सुरेन्द्र खत्री धनगढी । धनगढीमा रहेको कैलाली बहुमुखी क्याम्पसमा नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत गरिएको छ । मंगलबार क्याम्पसमा अध्ययनरत व्यवस्थापन संकाय तर्फ विविए तेस्रो सेमेस्टरका विद्यार्थीहरूले पहिलो सेमेस्टरमा भर्ना भएका विद्यार्थीलाई स्वागत गरेका हुन् ।
धनगढीको ओम प्यालेसमा एक कार्यक्रमको आयोजना गरी क्याम्पसले व्यावस्थापन संकाय तर्फ विविए पहिलो वर्ष ( सेमेस्टर) मा अध्ययनरत ९० जना विद्यार्थीहरुलाई मायाको चिनो हस्तान्तरण गरेर स्वागत गरिएको कार्यक्रम सञ्चालक कुम्भराज जोशीले जानकारी दिए ।
विविए तेस्रो सेमेस्टरमा अध्ययनरत ओम प्रकाश जोशीको अध्यक्षतामा सम्पन्न भएको स्वागत कार्यक्रममा सहायक क्याम्पस प्रमुख तर्कराज भट्ट प्रमुख अतिथि रहनु भएको थियोे ।
स्वागत कार्यक्रमकै अवसरमा अघिल्ला वर्ष झैँ नृत्य , गजल , मुक्तक, गायन कार्यक्रम गरिएको थियो । कार्यक्रम अन्तर्गत क्याम्पस व्यवस्थापन संकायमा नव प्रवेशी छात्र र छात्रा गरी कूल २० जना विद्यार्थीहरुले प्रतिभा प्रस्तुत गरेका थिए ।

