Advertisement

Breaking News 1

आईपीएलमा गुजरात टाइटन्सको प्रभावशाली जित, कोलकातालाई ३९ रनले पराजित

आईपीएलमा गुजरात टाइटन्सको प्रभावशाली जित, कोलकातालाई ३९ रनले पराजित

Breaking News 1, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं- भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत हिजो भएको खेलमा गुजरात टाइटन्सले कोलकाता नाइट राइडर्सलाई ३९ रनले पराजित गरेको छ। इडेन गार्डेन्समा टस हारेर पहिला ब्याटिङ गरेको गुजरातले ३ विकेटको क्षतिमा १९८ रन बनाएको थियो। कप्तान शुभमन गिलले आक्रामक ९० रन बनाए भने साई सुदर्शनले ५२ र जोश बटलरले अविजित ४१ रन जोडे। जवाफमा कोलकाताले ८ विकेट गुमाउँदै १५९ रन मात्र बनाउन सक्यो। कप्तान अजिंक्य रहानेले सर्वाधिक ५० रन बनाए। गुजरातका प्रशिद्ध कृष्णा र राशिद खानले समान २–२ विकेट लिए। कोलकाताका वैभव अरोरा, हर्षित राना र आन्द्रे रसेलले एक–एक विकेट लिए। यस जितसँगै गुजरातले आठ खेलबाट १२ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा कब्जा जमाएको छ। कोलकाता भने समान खेलबाट ६ अंकसहित सातौं स्थानमा छ। आईपीएल अन्तर्गत आज लखनउ सुपर जायन्ट्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुँदैछ।...
कक्षा १२ को परीक्षा मिति बारे निर्णय गर्न मंगलबार परीक्षा बोर्डको बैठक बस्दै

कक्षा १२ को परीक्षा मिति बारे निर्णय गर्न मंगलबार परीक्षा बोर्डको बैठक बस्दै

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, शिक्षा, समाचार
काठमाडौं- कक्षा १२ को परीक्षा तोकिएको मितिमा सञ्चालन गर्ने कि नगर्ने भन्नेबारे निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक मंगलबार बस्ने भएको छ। बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार बैठकले परीक्षा वैशाख ११ गतेदेखि २४ गतेसम्म सञ्चालन गर्ने कि नगर्ने टुंगो लगाउनेछ। शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका शिक्षकहरू काठमाडौंमा आन्दोलनरत छन्। शिक्षक महासंघको आह्वानमा गत चैत २० देखि माइतीघर–बानेश्वर क्षेत्रमा उनीहरूले दैनिक प्रदर्शन गर्दै आएका छन्। सरकार र शिक्षक महासंघबीच पटक–पटक वार्ता भए पनि सहमति हुन सकेको छैन। यस्तैमा शिक्षामन्त्री विद्या भट्टराईले सोमबार राजीनामा दिएकी छिन्।...
आजको मौसम- केही पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

आजको मौसम- केही पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं- स्थानीय तथा पश्चिमी वायुको प्रभावले हाल कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहँदा देशका अन्य भागमा मौसम सामान्यतया सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी र गण्डकी प्रदेशसहित पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। ती क्षेत्रका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा एक–दुई स्थानमा हल्का हिमपात हुन सक्ने अनुमान गरिएको छ। राति पनि कोशी र गण्डकीका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ भने केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।...
बझाङका तीन पालिकामा बालसञ्जाललाई अधिकार र योजना निर्माणसम्बन्धी अभिमुखीकरण

बझाङका तीन पालिकामा बालसञ्जाललाई अधिकार र योजना निर्माणसम्बन्धी अभिमुखीकरण

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको दुर्गाथलि, मष्टा र खप्तडछान्ना गाउँपालिकामा पालिका स्तरीय बालसञ्जालका प्रतिनिधिहरूलाई लक्षित गर्दै बालअधिकार र योजना निर्माणसम्बन्धी एकदिवसीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।   सशक्त महिला समृद्ध नेपाल’ कार्यक्रमअन्तर्गत आयोजित उक्त गोष्ठीमा बालबालिकाको अर्थपूर्ण सहभागिता, अधिकार, कर्तव्य, तथा समुदायमा उनीहरूको भूमिकाका विषयमा विस्तृत छलफल गरिएको थियो। फिल्ड फेसिलिटेटर लक्ष्मण चलाउनेका अनुसार दुर्गाथलीमा ३५, मष्टामा ४५ र खप्तडछान्नामा ४० जनाको सहभागिता रहेको थियो। खप्तडछान्नामा उपाध्यक्ष विष्णु कुमार थापाको अध्यक्षतामा कार्यक्रम सञ्चालन भएको थियो। बालबालिकाले समुदायमा भोगिरहेका समस्या, जोखिम र आवश्यकताको पहिचान गरी तिनीहरूको प्राथमिकिकरण गर्दै योजनाबद्ध ढंगले समाधान गर्न बालभेला मार्फत कार्यक्रम प्रस्ताव गर्ने अवधारणामा जोड दिइएको थियो। कार्यक्र...
साइपालमा टेलिकम सेवा चार दिनदेखि ठप्प, स्थानीयको केन्द्रीय कार्यालयलाई गुनासो

साइपालमा टेलिकम सेवा चार दिनदेखि ठप्प, स्थानीयको केन्द्रीय कार्यालयलाई गुनासो

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको विकट साइपाल गाउँपालिकामा चार दिनदेखि नेपाल टेलिकमको मोबाइल सेवा पूर्ण रूपमा बन्द हुँदा जनजीवन प्रभावित भएको छ। चट्याङ, हावाहुरी र असिना पानीका कारण टावर बिग्रिएपछि सञ्चार अवरुद्ध भएको हो। स्थानीयहरूले सेवा विस्तार र सुधारको माग गर्दै टेलिकमको केन्द्रीय कार्यालय, काठमाडौंमा हस्ताक्षरसहितको पत्र पठाएका छन्। उनीहरूले २ जी मात्र उपलब्ध हुँदा इन्टरनेट कमजोर भएको, कतिपय ठाउँमा सेवा नै नपुग्ने गुनासो गरेका छन्। ४ जी नेटवर्क विस्तार, सेवा गुणस्तर सुधार र नेटवर्क क्षमता वृद्धि गरिनुपर्ने माग गरिएको छ। गाउँपालिका अध्यक्ष मानवीर बोहराले मष्टाको रिलुमा रहेको टावर बिग्रिएको र छिटो मर्मत गर्न टेलिकमलाई आग्रह गरिएको जानकारी दिए।...
शिक्षामन्त्री विद्या भट्टराईको राजीनामा

शिक्षामन्त्री विद्या भट्टराईको राजीनामा

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, शिक्षा, समाचार
काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन्। सोमबार अपरान्ह प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उनले राजीनामा पत्र बुझाएकी हुन्। उनकी प्रेस सल्लाहकार रामजी लम्सालले राजीनामाको पुष्टि गर्दै भने, “प्रधानमन्त्रीज्यूलाई भेटेर बुझाउनुभएको छ। अब स्वीकृत हुन्छ होला।” देशभरका शिक्षकहरू शिक्षक महासंघको आह्वानमा २० दिनदेखि काठमाडौंमा आन्दोलनरत छन्। यस्तो संवेदनशील समयमा शिक्षामन्त्रीको राजीनामा आएको हो।...
पाथीभरा जाँदै गरेको बोलेरो जिपमा करेन्ट लाग्दा चारजनाको मृत्यु

पाथीभरा जाँदै गरेको बोलेरो जिपमा करेन्ट लाग्दा चारजनाको मृत्यु

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
ताप्लेजुङ– ताप्लेजुङको पाथीभरा मन्दिरतर्फ जाँदै गरेको बोलेरो जिपमा करेन्ट लागेर चारजनाको ज्यान गएको छ। बिजुलीको पोलबाट लत्रिएको तारमा जिप अल्झिएर आगलागी भएपछि दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार ज्यान गुमाउनेमा ललितपुर महानगरपालिका–१० की १६ वर्षीया आध्या आचार्य, झापा भद्रपुर नगरपालिका–१५ का ७० वर्षीय विनोद पौडेल, उनकी ६९ वर्षीया पत्नी सरिता पौडेल, र फुङलिङ नगरपालिका–१० का ४२ वर्षीय चालक दुर्गा भट्टराई छन्। दुर्घटनामा ललितपुरकै ४५ वर्षीया सबिना आचार्य र उनका १० वर्षीय छोरा भविमय आचार्य गम्भीर घाइते भएका छन्। घाइतेहरूको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको छ भने थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बोलेरो जिप (ना १ च ३०११) फुङलिङबाट दर्शनार्थी लिएर पाथीभरा मन्दिरतर्फ जाँदै गर्दा फुङलिङ नगरपालिक...
जोगबुढा नदीमा कलर कोडसहितको गेज मिटर राखिँदै

जोगबुढा नदीमा कलर कोडसहितको गेज मिटर राखिँदै

Breaking News 1, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कञ्चनपुर- बर्सातको समय नजिकिँदै गएपछि जल तथा मौसम विज्ञान विभागले पनि पूर्वतयारी थालेको छ । जल तथा मौसम विज्ञान विभाग, महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाले बाढीले सबैभन्दा बढी प्रभावित हुने कञ्चनपुरको कुतियाकवरस्थित जोगबुढा नदीमा ‘कलर कोड’सहितको गेज मिटर राख्नका लागि अध्ययन गरेको छ । कलर कोडसहितको गेज मिटरले सर्वसाधारणलाई तुरुन्तै नदीको जल सतह थाहा पाउन सजिलो होस् भन्ने हेतुले कलर कोडसहितको गेज मिटर स्थापना गर्न लागेको जल तथा मौसम विज्ञान विभाग, महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका प्रमुख सञ्जयकुमार शाहले जानकारी दिए । उनका अनुसार महाकाली नदीमा गेज मिटर स्थापनाको कार्य सुरु भएको छ भने जोगबुढा नदीमा गेज मिटर राख्नका लागि अध्ययन भइरहेको छ । “तटीय क्षेत्रका जनताले विपद्को पूर्वतयारी गर्न सजिलो हुनेछ”, उनले भने, “यसले यहाँका जनताले सजिलैसँग आफ्नो आँखाले हेरेर तुरुन्त बाढीको जोखिमबा...
आज देशभर आंशिक बदली, पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

आज देशभर आंशिक बदली, पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

Breaking News 1, मुख्य समाचार, समाचार
काठमाडौँ– देशभर हाल स्थानीय तथा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। यस्तै, पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको जनाइएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ। मधेश र लुम्बिनी प्रदेशमा भने मौसम आंशिक बदली रही मुख्यतः सफा रहने अपेक्षा गरिएको छ।...
आईपीएलमा मुम्बईको शानदार जित, आरसीबी पनि विजयी

आईपीएलमा मुम्बईको शानदार जित, आरसीबी पनि विजयी

Breaking News 1, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं- भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सले चेन्नई सुपर किंग्सविरुद्ध शानदार जित हासिल गरेको छ। वाङ्खेडे स्टेडियममा चेन्नईले दिएको १७७ रनको लक्ष्य मुम्बईले मात्र १ विकेट गुमाउँदै १५.४ ओभरमै पूरा गर्‍यो। जितमा कप्तान रोहित शर्माले अविजित ७६ रन तथा सूर्यकुमार यादवले अविजित ६८ रनको योगदान दिए। चेन्नईका रवीन्द्र जडेजाले एक विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाउँदै १७६ रन बनाएको थियो। उसका लागि जडेजाले अविजित ५३ र शिवम दुबेले ५० रन जोडे। मुम्बईका जसप्रित बुमराहले सर्वाधिक २ विकेट लिए। गएरातिको जितसँगै मुम्बईले ८ खेलबाट ८ अंक जोड्दै तालिकाको छैटौँ स्थानमा उक्लिएको छ। भने, पराजित चेन्नई ८ खेलबाट ४ अंकसहित अन्तिम स्थानमा झरेको छ। त्यसअघि हिजो भएको अर्को खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले पञ्जाब सुपर किंग्सलाई ७ विक...
निजामती कर्मचारी संगठनद्वारा स्थापना दिवसमा बिरामीलाई फलफूल वितरण, कार्यालयहरूमा भित्तेपात्रो बाँड्यो

निजामती कर्मचारी संगठनद्वारा स्थापना दिवसमा बिरामीलाई फलफूल वितरण, कार्यालयहरूमा भित्तेपात्रो बाँड्यो

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
सत्यराज सिंह, बझाङ— नेपाल निजामती कर्मचारी संगठन बझाङले आफ्नो ३५ औं स्थापना दिवसको अवसरमा जिल्ला अस्पताल बझाङमा रहेका बिरामीहरूलाई फलफूल वितरण गरेको छ। साथै, सदरमुकाम चैनपुरस्थित विभिन्न सरकारी कार्यालयहरूमा भित्तेपात्रो पनि वितरण गरिएको छ। संगठनका अध्यक्ष मुकेश थापाका अनुसार, अस्पतालमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गर्दै शीघ्र स्वास्थ्यलाभको कामना गरियो। उनले यो दिवस सामाजिक उत्तरदायित्वसहित मनाइएको जानकारी दिए। कार्यक्रममा नेकपा एमाले बझाङका उपसचिव तथा जनसंगठन विभाग संयोजक पंकज भण्डारी, नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य लक्ष्मी रावल, दिनेश धामी, स्वास्थ्यकर्मी महासंघ बझाङ अध्यक्ष नरजित खड्का, संगठनका उपाध्यक्ष धर्मराज जोशी, सचिव दीपक बोहरा, पेशागत महासंघका कोषाध्यक्ष विजय रजत लगायतका नेता–कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।...
सिंहदरबारभित्रै प्रदर्शन, लिङ्देन र शाहीसहितका नेता प्रहरीको नियन्त्रणमा

सिंहदरबारभित्रै प्रदर्शन, लिङ्देन र शाहीसहितका नेता प्रहरीको नियन्त्रणमा

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं — राप्रपाका नेताहरू सिंहदरबारभित्रै प्रदर्शन गरेपछि प्रहरीले नियन्त्रणमा लिएको छ। तीनकुने घटनाको न्यायिक छानबिन र पक्राउ परेका आफ्ना नेताहरूको रिहाइको मागसहित पम्प्लेट बोकेर प्रदर्शन गरेका कारण अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, प्रमुख सचेतक ज्ञानेन्द्र शाहीसहितका नेताहरूलाई प्रहरीले पक्राउ गरेको हो। राप्रपाले आज बिजुलीबजार क्षेत्रमा प्रदर्शनको कार्यक्रम राखेको थियो। तर अध्यक्ष लिङ्देनलगायतका नेता सिंहदरबारस्थित संसदीय दलको कार्यालयमै थिए। त्यहाँ उनीहरूले पम्प्लेटसहित प्रदर्शन गर्न थालेपछि प्रहरीले रोक्ने प्रयास गर्‍यो। पार्टी नेताहरू भने सिंहदरबारको दक्षिण गेट हुँदै बाहिर निस्केर तीनकुने घटनाको छानबिन र वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र तथा महामन्त्री धवलशम्शेर राणाको रिहाइको माग गर्न खोजिरहेका थिए। प्रहरीले पम्प्लेट खोसेर उनीहरूलाई त्यहीँबाट नियन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज