केदारस्यूँको रायलमा निःशुल्क यौन तथा प्रजनन स्वास्थ्य शिविर
नरेश बिष्ट, बझाङ - बझाङको केदारस्यूँ गाउँपालिका-१ देउरा स्थित रायल प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क यौन तथा प्रजनन स्वास्थ्य शिविर सम्पन्न भएको छ।
आज नर्वेजियन राजदूतावास, युएनएफपीए (UNFPA) तथा एडिआरए (ADRA )नेपालको सहयोगमा निःशुल्क यौन तथा प्रजनन स्वास्थ्य शिविर सम्पन्न भएको हो।
शिविरबाट १ सय ७२ जना महिलाहरूको स्वास्थ्य परीक्षण गरिएको जनाइएको छ । परिक्षण गरिएका मध्य ६ जनालाई शल्यक्रियाका लागि छनोट गरिएको छ,, भने ४ जनालाई रिङ पेसरी राखिएको छ।
साथै, ४ जनामा पहिलो चरणको भिआइए सकारात्मक पहिचान भई आवश्यक उपचार तथा परामर्श प्रदान गरिएको छ।
प्रजनन उमेर समूहका महिलाहरूको स्वास्थ्य समस्या पहिचान गरी समाधान गर्न शिविर सञ्चालन गरिएको जनाइएको छ । विभिन्न तथ्यांकअनुसार नेपालमा हरेक दिन ४ जना महिलाले पाठेघरको मुखको क्यान्सरका कारण ज्यान गुमाइरहेका छन्। यस्तो गम्भीर अवस्थालाई ध्यानमा रा...











