माओवादी केन्द्रको आफनै अस्तित्व छ :- खगराज भट्ट
नेकपा माओवादी (केन्द्र)का नेता एवं स्थायी कमिटि सदस्य क.खगराज भट्टले माओवादी केन्द्रको अस्थित्व अझै कायम रहेको बताएका छन् ।
सोमवार नेकपा माओवादी केन्द्र पार्टी कार्यालय चैनपुरमा आयोजित विश्व सर्वाहारा वर्गका महान नेता लेलिनको शत वार्षिकी कार्यक्रममा बोल्दै नेता भट्टले उक्त कुरा बताएका हुन् । नेपाल कम्यूनिष्ट पार्र्टीको ७५ औ स्थापना दिवस समेत रहेको उक्त कार्यक्रममा बोल्दै नेता भट्टले बझाङमा माओवादी केन्द्रको बेग्लै रहेको पहिचान रहेको समेत दाबी गरे ।
विश्व सर्वाहारा वर्गका वैज्ञानिक नेता क.लेलिन लाई सम्झदै नेता भट्टले लेलिनले कम्युनिष्ट आन्दोलनको बैज्ञानिक समाजवादका लागी गरेको संघर्ष निकै महत्पुर्ण रहेको बताए । बैशाख १५ गते हुन गइरहेको प्रदेश सभा उपनिर्वाचनमा पार्टीका सवै नेता कार्यक्रताले एकजुट भएर काम गरे बझाङमा नेकपा माओवादी केन्द्रको ऐतिहासिक सफलता प्राप्त हुने समेत नेता भट्टले जान...












