एसिया कपः विश्व वरियतामा पहिलो नम्बरको पाकिस्तानसँग आज भिड्दै नेपाल
एसिया कप क्रिकेटमा पहिलो पटक सहभागिता जनाउन लागेको नेपालले आज (बुधबार) घरेलु टोली पाकिस्तानसित खेल्दैछ ।
एकदिवसीय वरियतामा विश्वको नम्बर एक राष्ट्र पाकिस्तानसँग आज एकदिवसीय वरियताको १५औं स्थानमा रहेको नेपालले भिड्दै छ।
विश्व वरियतामा पहिलो नम्बरमा रहेको पाकिस्तानसँग खेल्नु नेपालको लागि चुनौती र अवसर दुबै हो।
सोह्रौँ संस्करणको एसिया कपको उद्घाटन खेल पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा दिउँसो ३ः४५ बजे हुनेछ। एसिया कप पाकिस्तान र श्रीलङ्काले सञ्चालन गर्दैछन्। गत वैशाखमा सम्पन्न एसिसी प्रिमियर कपमा च्याम्पियन बनेपछि नेपाल एसिया कपका लागि छनोट भएको हो। उक्त प्रतियोगिताको फाइनल खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई सात विकेटले पराजित गरेको थियो।
एसिया कपमा १३ खेलमध्ये चार खेल पाकिस्तानमा हुनेछन् भने बाँकी नौ खेल श्रीलङ्कामा हुनेछन्। प्रतियोगित...







