Advertisement

ताजा अपडेट

बैतडीमा जीप र मोटरसाइकल एकआपसमा ठोक्किँदा बझाङका २ जना घाइते

बैतडीमा जीप र मोटरसाइकल एकआपसमा ठोक्किँदा बझाङका २ जना घाइते

Breaking News 1, ताजा अपडेट, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बैतडी- बैतडीको सुर्नया गाउँपालिका–२ सिउडेमा जीप र मोटरसाइकल एकआपसमा ठोक्किँदा बझाङका दुई जना घाइते भएका छन्। दशरथचन्द राजमार्गअन्तर्गत पाटन–सत्बाझ सडकखण्डमा आइतबार साँझ करिब ४ बजे भएको दुर्घटनामा मोटरसाइकल चालक जयपृथ्वी नगरपालिका–३ बझाङका ३९ वर्षीय ईश्वर ओली र पछाडि सवार थलारा गाउँपालिका–९ का श्याम खड्का घाइते भएका हुन्। पाटनबाट सत्बाझतर्फ जाँदै गरेको से १ ज ३७३ नम्बरको जीप र विपरीत दिशाबाट आइरहेको बा प्र ०२ ०१६ प ००४२ नम्बरको अनटेस्ट मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए। घाइते दुबै जनालाई उपचारका लागि जिल्ला अस्पताल पुर्‍याइएको प्रहरीले जनाएको छ। जीप चालक फरार रहेको र उनको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी छ।...
बझाङ एमालेमा दुई धार: दुई पक्षका आआफ्नै प्रतिनिधि

बझाङ एमालेमा दुई धार: दुई पक्षका आआफ्नै प्रतिनिधि

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ : एमाले महाधिवेशन प्रतिनिधि छनोटमा बझाङमा विवाद भएको छ । सर्वसम्मत छनोट गर्न नसकेपछि महाधिवेशन प्रतिनिधि भन्दै दुई पक्षले दुई थरी सूची प्रकाशित गरेका छन् । एमालेको एउटा गुटले जिल्ला अध्यक्ष दिलबहादुर भण्डारी, संविधानसभा सदस्य लालबहादुर रावल, प्रदेशसभा सदस्य दमन भण्डारी लगायत ११ जनालाई महाधिवेशन प्रतिनिधि चयन गरेको सूचना प्रकाशन गरेलगतै अर्को गुटले थलारा गाउँपालिका अध्यक्ष प्रकाश रोकाया, केदारस्यूँ गाउँपालिकाकी पूर्व उपाध्यक्ष निशा धामीसहितको सूची सार्वजनिक गरेको हो । एमालेको लेटरहेडमा प्रकाशित पहिलो सूचीमा प्रमुख निर्वाचन अधिकृत राजेन्द्रप्रशाद जोशीको दस्तखत छ भने अर्कोमा पनि लेटरहेडबिनै उनकै दस्तखत गरिएको छ । दोस्रो सूचीमा रहेकाहरुको नामावली राख्दै एमाले केन्द्रीय सदस्य तथा बझाङ जिल्ला इन्चार्ज भैरवबहादुर सिंह, केन्द्रीय सदस्यहरु अफिलाल ओखेडा र आशा विकको समेत हस्ताक्षरमा छुट्टै सूच...
बझाङमा गयराति एक घरमा अज्ञात समुहद्वारा आगजनी, नगद ३२ हजारसहित सबै सामाग्री जलेर नष्ट

बझाङमा गयराति एक घरमा अज्ञात समुहद्वारा आगजनी, नगद ३२ हजारसहित सबै सामाग्री जलेर नष्ट

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङमा गयराति एक घरमा आगलागी भएको छ । जिल्लाको सुर्मा गाउँपालिका–२ घोगाडाका शेरबहादुर बोहराको घरमा आगलागी भएको हो घरमा राति करिब १२ बजेको समयमा अज्ञात समूहले आगो लगाएको आरोप लगाइएको छ। आगलागीबाट नगद ३२ हजार रुपैयाँसहित लत्ताकपडा, अन्नबाली र अन्य सामग्री सबै जलेर नष्ट भएको छ। घरमा एक्लै सुतिरहेकी बोहराकी श्रीमती केलुदेबीले थाहा पाएपछि छिमेकीलाई गुहारेकी थिइन् । तर नजिकै घर तथा पानी नहुँदा गाउँलेहरू ढिलो भेला हुँदा घर पूर्णरूपमा जलेर नष्ट भएको स्थानीय जीवन बोहराले जानकारी दिए । आगलागीबाट मानवीय तथा पशुचौपायामा भने कुनै क्षति भएको छैन्। घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।...
एनपिएलमा सुदूरपश्चिम रोयल्सको अपराजित यात्रा जारी,  जनकपुर बोल्ट्सलाई हराउँदै प्लेअफमा

एनपिएलमा सुदूरपश्चिम रोयल्सको अपराजित यात्रा जारी, जनकपुर बोल्ट्सलाई हराउँदै प्लेअफमा

Breaking News 1, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्स अपराजित यात्रा जारी राख्दै प्लेअफमा पुगेको छ । आज त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा साविक उपविजेता सुदूरपश्चिमले साविक विजेता जनकपुर बोल्ट्सलाई ६ विकेटले हराएको हो । पाँचौँ खेलसम्म जितको लय कायम राखेको सुदूरपश्चिम लिग चरणको दुई खेल अगावै प्लेअफमा पुगेको हो । जनकपुरलको निराशा भने अझै रोकिएको छैन । जितसँगै १० अङ्क बनाएको सुदूरपश्चिम तालिकाको शीर्षस्थानमा छ । लगातार चौथो हार खेपेको जनकपुरले अङ्कको खाता खोल्न सकेको छैन । यस हारले तालिकाको अन्तिममा रहेको जनकपुरको अगाडि बढ्ने सम्भावना कमजोर बनेको छ । जितका लागि १४६ रनको मध्यम लक्ष्य पछ्याएको सुदूरपश्चिमले १७.४ ओभरका चार विकेटको क्षतिमा एक सय ४८ रन जोड्दै लक्ष्य पूरा गरेको थियो । सुदूरपश्चिमका लागि इशान पाण्डेले अर्धशतकीय इनिङ्स खेल्नुभयो । उहाँले ३५ बलमा आठ चौका र ए...
आज लुम्बिनी प्रदेशकाे देउखुरीमा नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा हुँदै

आज लुम्बिनी प्रदेशकाे देउखुरीमा नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा हुँदै

Breaking News 2, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
नेपाली कम्युनिस्ट पार्टीले आज लुम्बिनी प्रदेश स्थित दाङको देउखुरीमा एकता सन्देश सभा गर्ने भएको छ । नेकपा गठनपछि देशभर एकता सन्देश सभा गर्ने निर्णय बमोजिम आज देउखुरीमा सन्देश सभा हुन लागेको हो । सभालाई संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपाललगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यसअघि नेकपाले शुक्रबार धनगढीमा एकता सन्देश सभा गरेको थियो । घोषित कार्यक्रम अनुसार गण्डकीको पोखरामा मङ्सिर १४ गते, कोशीको विराटनगरमा मङ्सिर १५ गते सभा हुनेछ। साथै कर्णालीको सुर्खेतमा मङ्सिर १८ गते, मधेसको जनकपुरमा मङ्सिर २० गते र बागमतीको हेटौँडामा मङ्सिर २३ गते सभा हुनेछ।मङ्सिर २९ गते देशभरका पालिकाहरूमा एकता सन्देश सभा हुनेछ।...
पत्रकार आचार्यको मोटरसाइकल दुर्घटनामा मृत्यु

पत्रकार आचार्यको मोटरसाइकल दुर्घटनामा मृत्यु

Breaking News 2, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ– रेडियो तिला आवाजका स्टेसन म्यानेजर तथा पत्रकार वीरेन्द्र आचार्यको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ। वीरेन्द्रनगर–२ स्थित कार्यालय अगाडि मोटरसाइकलले स्कुटीलाई ठक्कर दिएपछि उनी गम्भीर घाइते भएका थिए। उनीलाई उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटना मूलपानीबाट भुरेलीतर्फ जाँदै गर्दा भएको हो। यामबहादुर शाहीद्वारा चलाइएका कर्णाली प्रदेश ०२००३ प १७४४ नम्बरको मोटरसाइकलले आचार्यले चलाएको लुम्बिनी ३६ प ३८८६ नम्बरको स्कुटीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। मोटरसाइकल चालक २३ वर्षीय शाही पनि घाइते भएका छन्। उनको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ। कालिकोटको शुभकालिका–६ हाउडीका ३४ वर्षीय आचार्य प्रेस सेन्टर कालिकोटका अध्यक्ष समेत रहेका थिए।...
मतदान केन्द्र निर्धारण र म्यादी प्रहरी भर्नाको तयारी

मतदान केन्द्र निर्धारण र म्यादी प्रहरी भर्नाको तयारी

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
काठमाण्डाै- आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि मतदान केन्द्र र म्यादी प्रहरीको सङ्ख्या यकिन गरी आवश्यक प्रक्रिया शुरू गर्न सम्बद्ध निकाय तयारीमा जुटेका छन् । यसअघिको पूर्वानुमानभन्दा नयाँ मतदाता थप भई सङ्ख्या बढेकाले एकीकृत सुरक्षा योजनामा प्रक्षेपित एक लाख ३२ हजार म्यादी प्रहरीको सङ्ख्या बढाउनुपर्ने आवश्यकता देखिएसँगै जिम्मेवार निकाय तयारीमा जुटेका हुन् । गृह मन्त्रालयका सहसचिव एवम् प्रवक्ता आनन्द काफ्लेले चुनाव सुरक्षा योजना कार्यान्वयनका क्रममा नेपाल प्रहरीले म्यादी प्रहरीको भर्ना प्रक्रिया शुरू गर्ने बताउनुभयो । नयाँ मतदाताको सङ्ख्यालाई आँकलन गरेर म्यादी प्रहरीको सङ्ख्या बढ्न सक्ने उहाँले जानकारी दिनुभयो । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवम् प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) अबिनारायण काफ्लेले निर्वाचन आयोगले मतदान केन्द्र यकिन गरेपछि सुरक्षा संवेदनशी...
एनपीएल क्रिकेटमा आज दुई खेल हुँदै, पहिलाे खेलमा पोखरा र लुम्बिनी तथा दाेस्राेमा सुदूरपश्चिम र जनकपुर खेल्दै

एनपीएल क्रिकेटमा आज दुई खेल हुँदै, पहिलाे खेलमा पोखरा र लुम्बिनी तथा दाेस्राेमा सुदूरपश्चिम र जनकपुर खेल्दै

Breaking News 1, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाण्डाैमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालामा बिहान सवा ११ बजे पोखरा एभेन्जर्स र लुम्बिनी लायन्स खेल्दैछन् । तीन खेलमा एउटा खेल जितेको पोखरा २ अङ्कसहित तालिकाको छैटौं स्थानमा छ । चार खेलमा एउटा खेलमा मात्रै खेल जितेको लुम्बिनी २ अङ्कसहित सातौं स्थानमा छ । यस्तै आजै दिउँसो साढे ३ बजे सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच खेल हुनेछ । सुदूरपश्चिम यो प्रतियोगितामा अहिलेसम्म अपराजित रहेको छ । चार वटा खेल खेलेको सुदूरपश्चिम ८ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । तीन खेलमा एउटा पनि खेल जित्न नसकेको साविक विजेता जनकपुर अङ्कविहीन हुँदै तालिकाको पुछारमा छ । यस्तै ८ अङ्कसहित विराटनगर दोश्रो, ६ अङ्कसहित काठमाण्डु तेश्रो, ४ अङ्कसहित चितवन चौथो र २ अङ्कसहित कर्णाली पाँचौ स्थानमा छ । एनपीएलमा आठ वटा फ्रेन्चाइज टोली सहभा...
धनगढीबाट खैरो हेरोइनसहित २ पक्राउ

धनगढीबाट खैरो हेरोइनसहित २ पक्राउ

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीको धनगढीबाट साढे ८ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन्। बिहीबार धनगढी उपमहानगरपालिका–११ बेलाबाट २८ वर्षीय अर्जुन चौधरी र ३२ वर्षीय आशाराम चौधरी पक्राउ परेका हुन्। उनीहरूको साथबाट ८ ग्राम ५८० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ। दुवै जनालाई वडा प्रहरी कार्यालय धनगढी, लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र अस्थायी प्रहरी पोस्ट अम्बिकाटोलबाट खटिएको संयुक्त प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो।...
एनपीएलमा आज पनि दुई खेल हुँदै, पहिलो खेलमा चितवन राइनोज र काठमाण्डू गोर्खाज तथा दोस्रोमा कर्णाली याक्स र विराटनगर किङ्स भिड्दै

एनपीएलमा आज पनि दुई खेल हुँदै, पहिलो खेलमा चितवन राइनोज र काठमाण्डू गोर्खाज तथा दोस्रोमा कर्णाली याक्स र विराटनगर किङ्स भिड्दै

Breaking News 1, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौंमा जारी संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पनि दुई खेल हुँदैछन् । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पहिलो खेल ११ः ४५ चितवन राइनोज र काठमाण्डू गोर्खाजबीच हुनेछ। चितवन चार अंकका साथ अंक तालिकाको तेस्रो स्थानमा छ। काठमाण्डूले खेलमा दुई अङ्क मात्र बटुलेको छ। दोस्रो खेल अपराह्न ४ बजे कर्णाली याक्स र विराटनगर किङ्सबीच हुनेछ। तीन खेलबाट दुई अंक जोडेको कर्णालीलाई प्लेअफको यात्रालाई कायम राख्न जित्नैपर्ने दबाब छ। अंक तालिकाको दोस्रो स्थानमा रहेको विराटनगरले चार खेलबाट छ अंक जोडेको छ। शुक्रबारको खेल जितेमा उसको प्लेअफको यात्रा सहज हुनेछ।...
एनपीएलमा सुदूरपश्चिम रोयल्सको लगातार चौथो जित, लुम्बिनी लायन्स ७ विकेटले पराजित

एनपीएलमा सुदूरपश्चिम रोयल्सको लगातार चौथो जित, लुम्बिनी लायन्स ७ विकेटले पराजित

Breaking News 1, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं- कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले लगातार चौथो जित निकालेको छ । आज भएको  खेलमा लुम्बिनी लायन्समाथि जित निकाल्दै लगातार चौथो जित बटुलेको हो । सुदूरपश्चिमसँग लुम्बिनी ७ विकेटले पराजित भएको छ। यो जितसँगै सुदूरपश्चिमको अपराजित यात्रा कायमै रहेको छ। टस हारेर ब्याटिङका उत्रिएको लुम्बिनीले १९. ४ ओभरमा सबै विकेट गुमाएर १४३ रन बनाएको थियो। लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए। दिलिपनाथ ३१,डी मार्की सर्ट र सुमीत महर्जनले समान १८/१८, गुलब्दिन नैव ११, सन्दीप जोरा ७, थोमि डार्सा र अभिशेष गौतमले समान ६/६, शेर मल्लले ४ रन बनाउँदा रुवेन ट्रुम्पेलमन खाता नखोली पेभेलियन फर्किए। बलिङतर्फ सुदूरपश्चिमका लागि अविनास बोहरा र हर्मित सिंहले समान तिन/ तीन र हेमन्त धामीले दुई विकेट लिँदा बि कुग्गेलेइजनले एक विकेट आफ्नो पक्षमा पारे। १४५ रनको लक्ष्यसहित मैदा...
चैनपुर-ताक्लाकोट सडक भासिपछि यातायात अवरुद्ध

चैनपुर-ताक्लाकोट सडक भासिपछि यातायात अवरुद्ध

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- चैनपुर-ताक्लाकोट सडक भासिएका कारण यातायात अवरुद्ध भएको छ । तलकोट गाउँपालिका १, सुनिकोटमा सडक भासिएपछि बिहीबार बिहानदेखि यातायात अवरुद्ध भएको हो । बझाङ सदरमुकामबाट करिब आठ किलोमिटर उत्तरमा रहेको पक्की सडक भासिएपछि जिल्लाका उत्तरी भेगमा चल्ने सवारी साधन ठप्प भएका छन् । पक्की सडक भासिएपछि नजिकै रहेका केही घरहरू पनि जोखिममा परेका छन् । 'बर्खामा नै सडक अलिअलि दब्न थालेको थियो । अहिले पूरै भासिएको छ, सेती लोकमार्ग उत्तर खण्ड (चैनपुर-ताक्लाकोट) सडक कार्यालयका प्रमुख वीरेन्द्र यादवले भने, 'आठ मिटर जति सडक भासिएको छ । सतहभन्दा झन्डै सात मिटर तलबाट भासिएको देखिएको छ ।' उनले तत्काल अस्थायी रूपमा मर्मत गर्नका लागि काम सुरु गरिसकेको बताउँदै शुक्रबारसम्म सडक सञ्चालनमा आउन सक्ने बताए । स्थायी रूपमा निर्माण गर्नका लागि ठूलो पर्खाल लगाउनुपर्ने भएकाले अध्ययन भइरहेको उनको भनाइ छ । बझाङलाई चीनको त...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज