Advertisement

Breaking News 2

उत्तराखण्डको बाढीपहिरोमा १८ नेपाली सम्पर्कविहीन

उत्तराखण्डको बाढीपहिरोमा १८ नेपाली सम्पर्कविहीन

Breaking News 2, अन्तर्राष्ट्रिय, ताजा अपडेट, समाचार
भारतको उत्तराखण्डमा हालैको बाढी र पहिरोका कारण जाजरकोटका १२, बर्दियाका ५ र जुम्लाका १ गरी १८ जना नेपाली नागरिक सम्पर्कविहीन भएका छन्। तीमध्ये अधिकांश मजदुरी गर्न र स्याउ टिप्न गएका थिए। मंगलवार आरिघोप्टे वर्षाले उत्तरकाशीको धराली बजारमा बाढी आएको थियो भने बुधवार पौडीगढवाल नजिकै सिन्धु खोला किनारमा पहिरो खसेको थियो। प्रभावित क्षेत्रमा रहेका नेपाली नागरिकहरूमध्ये धेरैजना जाजरकोटको कुशे गाउँपालिका–२ का हुन्। गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले १३ जनाभन्दा बढी बेपत्ता भएको विज्ञप्तिमार्फत जानकारी दिएका छन्। पालिकाले खोजी तथा उद्धारका लागि प्रदेश र सङ्घ सरकारमार्फत परराष्ट्र मन्त्रालयलाई कूटनीतिक पहलका लागि आग्रह गरेको छ। यसैबीच, बर्दियाका ५ जना नेपाली पनि पहिरोमा परेर सम्पर्कविहीन भएको जानकारी आएको छ। नयाँ दिल्लीस्थित नेपाली दूतावासले भारतीय पक्षसँग समन्वयमा उद्धार कार्य भइरहेको ज...
अमेरिकाले २२ खोप परियोजना रोक्ने निर्णय, विज्ञहरूले भने ‘खतरनाक कदम’

अमेरिकाले २२ खोप परियोजना रोक्ने निर्णय, विज्ञहरूले भने ‘खतरनाक कदम’

Breaking News 2, अन्तर्राष्ट्रिय, ताजा अपडेट, समाचार
अमेरिकाको स्वास्थ्य तथा मानव सेवा विभागले विभिन्न श्वासप्रश्वाससम्बन्धी भाइरसहरू विरुद्ध विकास भइरहेका २२ वटा खोप परियोजना रोक्ने निर्णय गरेको छ। अन्तर्राष्ट्रिय समाचार संस्था एपीका अनुसार, अमेरिकी स्वास्थ्य सचिव रोबर्ट एफ. केनेडी जुनियरले कोरोना, फ्लुजस्ता भाइरसविरुद्ध विकास भइरहेका खोप परियोजनामा लगानी गरिँदै आएको ५० करोड अमेरिकी डलरको अनुदान रद्द गर्ने घोषणा गर्नुभएको हो। खोपहरूलाई समस्याग्रस्त भन्दै सचिव केनेडीले अब नयाँ र सुरक्षित विकल्पहरूमा प्राथमिकता दिने बताउनु भएको छ। तर, स्वास्थ्य विज्ञहरूले भने यो निर्णय भविष्यमा गम्भीर असर पार्न सक्ने भन्दै चेतावनी दिएका छन्। प्रख्यात खोप विज्ञ डा. पाँल अफिट र महामारी विशेषज्ञ माइक ओस्टरहोमले खोपले लाखौं मानिसको ज्यान बचाएको र आगामी महामारी नियन्त्रणमा यसको भूमिका अझै महत्त्वपूर्ण हुने बताएका छन्।...
शारदा ब्यारेजमा दोस्रो दिन पनि चार पांग्रे सवारी आवागमन रोक

शारदा ब्यारेजमा दोस्रो दिन पनि चार पांग्रे सवारी आवागमन रोक

Breaking News 2, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कञ्चनपुर- महाकाली नदीमा पानीको बहाव उच्च बनेपछि कञ्चनपुरस्थित शारदा ब्यारेज पुलमा आज (बुधबार) दोस्रो दिन पनि चार पांग्रे सवारीसाधनको आवागमनमा रोक लगाइएको छ। इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार बुधबार बिहान ८ बजेसम्म महाकाली नदीको पानीको बहाव १ लाख ६८ हजार ५३७ क्युसेक मापन गरिएको छ। मंगलबारदेखि नदीमा लगातार पानीको बहाव बढ्दो अवस्थामा रहेको छ। सय वर्ष पुरानो शारदा ब्यारेज जीर्ण अवस्थाका कारण जोखिम न्यूनीकरणका लागि नदीमा पानीको बहाव १ लाख क्युसेक नाघ्नेबित्तिकै चार पांग्रे सवारीसाधनको आवागमनमा रोक लगाउने व्यवस्था गरिएको हो।...
उत्तराखण्डको बाढीमा ४ को मृत्यु, ५० भन्दा बढी बेपत्ता

उत्तराखण्डको बाढीमा ४ को मृत्यु, ५० भन्दा बढी बेपत्ता

Breaking News 2, अन्तर्राष्ट्रिय, ताजा अपडेट, समाचार
भारतको उत्तराखण्ड राज्यमा आएको भीषण बाढीका कारण ४ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी व्यक्ति बेपत्ता भएका छन्। उत्तरकाशी जिल्लाको हर्षिल क्षेत्रस्थित खीरगंगा नदीमा मंगलबार दिउँसो साढे १ बजे आएको बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको हो। बाढीले गंगोत्री मार्ग अन्तर्गत पर्ने धराली बजारलाई पूर्णरूपमा तहसनहस बनाएको छ। स्थानीय बस्तीहरू, घर, पसल, होटल, होम स्टे र सैनिक क्याम्पसमेत बगाएको छ। उत्तरकाशीका जिल्ला अधिकारी (डीएम) प्रशान्त आर्यका अनुसार लेदोसहितको बाढीले भौतिक संरचनाहरूमा समेत ठूलो क्षति पुर्‍याएको छ। सामाजिक सञ्जालमा भाइरल भएका भिडिओहरूमा नदीमा अचानक आएको बाढीले किनारका घरहरू र पसलहरू बगाउँदै लगेको दृश्य देखिन्छ। घटनापछि भारतीय सेना, एनडीआरएफ र स्थानीय प्रशासनका १५० भन्दा बढी सुरक्षाकर्मी उद्दारमा खटिएका छन्। लेदो र मलिलो माटोको कारण उद्धारमा कठिनाइ भैरहेको जनाइएको छ। त्यस क्...
तीन दशक बित्दा पनि दोधारा–चाँदनी नहर निर्माण अधुरो, महाकाली सन्धि कार्यान्वयनमा ढिलाइ

तीन दशक बित्दा पनि दोधारा–चाँदनी नहर निर्माण अधुरो, महाकाली सन्धि कार्यान्वयनमा ढिलाइ

Breaking News 2, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कञ्चनपुर- नेपाल–भारतबीच महाकाली सन्धि सम्झौता भएको तीन दशक बितिसक्दा पनि सन्धिअनुसार दोधारा–चाँदनी नहर निर्माण अझै अन्योलमै रहेको छ। नेपालले नहरका लागि आवश्यक जग्गा अधिग्रहण गरी तयारी गरे पनि भारतीय पक्षले निर्माण गर्नुपर्ने १,१०० मिटर मूल नहर अहिलेसम्म निर्माण नगर्दा सन्धि कार्यान्वयनमा ढिलाइ भएको हो। महाकाली सन्धिअनुसार भारतले कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा सिँचाइका लागि शारदा नहरमार्फत ३५० क्युसेक पानी उपलब्ध गराउनुपर्ने प्रावधान छ। वि.सं. २०५२ माघ २९ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरसिंह रावले हस्ताक्षर गरेको उक्त सन्धि अझै कार्यान्वयनमा आउन सकेको छैन। महाकाली सिँचाइ आयोजना तेस्रो चरणका निर्देशक डा. योगेन्द्र मिश्रका अनुसार, नेपालले नहर निर्माणका लागि मुआब्जा वितरण गरेर जग्गा अधिग्रहण गरिसकेको छ। तर, भारतले निर्माण गर्नुपर्ने सीमावर्ती १,१००...
डोटीमा किबीखेतीबाट फल नलाग्दा किसान चिन्तित, प्राविधिक त्रुटि मुख्य कारण

डोटीमा किबीखेतीबाट फल नलाग्दा किसान चिन्तित, प्राविधिक त्रुटि मुख्य कारण

Breaking News 2, डोटी, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
डोटी- डोटीका किसान किबीखेतीमार्फत आम्दानी गर्ने उद्देश्यले सुरु गरिएको खेतीबाट फल नलागेपछि चिन्तित भएका छन्। करिब चार वर्ष लगानी गरेपछि उत्पादन हुने अपेक्षा गरेका किसानहरू अहिले निराश भएका हुन्। बडिकेदार गाउँपालिका–४ रनुकाँडाका लक्ष्मण ताडीले पाँच रोपनी क्षेत्रमा किबीखेती सुरु गरेका थिए। तर फल नलागेपछि मेहनत र लगानी दुवै खेर जाने अवस्थामा पुगेको उनको गुनासो छ। उनले उदयसिंह कृषि तथा बहुउद्देश्यीय फार्ममार्फत किबीसँगै अन्य तरकारी खेती पनि गरिरहेका छन्। उनका अनुसार चार वर्ष लगातार लगानी गर्दा पनि किबी बोटहरूले फल दिन नसक्नु ठूलो समस्या बनिरहेको छ। कृषि ज्ञान केन्द्र डोटीका प्रमुख गङ्गादत्त अवस्थीका अनुसार किबीमा भाले र पोथी बोट छुट्टै हुने भएकाले कम्तीमा पाँच बोटमा एक भालेबोट अनिवार्य हुन्छ। धेरै किसानले भालेबोट रोप्न छुटाएकोले फल नलाग्ने समस्या देखिएको हो। उनले यस्तो समस्याको समाधान...
रविन्द्र ढाँटको ऐतिहासिक जित, एमएफएन बेल्टसहित नवौँ सफलता

रविन्द्र ढाँटको ऐतिहासिक जित, एमएफएन बेल्टसहित नवौँ सफलता

Breaking News 2, अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य समाचार, समाचार
धनगढी- नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) फाइटर रविन्द्र ढाँटले भारतको नोएडामा सम्पन्न म्याट्रिक्स फाइट नाइट (एमएफएन) मा ऐतिहासिक जित दर्ता गर्दै बान्टमवेट श्रेणीको बेल्ट जितेका छन्। ढाँटले साविक विजेता भारतीय चोङ्गरेङ्ग कोरेनलाई तेस्रो राउन्डको ५४औँ सेकेन्डमै नकआउट गर्दै सनसनीपूर्ण विजय हासिल गरे। यो जितसँगै उनको व्यावसायिक करियरमा यो नवौँ सफलता हो। फाइटका लागि ढाँटले लामो तयारी र मिहिनेत गरेका थिए। दोस्रो राउन्डदेखि विपक्षीमाथि दबाब सिर्जना गर्दै तेस्रो राउन्डमा तीव्र आक्रमणले कोरेनलाई पस्त पारे। उनको प्रदर्शनप्रति प्रशिक्षक र टिम सदस्यहरूले प्रशंसा व्यक्त गर्दै यसलाई नेपालका लागि गर्वको क्षण भनेका छन्। यस जितले अन्तर्राष्ट्रियस्तरमा नेपाली एमएमएको छवि उजागर गरेको छ। ढाँटको सफलता नेपाली खेलकुदका लागि प्रेरणादायी बनेको छ। नयाँ प्रतिभाका लागि उनी हौसला र आत्मविश्वासको स्रोत ब...
काठमाडौं प्रहरि प्रमुख ले गुण्डाहरुले टाउको उठाउने ठाउ नपाउने भने पछि सामाजिक अभियन्ता शोम शर्मा ले प्रस्न खडा गरेका छन ।

काठमाडौं प्रहरि प्रमुख ले गुण्डाहरुले टाउको उठाउने ठाउ नपाउने भने पछि सामाजिक अभियन्ता शोम शर्मा ले प्रस्न खडा गरेका छन ।

Breaking News 1, Breaking News 2, Breaking News 3, मुख्य समाचार, समाचार
शोम शर्मा लेख्छन आदरणिय काठमाडौं प्रहरी प्रमुखज्यू, झुटको पनि सीमा हुन्छ। के सारो झुट बोल्नुभको यो ? अनामनगरमा ममाथि २०८१ साल चैत्र २५ गतेको साँझ भएको आक्रमणमा संलग्न बिरुद्द अनामनगर प्रहरी बृत्तमा जाहेरी दर्ता गराएं- दर्ता नम्बर "३२४" अनामनगर बृत्तले खासै रेस्पोन्स नभएपछी तपाइलाइ नै पटक–पटक जानकारी गराउँदा पनि तपाईं मौन बस्नुभयो। अन्ततः मेरो फोनसमेत उठाउन छोड्नुभयो। त्यसैगरी आरआर कलेजभित्रै दिनदहाडै विद्यार्थीमाथि बारम्बार कुटपिट गर्ने व्यक्ति खुलेआम हिँडिरहँदा र त्यसको बारेमा जानकारी गराउंदा पनि तपाईं चुप लाग्नुभयो । यस्ता अवस्थाबीच तपाईं मिडियामा आएर "अब गुण्डाले टाउको उठाउने ठाउँ छैन" भन्नुहुन्छ भने त्यो कथन जनताको पीडा र विवशतामाथि सीधा अपमान हो। आज म तपाईंलाई खुला रूपमा सोध्दैछु— कतै तपाईं नै ती आक्रमणकारी र गुण्डाहरूको संरक्षणमा त हुनुहुन्न? कि उनिहरु सत्तानिकट भएकोले...
डडेल्धुरा अस्पतालमा विश्व स्तनपान सप्ताह सुरु

डडेल्धुरा अस्पतालमा विश्व स्तनपान सप्ताह सुरु

Breaking News 2, डडेल्धुरा, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
डडेल्धुरा- डडेल्धुरा अस्पतालले विश्व स्तनपान सप्ताह विविध कार्यक्रमहरूसहित सुरु गरेको छ। स्तनपान अमृत समान भन्ने नारासहित आज अस्पतालले उक्त कार्यक्रमको सुरुवात गरेको हो । आज अस्पताल व्यवस्थापन समिति अध्यक्ष करुणाकर ओझाको अध्यक्षतामा स्तनपान सप्ताह कार्यक्रमको शुभारम्भ गरिएको हो । सप्ताहको पहिलो दिनमै अस्पताल परिसर सांगीतिक गीत, जनचेतनामूलक नाटक, र स्वास्थ्य शिक्षामूलक सन्देशहरूले गुञ्जायमान बन्यो। नर्सिङ अधिकृत नाओमी बुढाका अनुसार, स्तनपानका फाइदा, आमाको दूधको महत्व, र स्तनपानलाई बच्चाको पहिलो खोपको रूपमा प्रस्तुत गर्दै सन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रमको प्रमुख आकर्षण “बच्चा जन्मिएको १ घण्टा भित्र स्तनपान सुरु गरौं” भन्ने सन्देशमा आधारित नाटक रह्यो, जसले दर्शकहरूलाई स्तनपानको तत्काल सुरुवातको महत्वबारे सचेत गरायो। त्यसपछि प्रस्तुत गरिएका लोकगीत तथा ...
सवारी चालक अनुमति पत्रको म्याद अब १० वर्ष

सवारी चालक अनुमति पत्रको म्याद अब १० वर्ष

Breaking News 2, ताजा अपडेट, समाचार
काठमाडौं- सरकारले सवारी चालक अनुमति पत्र (लाइसेन्स)को म्याद १० वर्षसम्म कायम गर्ने व्यवस्था गरेको छ। केही नेपाल ऐनहरू संशोधन गर्दै अबदेखि लाइसेन्स जारी भएको मितिले १० वर्षसम्म मान्य हुने प्रावधान लागू गरिएको हो। यसअघि चालक अनुमतिपत्रको म्याद पाँच वर्ष मात्र थियो। सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा संशोधन गरेर उक्त नयाँ व्यवस्था ल्याइएको हो। त्यसैगरी, सवारीको जाँचपास (फिटनेस प्रमाणपत्र) सम्बन्धी म्यादसमेत परिमार्जन गरिएको छ। संशोधित नियमअनुसार नयाँ दर्ता भएका सवारीहरूको हकमा जाँचपास प्रमाणपत्रको म्याद पाँच वर्ष हुनेछ भने अन्य सवारीका लागि उक्त म्याद छ महिनासम्म सीमित हुनेछ। नयाँ प्रावधानले प्रदूषण परीक्षण र जाँचपास कार्यका लागि निजी क्षेत्रलाई समेत संलग्न हुने अनुमति दिएको छ, जसबाट सेवा प्रवाह थप सहज हुने अपेक्षा गरिएको छ।...
आज साउन १५, खीर खाने दिन

आज साउन १५, खीर खाने दिन

Breaking News 2, ताजा अपडेट, समाचार
काठमाडौँ- नेपाली समाजमा आजको दिन खीर खाएर साउन १५ मनाइँदैछ। साउने झरीमा तातो खीर स्वास्थ्यका लागि फाइदाजनक मानिने भएकाले यो परम्परा बस्दै आएको विश्वास गरिन्छ। दूधमा मरमसला, चामल र चिनी हालेर पकाइने खीरले शरीरलाई शक्ति दिने भएकाले यसलाई सात्त्विक आहारको रूपमा लिइन्छ। संस्कृत भाषामा "पायस" भनिने खीर पितृ तथा देवकार्यमा पनि महत्वपूर्ण मानिन्छ। धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईका अनुसार पायसलाई वैदिक ग्रन्थमा श्रेष्ठ सात्त्विक परिकारको रूपमा वर्णन गरिएको छ। साउन महिनामा गाउँघरमा खेतीपातीको काम सकिने र हरियाली फैलिने भएकाले गाईभैँसीले बढी दूध दिने समय पनि यही हो। दूध प्रशस्त हुने भएकाले इष्टमित्र, छोरीचेलीलाई बोलाएर खीर खुवाउने परम्परा चलनमा आएको हो। साउन महिनालाई भगवान् शिवको महिना मानिन्छ। शिवलाई दूध तथा दूधजन्य परिकार प्रिय हुने धार्मिक विश्वास छ। त्यसैले खीरलाई विधिपूर्वक शिवला...
एक युवतीद्वारा ६ महिनामा २० प्रेमी फेरेर आइफोन संकलन, बेचेर घर किनेपछि

एक युवतीद्वारा ६ महिनामा २० प्रेमी फेरेर आइफोन संकलन, बेचेर घर किनेपछि

Breaking News 2, अन्तर्राष्ट्रिय, समाचार
चीनमा करिब नौ वर्षअघि एक महिलाले २० जना पुरुषसँग डेट गरेर सबैबाट नयाँ आईफोन ७ उपहारमा लिएकी थिइन्। उनले ती सबै आईफोन बेचेर १ लाख २० हजार युआन (झण्डै २३ लाख रुपैयाँ) कमाइन् र त्यो रकमबाट आफ्नो लागि फ्ल्याटको अग्रिम भुक्तानी गरेकी थिइन्। यो घटना फेरि चर्चामा आएको छ किनभने हालै चीनमै यस्तै प्रकृतिको अर्को घोटाला सार्वजनिक भएको छ। तर, यसपटक ठगी गर्ने व्यक्ति एक अधबैंसे पुरुष हुन्, जसले अनलाइनमा ‘सिस्टर होङ’ नामको पहिचान बनाउँदै अन्य पुरुषहरूलाई यौन सम्बन्धका नाममा फसाउने गर्थे। ‘क्रस-ड्रेसिङ’ घोटाला साउथ चाइना मर्निङ पोस्ट अनुसार यो नयाँ घोटालालाई 'क्रस-ड्रेसिङ स्क्याम' भनिन्छ। घोटालामा संलग्न व्यक्तिले आफूलाई महिला बनाएर विभिन्न पुरुषसँग सम्पर्क गर्थे र उपहारको रूपमा पैसा वा वस्तु माग्थे। सिस्टर होङ नामले चिनिने ती व्यक्तिको ठगी सार्वजनिक भएपछि, नौ वर्षअघिको आईफोन घोटाला फेरी चर्चाम...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज