कर्णालीमा एमाले नेतृत्वमा सरकार बन्ने सुनिश्चित, गण्डकी र सुदूरपश्चिममा अन्योल
गण्डकी र कर्णाली प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरुले तयारी थालेका छन् । दुवै प्रदेशका मुख्यमन्त्रीले हिजो राजीनामा दिएसँगै नयाँ सरकार गठनको तयारी भएको हो । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई आउँदो २७ गतेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गर्नुभएको छ । कर्णालीका प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्रीको दाबीसहित प्रस्ताव पेस गर्न ७ दिनको समय दिनुभएको छ
गण्डकीमा तत्कालीन सत्ता साझेदार माओवादीले फागुन २३ गते समर्थन फिर्ता लिएपछि कांग्रेसका सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकार अल्पमतमा परेको थियो । विश्वासको मत जुटाउन नसक्ने भएपछि उहाँले राजीनामा दिनुभएको हो । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले हिजो विश्वासको मत लिएर मात्रै राजीनामा दिने तयारीमा रहे पनि केन्द्रीय न...












