Advertisement

मुख्य समाचार

डोटीको सेती नदीमा डुबेर एक जनाको मृत्यु

डोटीको सेती नदीमा डुबेर एक जनाको मृत्यु

डोटी, मुख्य समाचार, सुदूरपश्चिम
डोटी : डोटीको सेती नदीमा डुबेर एक जनाको मृत्यु भएको छ। जिल्लाको दीपायल–सिलगढी नगरपालिका– १ तिहा कहरेकुडाका १८ वर्षीय महेश खड्काको नदीमा डुबेर मृत्यु भएको हो। सेती नदीमा नुहाउन गएका उनी शुक्रवार दिउँसो डुबेका हुन। उनी जिल्लाको दीपायल–सिलगढी नगरपालिका–३ बासुधारास्थित सेती नदीमा डुबेका प्रहरीले बताएको छ।...
आयरल्यान्ड–उल्भ्सले दियाे नेपाल ‘ए’ लाई २ सय २३ रनकाे लक्ष्य

आयरल्यान्ड–उल्भ्सले दियाे नेपाल ‘ए’ लाई २ सय २३ रनकाे लक्ष्य

खेलकुद, मुख्य समाचार
नेपाल भ्रमणमा रहेको आयरल्यान्ड–उल्भ्सले मैत्रीपूर्ण टी–२० क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपालको 'ए' टोलीलाई २ सय २३ रनको लक्ष्य दिएको छ कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको आयरल्यान्ड–उल्भ्सले २० ओभरमा ५ विकेट गुमाएर २ सय २२ रन बनायो । आयरल्यान्ड–उल्भ्सका पिटर मूरले ४९, केड कारमाइकल र कप्तान निल रकले समान ३८, स्टेफेन डोहेनेले ३४, ग्यारेथ डिलेनेले नट आउट ३० रन बनाए । बलिङतर्फ नेपाल 'ए' का कमलसिंह ऐरीले ३ तथा सागर ढकाल र आरिफ शेखले समान १ विकेट लिए । टी–२० क्रिकेट शृङ्खलाकाे दोस्रो खेल भोलि र तेस्रो खेल आउने सोमवार हुनेछ । हिजोदेखि शुरु हुने भनिएको  प्रतियोगिताको पहिलो खेल वर्षा पछि  मैदान भिजेका कारण टस पनि हुन नपाई रद्द भएपछि क्यानले तालिका नै परिवर्तन गरेको हो । यसैगरी नेपालको 'ए' टोली र आयरल्यान्ड–उल्भ्सबीचको तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खला...
डोटीमा आगोले जलेर घाइते भएकी महिलाको मृत्यु

डोटीमा आगोले जलेर घाइते भएकी महिलाको मृत्यु

डोटी, मुख्य समाचार, सुदूरपश्चिम
डोटी : डोटीमा आगोले जलेर घाइते भएकी महिलाको मृत्यु भएको छ। शिखर नगरपालिका-४ सेलफुङ्गा बस्ने ४१ वर्षीया चन्द्रा देवी भण्डारी सोही ठाउँको पातालीसैन सामुदायिक वनमा सिचाई योजनाको कुलो खन्ने क्रममा जंगलमा लागेको आगोले जलेर उनको मृत्यु भएको हो। बिहीवार दिउँसो सिचाई योजनाको कुलो खन्ने क्रममा जंगलमा लागेको आगोले जलेर गम्भिर घाईते भएकी उनको उपचारको लागि सुजङ अस्पताल राजपुर,डोटी हुदै थप उपचारको लागि निसर्ग अस्पताल धनगढीमा पुर्याउदा डाक्टरले मृत घोषणा गरेको  जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव निरीक्षक नारायणसिं नेगीले बताए। मृतक भण्डारी लगायत २०/२५ जना मानिस सिचाई योजनाको कुलो खनिरहेका थिए। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।...
सेती लोकमार्ग द्रुत गतिमा निर्माण हुनुपर्ने माग

सेती लोकमार्ग द्रुत गतिमा निर्माण हुनुपर्ने माग

बाजुरा, मुख्य समाचार, सुदूरपश्चिम
कैलाली : बाजुरा जिल्ला सभाले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला जोड्ने सेती लोकमार्ग दु्रत गतिमा निर्माण गर्न माग गरेको छ। सभाले प्रदेश र सङ्घ सरकारसँग ढिलासुस्ती रोकेर निर्माणका काम शीघ्रताका साथ गर्न माग गरेको हो। धनगढीको टीकापुर बर्दगोरियाबाट डडेल्धुरा, डोटी, अछाम, बझाङ हुँदै बाजुरा जोड्ने लोकमार्ग निर्माणले गति नलिएपछि तीन जिल्लाको समन्वयमा सरकारसँग लोकमार्ग निर्माणलाई ध्यान दिन दबाब दिने जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायाले बताए।  बिहीबार जिल्ला समन्वय समिति बाजुराले आयोजना  गरेको पत्रकार सम्मेलनमा छैटौँ जिल्ला सभाबाट लोकमार्ग निर्माणमा ढिलासुस्ती भइरहेकाले त्यसलाई अविलम्ब रोकेर निर्माणलाई तीव्रता दिन प्रदेश र सङ्घ सरकारसँग माग गर्ने  निर्णय भएको उनले बताए। उनले सुस्त गतिमा निर्माण भइरहेको सेती लोकमार्गको कामलाई गतिदिन सम्बन्धित निकायसँग समन्वय गरिने बताए। जिल...
त्रिभुवन विश्वविद्यालयमा हराएका उत्तरपुस्तिका छानबिन गर्न समिति गठन

त्रिभुवन विश्वविद्यालयमा हराएका उत्तरपुस्तिका छानबिन गर्न समिति गठन

मुख्य समाचार, शिक्षा
कैलाली : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएकोबारे छानबिन गर्न विश्वविद्यालयका पूर्वरजिष्ट्रार प्रा.डा.चन्द्रमणि पौडेलको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले हिजो गरेको निर्णयअनुसार उत्तरपुस्तिका हराएकोबारे विस्तृत छानबिन गरी ३० दिनभित्र प्रतिवेदन पेश गर्न समिति गठन भएको हो । गएको वैशाखमा लिएको स्नातक तह प्रथम वर्षको मानविकी तथा सामाजिकशास्त्र सङ्काय अन्तर्गत जनसङ्ख्या तथा स्वास्थ्य विषय (कोड न. ४२२) र शिक्षाशास्त्र सङ्कायतर्फको शिक्षाको आधार विषय (कोड न. ४१२) को उत्तरपुस्तिका हराएको थियो । विश्वविद्यालयले उत्तरपुस्तिका हराएका विद्यार्थीको परीक्षा आउँदो २१ गते सञ्चालन गर्ने जनाएको छ । त्यसका लागि परीक्षा नियन्त्रण कार्यालयले क्याम्पसहरुलाई निर्देशन दिइसकेको छ । निर्देशनको आधारमा चितवनको वीरेन्द्र बहुमुखी क्याम्पस, शह...
उपचुनाव : दलहरुका आ–आफ्नै उम्मेदवार, माओवादी र कांग्रेसबाट टुंगो लाग्न बाँकी

उपचुनाव : दलहरुका आ–आफ्नै उम्मेदवार, माओवादी र कांग्रेसबाट टुंगो लाग्न बाँकी

मुख्य समाचार, राजनीति
कैलाली : आउँदो वैशाख १५ गते हुने प्रतिनिधिसभा अन्तर्गत इलाम २ र प्रदेशसभा अन्तर्गत बझाङ १ (क) मा मुख्य दलहरुका आ–आफ्नै उम्मेदवार हुने भएका छन् । सत्तारुढ पाँच दलले समेत छट्टाछुट्टै उम्मेदवारी दिँदैछन् । एमाले, रास्वपा र एकीकृत समाजवादीले उम्मेदवारको नाम टुंगो लगाइसकेका छन् भने माओवादी र जसपाबाट टुंगो लाग्न बाँकी छ । प्रमुख प्रतिपक्ष कांग्रेसबाट पनि उम्मेदवार चयन हुन बाँकी छ । एमालेले इलाममा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङका छोरा सुहाङ र बझाङमा दमन भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । यस्तै रास्वपाले मिलन लिम्बूलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सिफारिस भएका अरु उम्मेदवारले समर्थन गरेपछि रास्वपाले हिजो लिम्बूको नाम टुंगो लगाएको हो । एकीकृत समाजवादीले इलाम–२ मा जितबहादुर राई र बझाङ–१ (क) मा वीरबहादुर सिंहलाई उम्मेदवार बनाउने निर्णय यसअघि नै गरिसकेको छ । इलाममा पहिचानवादी ...
डडेल्धुरामा ६ जना सवार जिप पल्टियो

डडेल्धुरामा ६ जना सवार जिप पल्टियो

डडेल्धुरा, मुख्य समाचार, सुदूरपश्चिम
डडेल्धुरा: डडेल्धुरामा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन् । बुधबार बेलुका ५ बजे तिर भागेश्वर गाउँपालिका–४ लाकम नजिकै जिप दुर्घटना हुँदा चारजना घाइते भएका हुन् । डडेल्धुरा सदरमुकामबाट भागेश्वर गाउँपालिका–४ चुल्ल गइरहेको म १ च ३९० नम्बर जिपको दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। जि.प्रका डडेल्धुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक करवीरसिंह ऐरका अनुसार घाइते हुनेमा भागेश्वर गाउँपालिका–४ का जिप चालक २८ वर्षीय ठानेश्वर भट्ट, सोही ठाउँका जिपधनी ३५ वर्षीय देवराज भट्ट, ४३ वर्षीया शारदा केसी र ५४ वर्षीया बिस्ना देवी साउँद छन्। उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। घाइतेहरू डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ। ६ जना सवार जिप अनियन्त्रित भएर सडकमा पल्टिएको प्रहरी निरीक्षक ऐरले जानकारी दिए।...
बझाङमा प्रहरीमाथि  कुटपिट

बझाङमा प्रहरीमाथि कुटपिट

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : बझाङमा प्रहरी माथी कुटपिट भएको छ । जिल्लाको केदारस्युँ गाउँपालिका ९ झोता बजारमा युवकले प्रहरीलाई कुटपिट गरेर घाइते बनाएका हुन् । आइतबार राती झोता बजारस्थित होटल के एम डिमा कोठा लगेर बसेका दुर्गाथली गाउँपालिका –२ का ३२ वर्षिय विनोद रावल र जयपृथ्बी नगरपालिका – ७ का दिनेश महरले मादक पदार्थ सेवन गरेर एक आपसमा झकडा र होहल्ला गरेका थिए । होटल सञ्चालक कौशीला धामिले प्रहरीलाई खबर गरेपछि प्रहरी हवल्दार गणेश मल्लको कमाण्डमा ४ जनाको प्रहरी टोली खटि गएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । रावल र महरलाई नियन्त्रणमा लिने क्रममा विनोद रावलले धुली बझाङ दरबन्दी भएका सहायक प्रहरी हवल्दार योगेन्द्र खड्का लाई ढुङ्गा प्रहार गरका हुन् । ढुङ्गा प्रहारबाट सहायक प्रहरी हवल्दार खड्काको टाउकोमा चोट लागेको छ । उनको प्राथमिक स्वास्थ्य चौकी झोतामा सामान्य उपचार पश्चात जिल्ला अस्पताल बझाङमा उपचार भईरह...
बझाङको दुर्गम गाउँपालिका साईपालमा शैक्षिक सामाग्री वितरण

बझाङको दुर्गम गाउँपालिका साईपालमा शैक्षिक सामाग्री वितरण

बझाङ, मुख्य समाचार, शिक्षा
बझाङ : सुदुरपश्चिम प्रदेशको पहाडी जिल्ला बझाङकाे दुर्गम बस्ती साईपालमा शैक्षिक सामाग्री वितरण गरिएको छ । करिव ३/४ दिनको पैदल यात्रा हिडेर पुगिने स्थानीयसरकार साईपाल गाउँपालीकामा समाजसेवी बिष्णु ऐडीकाे पहलमा साइपाल गाउँपालिका भ्रमण गर्दै विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको युवा नेता प्रेम राेकायाले बताए । नेपाली काङ्ग्रेसका नेता बिष्णु ऐडी लगायतकाे टाेलिले बिहिबारबाट बझाङ जिल्लाको अत्यन्तै विकट साइपाल गाउँपालिका भ्रमण संगै विभिन्न विद्यालयका बालबालिकालाई शैक्षिक सामाग्री सहयोग स्वरुप वितरण गर्ने अभियान सुरु गरेको सँगसँगै रहेका खप्तड छान्नाका युवा नेता सराेज राेकायाले बताउनु भयाे । नेपाल पुस्तक तथा स्टेशनरी व्यावसायिक महासंघ केन्द्रिय सचिव शम्भु लामिछाने र केन्द्रिय सदस्य योगेन्द्र बहादुर शाहीको आर्थिक सहयोगमा समाजसेवी बिष्णु ऐडीले गरिब तथा विपन्न विद्यार्थीहरुलाई शैक्षि...
झूटको सहारामा गल्ती ढाकछोप गर्न नवदुर्गा गाउँपालिकाको विज्ञप्ती : यस्तो छ वास्तविकता 

झूटको सहारामा गल्ती ढाकछोप गर्न नवदुर्गा गाउँपालिकाको विज्ञप्ती : यस्तो छ वास्तविकता 

मुख्य समाचार, समाचार, सुदूरपश्चिम
डडेल्धुराको नवदुर्गा गाउँपालिकाले एउटा विद्यालय भवन निर्माणमा भएको लापरबाहीका विरुद्ध लेखिएको समाचारमा उल्टै विज्ञप्ति निकालेको छ । केही दिन अघि कामना टेलिभिजनले स्थलगत रिपोर्टिङ गर्दा सोही गाउँपालिका - ३ मा रहेको नवदुर्गा माध्यमिक विद्यालयमा निर्माणाधीन भवनमा चरम लापरबाही भेटिएको थियोे । सो लापरबाही र त्यहीँका स्थानीयको संवाद सहितको भिडियो कामना टेलिभिजनले प्रशारण समेत गरेको थियो ।  कामना टेलिभिजनले केही दिन अघि प्रशारण गरेको भिडियो : https://youtu.be/En2UEHJWX2w?si=MsriXb19NLR7gR-8 भवन निर्माणका क्रममा कमसल सामाग्री प्रयोग गर्नुका साथै मापदण्ड विपरीत रहेको विद्यालयका प्रधानाध्यापक उमेश राज उप्रेतीले स्विकारेका थिए ।  यस्तै भवन अनुगमनको जिम्मा पाएका गाउँपालिका उपाध्यक्ष निर्मला कुमारी बोगटीले समेत कमजोरी बाहिर ल्याउनुको सट्टा लुकाउन ख‍ोजेको भेटिएको थियोे ।  उक्...
गौरिगंगा नगरपालिकाद्वारा समय अवधी र बिना बिलका सामाग्री नस्ट

गौरिगंगा नगरपालिकाद्वारा समय अवधी र बिना बिलका सामाग्री नस्ट

कैलाली, मुख्य समाचार, सुदूरपश्चिम
कैलाली : गौरिगङा नगर पालिकाले समय अवधी र बिना बिल का सामाग्री नस्ट गरेको छ।गौरिगङ्गा नगर पालिका ले चलाएको बजार सचेतना कार्यक्रम अंतरगत आज पनि समय अवधी सकिएका र भ्यट बिल र अबैध सामाग्री हरु जप्त गरि तीन बोरा सामान हरु आज आगो लगाइ नस्ट गरेको छ । नगर पालिका राजस्व प्रमुख लक्ष्मण जोशि को सयोजकतो मा जिल्ला बाट नाप्तोल समितिका पदाअधिकारी बोलाएर चैत्र ०६ गते अनुगमन को लागि निक्लिदै गर्दा । नगर का तीन वटा मा अनुगमन गरिएको थियो । ८/७/४ उक्त वडाहरु बाट २५ पोका सुर्ती जन्य पदार्थ , पसलको नाम नखुलाउने सर्त मा बेकरी बाट तीस पिस कृम रोल एक बोरा चिनी पाच पोका चिउरा पाच पाकेट बिस्कुट र लेबल नभएका २० दर्जन केरा पकाउने औसधि जस्ता सामाग्री हरु नगर प्रमुख देबि दत्ता कडेल र उप प्रमुख भोज बहादुर बम को उपस्थिति मा उक्त सामाग्री आगो लगाइ नस्ट गरिएको छ ।...
सुनिपिपल चौर माविको नयाँ विव्यस अध्यक्षमा ४ मतले सिंह विजयी

सुनिपिपल चौर माविको नयाँ विव्यस अध्यक्षमा ४ मतले सिंह विजयी

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ :  बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका वार्ड नम्बर ७ सुवेडामा रहेको सुनिपिपल चौर माध्यामिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा धिरेन्द्र सिंह निर्वाचित भएका छन ।  आज सोमबार अध्यक्षको चुनाव भएको हो । झन्डै दुई दशक अघि आफूले त्यही स्कुलबाट अध्ययन प्राप्त गरेको र अब विद्यालयको शैक्षिक गुणस्तर थप बलियो बनाउन आफू लागिपर्ने सिंहले बताउनु भयो । त्यसैगरी अध्यक्ष पदको प्रतिद्वन्दी रमेश महरले २ मत ल्याएर पराजित भएका थिए ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज