरू प्रवासीहरू प्रभावित हुनेगरी ठूलो निर्णय गरेको छ । प्रशासनले क्युबा, हाइटी, निकारागुवा र भेनेजुएलाका ५ लाखभन्दा बढी आप्रवासीहरूको अस्थायी कानूनी अधिकार खारेज गरेको हो । संघीय सरकारद्वारा जारी गरिएको सूचना अनुसार अमेरिकामा कानुनी आधारबिनै बसेका ती आप्रवासीहरूलाई आफ्नो कार्य अनुमति र निर्वासनबाट सुरक्षित रहने सुविधा रद्द हुनुअघि देश छोड्न चेतावनी दिइएको छ । बाइडेन प्रशासनको कार्यकालमा ५ लाख ३० हजार प्रवासीहरूलाई सीएचएनभी नामक कार्यक्रममार्फत अमेरिका ल्याइएको थियो। के हो सीएचएनभी कार्यक्रम ? यो क्युबा, हैटी, निकारागुवा र भेनेजुएलाको संक्षिप्त रूप हो । यो अमेरिकी सरकारले ती देशका नागरिकहरूको लागि ल्याएको एउटा मानवीय प्रवासन कार्यक्रम हो । यो कार्यक्रम सन् २०२२ मा तत्कालीन राष्ट्रपति जो बाइडेनले सुरु...
नवजीवन सहकारीद्वारा चामल बिक्रि वितरण सुरु

नवजीवन सहकारीद्वारा चामल बिक्रि वितरण सुरु

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीमा नवजीवन सहकारी संस्था लिमिटेडले आफैंले उत्पादन गरेको चामल बिक्रि वितरण सुरु गरेको छ । सुदूरपश्चिम प्रदेशकै ठुलो सहकारी संस्थाको रुपमा रहेको नवजीवन सहकारी संस्था लिमिटेडले गोदावरी नगरपालिका- ८ स्थित मजगाउँमा नवजीवन खाद्य उद्योग (राईस मिल) को स्थापना गरी सनिवारदेखि चामल बिक्रि वितरण सुरु गरेको हो । शनिवार पत्रकार सम्मेलनको आयोजना गर्दै संस्थाका अध्यक्ष देव बहादुर बमले शेयर सदस्यहरूलाई कृषि सँग जोड्न चामल उत्पादन सुरु गरेको बताए । उनले राइस मिलमा हाल सम्म १६ हजार २ सय ८७  क्विन्टल धान खरिद गरी १ हजार १८४ क्विन्टल धान कुटाइ गरिसकेको बताए । जसबाट ६५१ क्विन्टल चामल उत्पादन भएको छ । सहकारीले २५ किलोको मोटो चामलको १४ सय र मसिनो चामलको २२ सय दर तोकेको छ । धानको मूल्य अनुसार चामलको दर तलमाथि हुनसक्ने सहकारीका अध्यक्ष बमको भनाइ छ । उनका अनुसार उत्पादित चामल नवजीवन सहकारी संस्थाका...
कैलालीमा विद्युतका कर्मचारी चौधरीमाथि खुकुरी प्रहार गर्ने थप २ जना पक्राउ

कैलालीमा विद्युतका कर्मचारी चौधरीमाथि खुकुरी प्रहार गर्ने थप २ जना पक्राउ

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीमा विद्युतका कर्मचारीमाथि दिनदहाडै खुकुरी प्रहार गर्ने थप २ जना पक्राउ परेका छन्। विद्युत् प्राधिकरणको धनगढी वितरण केन्द्र अन्तरगतको अत्तरिया नो लाइटमा कार्यरत चौधरीमाथि खुकुरी प्रहार गर्ने धनगढी उप महानगरपालिका-१ का १९ वर्षीय सम्राट सिंह र गोदावरी नगरपालिका-१ विजयनगरका २५ वर्षीय अर्जुन भट्ट पक्राउ परेका हुन । घटनामा प्रत्यक्ष संलग्न रहेको आरोपमा सिंहलाई फागुन २७ गते र घटना घटाउन सहयोग गरेको आरोपमा भट्टलाई चैत्र ७ गते पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।। सोहि घटनामा फागुन २६ गते गोदावरी-५ गेटाबाट मार्टेन भनिने चिसापानीका २० वर्षीय प्रविन शाहीलाई पक्राउ परेका थिए। चौधरीमाथि गत फागुन २२ गते कार्यालय परिसरमा दिनदहाडै खुकुरी प्रहार भएको थियो।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज