Advertisement

Breaking News 2

आज विश्वकर्मा दिवस मनाइँदै, किन मनाईन्छ विश्वकर्मा दिवस ?

आज विश्वकर्मा दिवस मनाइँदै, किन मनाईन्छ विश्वकर्मा दिवस ?

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, मुख्य समाचार, समाचार
धनगढी : आज विश्वकर्मा पूजा, मेसिनरी पाटपूर्जा तथा प्राविधिक सामाग्रीको पूजाआजा गरी मनाइँदै छ । कन्याको संक्रान्तिका दिन मनाइने यस पर्वमा शिल्प संकायहरू, कारखानाहरू, उद्योगहरूमा पूजाअर्चना गरिनुका साथै भजनकृतन तथा नाचगानसमेत गरिन्छ । भगवान विश्वकर्माको जन्म भएको दिनका रुपमा नेपालमा असोज १ गतेलाई विश्वकर्मा दिवसको रूपमा समेत मानिन्छ । यो नेपालसहित पूर्वोत्तर भारत र बङ्गाल राज्यमा समेत विशेष पर्वका रूपमा मनाउने प्रचलन छ । मजदुर, कलाकार, औद्योगिक घराना, व्यापारी सबैले उत्तिकै महत्व दिने यस पर्वमा अधिकांश कलकारखाना बन्द गरी हर्षोल्लासका साथमा विश्वकर्माको पूजा गरिन्छ । महादेवबाट पाएको सृष्टिको सृजना गर्ने जिम्मेवारी निभाउने क्रममा ब्रह्माले आफ्नो वंशजदेव शिल्पी विश्वकर्मालाई आदेश दिएका धार्मिक विश्वास छ । हिन्दु धर्मावलम्बीहरुले विश्वकर्मालाई विश्वकै पहिलो इन्जिनियर र वास्तुकारको र...
रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न रहेको छानबिन समितिको ठहर

रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न रहेको छानबिन समितिको ठहर

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, राजनीति
धनगढी । नेकपा एमाले सांसद सूर्यबहादुर थापा नेतृत्वको सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित सहकारीको रकम ठगीमा संलग्नहरूलाई कारबाहीको सिफारिससहितको प्रतिवेदन तयार गरेको छ । उक्त प्रतिवेदन सोमबार सदस्यहरूले हस्ताक्षर गरेर संसद्लाई बुझाउने छ । समितिको छानबिनमा लामिछाने दोषी देखिएको समितिका एक सदस्यले जानकारी दिए । उनका अनुसार विभिन्न सहकारीबाट लामिछाने प्रबन्ध निर्देशक रहेको गोरखा मिडिया नेटवर्कमा आएका रकम खर्च गर्दा लामिछानेको हस्ताक्षर रहेकाले उनी पनि रकम अपचलनमा संलग्न भएको पुष्टि भएको हो । गोरखा मिडिया कम्पनीका अध्यक्ष गितेन्द्रबाबु ९जीबी० राई, प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक छविलाल जोशीले केवाईसी फर्म भरेर चेकमा हस्ताक्षर गर्ने गरी दुई वटा बैंकमा संयुक्त खाता सञ्चालन गरेको भेटिएको समितिले जनाएको छ । ‘४० वटा सहकारीमध्ये एक ...
पेट्रोल, डिजेल र मट्टितेलको भाउ घट्यो

पेट्रोल, डिजेल र मट्टितेलको भाउ घट्यो

Breaking News 2, ताजा अपडेट, दैनिक, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटाएको छ । आइतबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र मट्टितेल तथा डिजेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटाएको हो । यो मूल्य आइतबार मध्यराति १२ बजेदेखि लागू हुनेछ । मूल्य घटेपछि चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १५६ रुपैयाँ र डिजेल तथा मट्टितेल प्रतिलिटर १४६ कायम भएको छ । त्यस्तै सुर्खेत र दाङ क्षेत्रमा पेट्रोलको मूल्य लिटरको १५८ रुपैयाँ र डिजेल तथा मट्टितेल १४८ रुपैयाँ पर्नेछ । काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १५९ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १४९ कायम भएको छ ।...
सुरु भयो धनगढी उपमहानगरको हसुलिया–अत्तरिया नगर बस सेवा

सुरु भयो धनगढी उपमहानगरको हसुलिया–अत्तरिया नगर बस सेवा

Breaking News 1, Breaking News 2, कैलाली, ताजा अपडेट, दैनिक, मुख्य समाचार, सुदूरपश्चिम
धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाले कैलारीको हसुलियादेखि गोदावरीको अत्तरिया रुटमा नगर बस सेवा सुरू गरेको छ। आइतबार फूलबारी बसपार्कमा एक कार्यक्रम गरेर नगर बस सेवाको उद्घाटन गरिएको हो। ६ वटा बसबाट नगर बस सेवा सुरू गरिएको छ। उपमहानगरले धनगढीकै के एण्ड के कन्स्ट्रक्सनले नगर बस सेवा चलाउने ठेक्का पाएको छ। असोज १ गतेबाट सुरू हुने नगर बस सेवा बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म चल्ने छ। नगर बसमा विद्यालय खुलेको दिन धनगढीका बाल बिकास शिक्षक शिक्षिकाले भने निःशुल्क यात्रा गर्न पाउनेछन्। धनगढी उपमहानगरपालिकाले खरिद गरेको ६ बसबाट कैलारी गाउँपालिकाको केन्द्र हसुलिया–धनगढी र गोदावरीको अत्तरियासम्म नगर बस सेवाको रुट तोकिएको छ। धनगढीकै के एण्ड के कन्स्ट्रक्सनले वार्षिक २८ लाख ८८ हजार ९१९ रुपैयाँमा नगर बस सेवा चलाउने ठेक्का पाएको उपमहानगरका राजश्व शाखा प्रमुख डिल्लीराज ओझाले बताए। उनले करिब ७ किलो...
बझाङका पत्रकार बसन्त प्रताप सिंह सहित विभिन्न व्यक्ति राष्ट्रपतिद्वारा सम्मानित

बझाङका पत्रकार बसन्त प्रताप सिंह सहित विभिन्न व्यक्ति राष्ट्रपतिद्वारा सम्मानित

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, सुदूरपश्चिम
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सांस्कृतिक समाज नेपालद्वारा आज काठमाडौँमा आयोजित स्रष्टा अभिनन्दन तथा देउडा सांस्कृतिक साँझ कार्यक्रमको उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले सुदूरपश्चिम तथा कर्णालीको भाषा, साहित्य, संस्कृति, खेल तथा पत्रकारितामार्फत योगदान पुर्‍याउने विभिन्न व्यक्तिहरूलाई सम्मान गर्नुभयो । राष्ट्रपति पौडेलले साहित्यकार राजेन्द्रसिंह रावल, अभिनेता विराज भट्ट, खेलाडी दीपक विष्ट, लाइभ देउडीया नेत्रराज शाही, निर्देशक भीमबहादुर थापा, गायिका टीका पुन, गायक लालबहादुर धामी, पत्रकार वसन्त प्रताप सिंह, गायक सुरेश शाही तथा लोकेन्द्र बहादुर साउदलाई सम्मान गर्नुभयो । राष्ट्रपति पौडेलले समाजद्वारा प्रस्तुत सांस्कृतिक कार्यक्रम पनि अवलोकन गर्नुभयो ।...
नेपाल भारत साहित्यिक सम्मेलन तथा काव्य गोष्ठी २०८१ सम्पन्न

नेपाल भारत साहित्यिक सम्मेलन तथा काव्य गोष्ठी २०८१ सम्पन्न

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार
कञ्चनपुर : गुगुल्डि वाङमय प्रतिष्ठान, कञ्चनपुर तथा बुलन्दी साहित्यिक सेवा समिति भारतको संयुक्त आयोजनामा नेपाल भारत साहित्यिक सम्मेलन तथा काव्य गोष्ठी २०८१ सम्पन्न भयेको छ। यही भाद्र २९गते शनिबारका दिन महेन्द्रनगरमा आयोजित सम्मेलनमा नेपाल तथा भारतका एक सय बढी साहित्यकारहरूको सहभागिता रहेको सम्मेलन गुगुल्डि वाङमय प्रतिष्ठानका अध्यक्ष वीरवहादुर चन्द विश्रामको अध्यक्षता तथा सुप विश्वविद्यालयका डिन प्रा डा मुकुन्द कलौनीको प्रमुख मुकुन्द कलौनीको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा पञ्चमराज भट्टले डोटी तथा कुमाउको सास्कृतिक सम्बन्धबारेमा कार्यपत्र प्रस्तुत गरेका थिए भने गोष्ठी सत्रमा ५दर्जन बढी कविहरूका रचना वाचन गरिएका थिए। कार्यक्रममा प्रतिष्ठानका सचिव जगदीश ओझाले गुगुल्डि साहित्यिक मासिक पत्रिकाको इतिहास तथा योगदान एवम् नेपाल भारत साहित्यिक सम्मेलनको उद्देश्य प्रस्तुत गर्दै सहभागिहरूको स्...
सुदूरपश्चिममा बजेट ल्याउने मिति सारेको सार्यै, फेरि नयाँ मिति तोकियो

सुदूरपश्चिममा बजेट ल्याउने मिति सारेको सार्यै, फेरि नयाँ मिति तोकियो

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, सुदूरपश्चिम
धनगढी – साउन १ गते देखि नै कार्यान्वयमा आउनुपर्ने बजेट अझै ल्याउन नसकेको सुदूरपश्चिम सरकारले पुनः बजेट ल्याउने नयाँ मिति तोकेको छ । तत्कालीन सरकारले असार १ गते प्रदेश सभामा प्रस्तुत गरेको बजेट पास हुन नसकेपछि बनेको नयाँ सरकारले पुनः बजेट ल्याउने मिति तोकेको हो । शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रदेश सरकारले भदौ ३१ गते चालू आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेको जनाएको छ । पटक–पटक बजेट ल्याउने मिति तोक्दै आएको प्रदेश सरकारले यसअघि भदौ १०, भदौ १५, २० गते हुँदै २५ गतेभित्रै बजेट ल्याउने जनाएको थियो । पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री कमलबहादुर शाहले गत असार १ गते सदनमा प्रस्तुत भएको बजेटमा सामान्य पुनरावलोकन गरेर बजेट ल्याउने तयारी गरेको जानकारी दिए । उनले बजेट संवैधानिक र कानुनी प्रक्रियामा रहेर आउने बताए । उनले सदनको सम्मान गर्दै सदनमा पास भईसकेका प्राथमिकता, नीति र कार्यक...
आजको मौसम, सुदूरपश्चिममा वर्षाको सम्भावना

आजको मौसम, सुदूरपश्चिममा वर्षाको सम्भावना

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, मुख्य समाचार
काठमाडौं : देशका केही प्रदेशमा बिहानैदेखि वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती र कर्णाली प्रदेशका एकदुई स्थानमा छिटफुटदेखि हल्का वर्षा भइरहेको छ। दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही  स्थानमा तथा बाँकी  प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।...
पूर्वमुख्यमन्त्री केदार कार्की आजदेखि आमरण अनसन बस्ने

पूर्वमुख्यमन्त्री केदार कार्की आजदेखि आमरण अनसन बस्ने

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, राजनीति
भदौ २४, विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले आज (मंगलबार) ४ बजेदेखि आमरण अनसन बस्ने बताएका छन् । विराटनगरमा सोमबार पत्रकार सम्मेलन गर्दै उनले पार्टीको झण्डा नराखी प्रदेश सभा भवन अगाडि आमरण अनसन बस्ने बताएका हुन् । कार्कीले आफू मर्ने तर अनसन छोडेर नभाग्ने बताए । ‘मर्छु अनसनको बिचबाट छोडेर हिँड्दिन,’ उनले भने । उनले आफूले गरेको आमरण अनसनमा सबै दलले समर्थन गर्ने दाबी गरे । ‘कांग्रेसले पनि समर्थन गर्छ । माओवादीका साथीहरू, एमालेका साथीहरू, एकीकृत समाजवादी र जसपाका साथीहरू सबै आउन सक्नुहुन्छ,’ कार्कीले भने, ‘कांग्रेसको त नगरसभापति र जिल्लाको उपसभापति पत्रकार सम्मेलनमै आउनु भएको छ । प्रेस युनियनले पत्रकार सम्मेलन नै गरिहरेको छ । मैले उठाएको एजेण्डा जनताको एजेण्डा भएको कारण सबैले सहयोग गर्नुहुन्छ ।’ कतिपय आफ्ना समर्थकहरूले रिले अनसन, आमरण अनसन बस्छु भनेर प्रस्...
कोदालो प्रहार गरि भाईले दाईको हत्या गरेपछि

कोदालो प्रहार गरि भाईले दाईको हत्या गरेपछि

Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, डोटी, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
इको हत्या गरेका छन् । जिल्लाको जोरायल गाउँपालिका–६ डाँडागाउँ बस्ने ५५ वर्षिय नर बहादुर जोराले आफ्नै दाइको हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार सोमबार दिउँसो ३ बजेको समयमा नरबहादुरले टाउँकोमा कोदालो प्रहार गरि ६५ वर्षिय दाई गणेश बहादुर जोराको हत्या गरेका हुन् । घरायसी बिवादपछि झगडा हुँदा भाइको कोदालो प्रहारबाट दाइको घटनास्थलमै मृत्यु भएको हो । नरबहादुरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।...
कस्तो रहनेछ आजको मौसम ?

कस्तो रहनेछ आजको मौसम ?

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार
धनगढीः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ।  कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली  प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।...
कैलालीमा अबैध काठ बरामद

कैलालीमा अबैध काठ बरामद

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कैलाली ।  कैलालीको टीकापुरबाट अवैध काठ बरामद गरिएको छ । टीकापुर नगरपालिका १ खडकचोकबाट इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी गस्ती टोलीले  अवैध काठ बरामद गरेको हो । प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार नम्बर पिलेट स्पष्ट नदेखिने टीकापुर नगरपालिका ५ भगरैया ४७ वर्षीय खुसिराम चौधरीले चलाएको ट्याक्टरबाट अबैध खयरको काठ बरामद गरिएको हो । उक्त काठ १९ गोलीया (९५,८९ क्युफिट) रहेको प्रहरीले जनाएको छ । अबैध काठ सहितको ट्याक्टर र चालकलाई आवश्यक कारवाहीको लागि सव डिभिजन वन कार्यालय टीकापुर बुझाइएको प्रहरीले जनाएको छ ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज