लम्कीचुहा–६ र ८ जोड्ने रानी जमरा कुलरिया सिचाइ आयोजनाको पुल नजिकै पहिचान नखुलेको अवस्थामा एक जनाको शव फेला परेको छ। अन्दाजी ६० वर्ष जस्तो देखिने पुरुषको शव बिहान ९ बजे तिर चरैला खोला स्थित रानी जमरा कुलरिया सिँचाइ आयोजनाकाे पुल नजिकै फेल परेको वडा नं ०८ का वडा अध्यक्ष हरिराम चौधरीले जानकारी दिनु भयो। मृतक पुरुषको पहिचान भने अझै भएको छैन।
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३