Advertisement

समाचार

भाटभटेनी सुपरमार्केटका सुरक्षागार्ड पुरस्कृत

भाटभटेनी सुपरमार्केटका सुरक्षागार्ड पुरस्कृत

Breaking News 3, ताजा अपडेट, समाचार
काठमाडौं- भाटभटेनी सुपरमार्केट कोटेश्वर शाखाले सुरक्षा गार्ड तुलप्रसाद पराजुलीलाई पुरस्कृत गरेको छ । भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले सुरक्षागार्ड पराजुलीलाई आज एक कार्यक्रमबीच पाँच लाख एक हजार एक सय एघार रुपैयाँसहित पुरस्कार र पाँच ग्रेड बढुवाको सम्मान प्रदान गरे । गत १५ गते राजावादीको आन्दोलनका क्रममा कोटेश्वरस्थित सुपरमार्केट शाखामा लुटपाट गर्न पुगेका प्रदर्शनकारीको प्रतिकार गरी ठूलो क्षति हुनबाट जोगाएका थिए ।...
सुदूरपश्चिम एकीकृत समाजवादीको अध्यक्षमा खड्का

सुदूरपश्चिम एकीकृत समाजवादीको अध्यक्षमा खड्का

Breaking News 3, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
धनगढी- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को सुदूरपश्चिम प्रदेश अध्यक्षमा लालबहादुर खड्का चयन भएका छन्। नेकपा (एकीकृत समाजवादी) प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशनले सर्वसम्मत रूपमा खड्काको अध्यक्षतामा नयाँ प्रदेश नेतृत्व चयन गरेको हो। प्रदेश उपाध्यक्षमा धनबहादुर बोहरा र शिवबहादुर कुँवर चयन भएका छन् भने सुरेन्द्रमान कार्कीलाई सचिवको जिम्मेवारी दिइएको जनाइएको छ । यस्तै, उपसचिवमा गणेश साउद, राधिका अवस्थी र गोरख सार्की चयन भएका छन्। नवनिर्वाचित अध्यक्ष खड्काले पार्टी संगठन सुदृढीकरण र सुदूरपश्चिम प्रदेशको विकासका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले पार्टीलाई बलियो बनाउन कार्यकर्ताहरूलाई एकताबद्ध गर्दै अघि बढ्ने बताएका छन्। सुदूरपश्चिम प्रदेशमा नेकपा (एकीकृत समाजवादी) को भूमिकालाई थप प्रभावकारी बनाउन नवगठित कमिटीले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।...
आज प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री सिनावातबीच भेटवार्ता हुँदै

आज प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री सिनावातबीच भेटवार्ता हुँदै

Breaking News 3, ताजा अपडेट, समाचार
बैङ्कक- थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उनका थाइ समकक्षी पे थोङ् थान् शिनावातबिच आज भेटवार्ता हुँदैछ ।थाइल्याण्डको सरकारी भवनमा भेटवार्ताअघि प्रधानमन्त्री ओली समकक्षी सिनावातले आयोजना गरेको स्वागत समारोहमा सहभागी भएका थिए। थाइल्याण्डका प्रधानमन्त्री निवातको मैत्रीपूर्ण निमन्त्रणामा नेपालका प्रधानमन्त्रीबाट पहिलोपटक थाइल्याण्डको औपचारिक भ्रमण भएको हो । यो भ्रमणबाट दुई देशबिचको आपसी सम्बन्ध विस्तार र सहकार्यमा योगदान पुग्ने अपेक्षा गरिएको छ । परराष्ट्र मन्त्रालयका अनुसार भेटवार्तापछि संस्कृति र पर्यटनका क्षेत्रमा सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर हुने छ । यसैगरी दुई देशबिचका गैरसरकारी र व्यावसायिक संस्थाबिच विभिन्न छ सहमतिपत्र आदानप्रदान हुनेछ । सम्झौतापछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ । त्यसपछि प्रधानमन्त्री ओली आफ...
प्रदेश सभाको अवरोध हटाउने विषयमा सत्ता गठबन्धन दलबिच छलफल

प्रदेश सभाको अवरोध हटाउने विषयमा सत्ता गठबन्धन दलबिच छलफल

Breaking News 2, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- सुदूरपश्चिम प्रदेश सभामा जारी अवरोध हटाउने विषयमा मंगलबार सत्ता गठबन्धन दलबिच छलफल भएको छ । सदन खुलाउने र प्रदेश सभालाई निरन्तर सञ्चालन गर्ने विषयमा सत्तागठबन्धन दलबिच छलफल भएको हो। बैठकमा सदनलाई अनिर्णयको बन्दी बनाउन नहुने, सरकारले पर्याप्त मात्रामा विजनेस दिनुपर्ने लगायतका विषयमा छलफल भएको नेपाली कांग्रेसका प्रमुख सचेतक बिक्रमसिंह धामीले जानकारी दिए। यसैबिच, सभामुख भीमबहादुर भण्डारीले मंगलवार बोलाएको कार्य व्यवस्था परामर्श समितिको बैठक भने बस्न सकेन। बैठकमा सत्तापक्षको उपस्थिति नभएपछि कार्य व्यवस्थाको बैठक नबसेको प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले बताए । सो बैठकका लागि प्रतिपक्षी दलको भने उपस्थिति भएको थियो। फजुल खर्च कटौती, राजनीतिक नियुक्ति, सुशासन लगायतको विषय अगाडि सारेर प्रतिपक्षी दलले प्रदेश सभामा अवरोध गर्दै आएका छन्। प्रतिपक्षीले उठाएको विषयमा सहमतिका लागि पट...
गुजरातमा पटाका गोदाममा विस्फोट हुँदा २० जनाको मृत्यु

गुजरातमा पटाका गोदाममा विस्फोट हुँदा २० जनाको मृत्यु

Breaking News 3, ताजा अपडेट, समाचार
एजेन्सी- भारतको गुजरातमा रहेको पटाका गोदाममा विस्फोट भएपछि आगलागी हुँदा २० जनाको ज्यान गएको छ । अरु पाँच जना घाइते भएका छन् । बनासकाँठा जिल्लाको डीसा नगरमा भएको घटनामा मृतकमध्ये सबै मध्य प्रदेशबाट आएका मजदुर रहेका आजतकले जनाएको छ । शुरूमा छ जनाको ज्यान गएको पाइए पनि आगो निभाएर खोजी गर्दा मृतकको सङ्ख्या बढेको हो । विस्फोटका कारण कारखानाको स्ल्याब खसेर मजदुरहरु पुरिएका थिए । घटनाका बेला कति मजदुरहरू उपस्थित थिए भन्ने अझै यकिन हुन सकेको छैन । प्रहरीले कारखाना मालिकविरुद्ध मुद्दा दर्ता गरेको छ । सरकारले मृतकका परिवारलाई चार लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ । भारतमा पटाका कारखाना र गोदामहरूमा सुरक्षाका मापदण्डहरू बेवास्ता गरिने भएकाले यस्ता दुर्घटना दोहोरिरहेका छन् ।...
शिक्षक महासंघको आजदेखि काठमाडौं केन्द्रित आन्दोलन

शिक्षक महासंघको आजदेखि काठमाडौं केन्द्रित आन्दोलन

Breaking News 2, ताजा अपडेट, शिक्षा, समाचार
काठमाडौं- नेपाल शिक्षक महासङ्घले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्ने भएको छ । गत माघ २० गतेदेखि आन्दोलनमा रहेको महासंघले ‘काठमाडौं जा‍औँ अभियान’ सहित आजदेखि अनिश्चितकालीन शैक्षिक आन्दोलन गर्न लागेको हो । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले संसदमा छलफलमा रहेको विद्यालय शिक्षा विधेयक यथाशीघ्र ऐन जारी गर्न माग सहित आन्दोलन गरिरहेको जानकारी दिए  । स्थायी राहत, साविक उमावि, सिकाइ अनुदान, बालविकास कक्षा, अस्थायीरकरा र, प्राविधिक धार, विशेष शिक्षा तथा संस्थागत विद्यालय लगायत सबै प्रकृतिका शिक्षक तथा विद्यालय कर्मचारीका सबै समस्या समाधान गरी शिक्षा ऐन जारी नभएसम्म आन्दोलन निरन्तर चल्ने अध्यक्ष सुवेदीले जानकारी दिएका छन् । नेपाल शिक्षक महासङ्घ र सरकार बिच विगतमा भएका सबै सहमति सम्बोधन हुने गरी गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक-कर्मचारी मैत्री अग्रगामी विद्यालय शिक्षा ऐन ज...
आज पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव

आज पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव

Breaking News 3, ताजा अपडेट, समाचार
काठमाडौं- जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।...
प्रशासकीय अधिकृतले कार्यालयमै झगडा गरेपछि…

प्रशासकीय अधिकृतले कार्यालयमै झगडा गरेपछि…

Breaking News 3, ताजा अपडेट, समाचार
बर्दियाको बारबर्दिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक आचार्य मदिराले मातेर कार्यालयमा आई झगडा गरेका छन्। प्रमुख प्रशासकीय अधिकृत आचार्यसहित आर्थिक विकास समितिका संयोजक कृष्ण गौतम र सहायक प्राविधिक पाँचौं तहका कर्मचारी नगेन्द्र भण्डारी मंगलबार मदिरा सेवन गरी कार्यालय आएको नगरका मेयर छविलाल थारूले बताए। मदिरा सेवन गरे पनि गौतम र भण्डारीले कुनै बदमासी नगरेको उनले बताए। प्रमुख प्रशासकीय अधिकृत आचार्य भने मेयर थारू र उपमेयर रत्नकुमारी पाण्डेसँग झगडामा उत्रिएका थिए। मंगलबार आचार्य समयमा कार्यालय पनि आएका थिएनन्। उपमेयर पाण्डेका अनुसार तीन जना दिउँसो साढे दुई बजेतिर मदिराले मातेर कार्यालय आएका थिए। 'प्रमुख प्रशासकीय अधिकृतज्यू मदिराले मातेको तालमा सोझै मेरो कार्यकक्षमा प्रवेश गर्नुभएको थियो,' उपमेयर पाण्डेले भनिन्, 'उहाँले मेरो कार्यकक्षमा आएर मुक्काले टेबल हान्दै मनपरी बोल्नु...
तीनकुनेमा राजावादी समूहले गरेको आन्दोलनमा ७ सय ४६ राउन्ड अश्रुग्यास प्रहार, ६० राउन्ड गोली

तीनकुनेमा राजावादी समूहले गरेको आन्दोलनमा ७ सय ४६ राउन्ड अश्रुग्यास प्रहार, ६० राउन्ड गोली

Breaking News 3, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं- काठमाडौंको तीनकुनेमा राजावादी समूहले गरेको आन्दोलनमा ७४६ राउन्ड अश्रुग्यास प्रहार गरेको पाइएको छ । १९२ राउण्ड ब्ल्यांक राउण्ड चलेको प्रहरी स्रोतले जानकारी दिएको छ । यसमा गोलीको जस्तो आवाज मात्रै आउने प्रहरी अधिकारीहरु बताउँछन् । कार्टिज (छर्रा) भने २ सय ३९ पटक प्रहार भएको पाइएको छ । त्यसैगरी ६० राउन्ड गोली चलेको पाइएको छ । जसमा हवाई फायरदेखि घुँडामुनि भन्दै प्रहरीले गोली हानेको थियो । यही ६० राउण्ड मध्ये एक राउन्ड गोली लागेर कीर्तिपुरका २९ वर्षीय सविन महर्जनलाई लागेर उनको मृत्यु भएको थियो । ५० राउन्ड गोली मध्ये २ राउण्ड पेस्तालबाट चलेको थियो । राजावादी प्रदर्शनमा प्रहरी ५५ जना , सशस्त्र प्रहरी २२ जना र प्रदर्शनकारी ५२ जना घाइते भएका थिए ।...
कुलमान र हितेन्द्रको मुद्दा हेर्दाहेर्दैमा राखियो

कुलमान र हितेन्द्रको मुद्दा हेर्दाहेर्दैमा राखियो

Breaking News 3, ताजा अपडेट, समाचार
काठमाडौं- कुलमान र हितेन्द्रको मुद्दा सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा परेका छन् । यही चैत १५मा न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासमा परेको मुद्दामा अन्तरिम आदेशका लागि दुवै पक्षलाई डाक्ने आदेश भएको थियो । मंगलबार न्यायाधीशद्वय डा: कुमार चुडाल र नित्यानन्द पाण्डेको इजलासमा परेको मुद्दामा सुनुवाइ लम्बिएपछि अन्य ३० मुद्दा हेर्न नभ्याइनेमा परेका थिए । मंगलबार पनि सुनुवाइ नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । अब अन्तरिम आदेश हुनेरनहुने निर्णय न्यायाधीशद्वय चुडाल र पाण्डेको इजलासले नै गर्नेछ । सरकारले १२ गतेको मन्त्रिपरिषद्को निर्णयबाट कुलमानलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको थियो । त्यसका विरुद्ध कुलमानले १४ गते रिट दायर गरी आफूलाई पदमुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय, आफूलाई दिएको अवकाशको पत्र र हितेन्द्रदेवको नियु...
बाजुराको झुगोलामा निर्माणाधीन पुलको कार्य तीन वर्षको अवधिमा ३० प्रतिशत मात्रै

बाजुराको झुगोलामा निर्माणाधीन पुलको कार्य तीन वर्षको अवधिमा ३० प्रतिशत मात्रै

Breaking News 1, डडेल्धुरा, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
बाजुरा- बाजुराको हिमाली र मुगुको खत्याड गाउँपालिका बिचमा पर्ने कर्णाली नदीको झुगोलामा निर्माणाधीन पुलको ३० प्रतिशत मात्र काम भएको छ। उक्त पुल निर्माण कार्य तीन वर्षको अवधिमा जम्मा ३० प्रतिशत मात्र काम भएको हो । सो पुल निर्माणका लागि कुशेश्वर कन्ट्रक्सन प्रालिले २०८१ साल मंसिरमा काम सम्पन्न गर्ने गरी २०७९ मंसिरमा ठेक्का सम्झौता भएको थियोे । सम्झौता भए अनुसार सो कम्पनीले त्यस ठाउँमा एक सय पाँच मिटर लम्बाई पक्की पुल निर्माण गर्नुपर्ने हो। त्यसका लागि सो कम्पनीले १४ करोड ४९ लाख रुपीयाँमा सम्झौता गरेको पूर्वाधार विकास कार्यालय मुगुले जनाएको छ। बाजुरा र मुगुलाई जोड्ने गरी भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय कर्णाली प्रदेश सरकारले रकम विनियोजन गरेको थियो। यो पुल निर्माण भएपछि यहाँको बाजुरादेखि मुगु रारा हुँदै कर्णाली प्रदेशका सबै जिल्ला जोडिने भएका छन्। यो योजना प्रदेश सरकारबाट आएकोले ...
प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान

प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान

Breaking News 2, ताजा अपडेट, समाचार
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्ड प्रस्थान गरेका छन्। एक दिने औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ‘बिमस्टेक’को छैटौँ शिखर सम्मेलनमा भाग लिन उनी थाई एयरलाइन्सको बिमानबाट बैंकक प्रस्थान गरेका हुन्। प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखकलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका छन्। औपचारिक भ्रमणका क्रममा बुधबार प्रधानमन्त्रीस्तरमा द्विपक्षीय वार्ता भइ पर्यटन र संस्कृतिका सन्दर्भमा दुई र गैरसरकारी क्षेत्रबीच छ वटा समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम छ। द्विपक्षीय वार्तापछि थाइल्याण्डका प्रधानमन्त्री पेटोङटार्न सिनावात्रासँगै प्रधानमन्त्री ओलीले संयुक्त प्रेस ब्रिफिङमा भाग लिनेछन्। चैत २२ गते बिमस्टेक शिखर सम्मेलनमा सहभागी भइ प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्य...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज