Advertisement

ताजा अपडेट

कञ्चनपुरका वेदकोटमा बेहाेस् भेटिएका वडाध्यक्षको मृत्यु

कञ्चनपुरका वेदकोटमा बेहाेस् भेटिएका वडाध्यक्षको मृत्यु

Breaking News 1, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कञ्चनपुर— कञ्चनपुरको वेदकोट नगरपालिका–९ का वडाध्यक्ष जनकबहादुर बिष्टको निधन भएको छ। बुधबार दिउँसो वेदकोट ताल नजिकै उनी बेहोस अवस्थामा फेला परेका थिए। पारिवारिक स्रोतका अनुसार, उपचारका क्रममा महाकाली प्रादेशिक अस्पतालमा उनको साँझ मृत्यु भएको हो। बिष्ट नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष थिए। निधनअघि उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै “हासो भित्रको पीडा” उल्लेख गरेका थिए। उनले एक जना आफन्तलाई फोन गरेर आफू संसारबाट बिदा हुन लागेको र छोराछोरीको ख्याल गरिदिन आग्रह गरेका थिए। आत्महत्या आशंका गरिएको छ, र उनले विषादी सेवन गरेको हुन सक्ने अनुमान गरिएको छ। यद्यपि, शव परीक्षणपछि मात्र यथार्थ खुल्ने चिकित्सकको भनाइ छ।...
कक्षा १२ को परीक्षा वैशाख २१ गतेदेखि, संशोधित तालिका सार्वजनिक

कक्षा १२ को परीक्षा वैशाख २१ गतेदेखि, संशोधित तालिका सार्वजनिक

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, शिक्षा, समाचार
काठमाण्डाै– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा वैशाख २१ गतेदेखि सञ्चालन गर्ने भएको छ। बोर्डले नयाँ तालिका सार्वजनिक गर्दै परीक्षा जेठ २ गतेसम्म सञ्चालन हुने जानकारी दिएको छ। यसअघि परीक्षा वैशाख ११ गतेदेखि सुरु गर्ने भनिएको थियो। तर, काठमाडौंमा जारी शिक्षक आन्दोलनका कारण बोर्डले पूर्वनिर्धारित मितिमा परीक्षा नगर्ने निर्णय गरेको हो।  ...
बझाङमा ट्राफिक प्रहरीद्वारा सवारीमा रिफ्लेक्टिभ स्टिकर टाँस, दुर्घटना न्यूनीकरणमा सहयोगको अपेक्षा

बझाङमा ट्राफिक प्रहरीद्वारा सवारीमा रिफ्लेक्टिभ स्टिकर टाँस, दुर्घटना न्यूनीकरणमा सहयोगको अपेक्षा

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- सवारी दुर्घटनाको जोखिम कम गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङको पहलमा सवारी साधनहरूमा रातको समयमा चम्किने रिफ्लेक्टिभ स्टिकर टाँस गरिएको छ। विशेष गरी रातको समयमा देखिने क्षमता घट्ने भएकाले सम्भावित दुर्घनालाई ध्यानमा राख्दै यो अभियान सुरु गरिएको हो। ट्राफिक प्रहरी कार्यालय बझाङका प्रमुख विनोद बिष्टका अनुसार रिफ्लेक्टिभ स्टिकरले सवारी साधनलाई टाढैबाट देख्न सकिने बनाउँछ, जसले दुर्घटना न्यूनीकरणमा सहयोग पुर्‍याउने विश्वास गरिएको छ। आजको अभियान अन्तर्गत जिल्लाभरका मोटरसाइकल, अटो, जिप, बस, ट्याक्टर लगायत ३७ वटा सवारी साधनमा स्टिकर टाँसिएको छ। ट्राफिक प्रहरीको टोलीले विभिन्न स्थानमा पुगेर स्टिकर टाँस्ने कार्यलाई सक्रिय रूपमा अगाडि बढाइरहेको छ। प्रहरी कार्यालयका अनुसार यो अभियानले चालकसहित पैदल यात्रुको सुरक्षामा समेत टेवा पुर्‍याउनेछ।...
दिल्लीको शानदार जित, लखनउलाई ८ विकेटले हरायो

दिल्लीको शानदार जित, लखनउलाई ८ विकेटले हरायो

Breaking News 1, अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ- भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मंगलबार भएको खेलमा दिल्ली क्यापिटल्सले लखनउ सुपर जायन्ट्सलाई ८ विकेटले पराजित गरेको छ। एक सय ६० रनको लक्ष्य पछ्याएको दिल्लीले १७ ओभर ५ बलमै मात्र २ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। दिल्लीका अभिषेक पोरेलले आक्रामक ५१ रन बनाए भने कप्तान अक्षर पटेलले ३४ रन जोडे। केएल राहुल ५७ रनमा अविजित रहे। लखनउका एडन मारक्रमले दिल्लीका दुई विकेट लिए। यसअघि टस हारेर पहिला ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५९ रन बनाएको थियो। एडन मारक्रम र मिचेल मार्सले ८७ रनको साझेदारी गरे। मारक्रम ५२ र मार्स ४५ रनमा आउट भए। दिल्लीका बलर मुकेश कुमारले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिए। यो जितसँगै दिल्लीले १२ अंकसहित अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। समान १२ अंक भए पनि रनरेटका आधारमा गुजरात टाइटन्स शीर्ष स्थानमा छ। लखनउ भन...
विश्वका कुल हिउँचितुवामध्ये १० प्रतिशत नेपालमा

विश्वका कुल हिउँचितुवामध्ये १० प्रतिशत नेपालमा

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं- विश्वकै दुर्लभ अवस्थामा मानिएको हिउँचितुवाको नयाँ तथ्यांक सार्वजनिक गरिएको छ। अन्तरराष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आईयुसीएन) का अनुसार नेपालमा हिउँचितुवाको सङ्ख्या ३९७ भएको पाइएको छ। विश्वको कुल दुई प्रतिशत हिउँचितुवाको बासस्थान रहेको नेपालमा १० प्रतिशत हिउँचितुवा भेटिएका आइयूसिएनको भनाइ छ। नेपालका उच्च हिमाली क्षेत्रको ३० हजार ५०० वर्गकिमी क्षेत्रफलमा यसको बासस्थान छ। अमेरिकामा रहेको ‘स्नो लियोपार्ड ट्रष्ट’ का अनुसार हाल विश्वको २० लाख किलोमिटर क्षेत्रमा तीन हजार २० देखि पाँच हजार ३९० को सङ्ख्यामा हिउँचितुवा रहेको अनुमान छ। हिउँचितुवा बढी जसो नेपाल, चीन, अफगानिस्तान, भुटान, चीन, काजकिस्तान, कीर्गीस्तान, भारत, मङ्गोेलिया, रसिया, पाकिस्तान, ताजकिस्तान र उज्वेकिस्तानलगायतका १२ वटा मुलुकमा पाइन्छन्। पछिल्लो समयमा नेपालसँगै भारत, मङ्गोलिया र भुटानले प्रविधि, अनुसन्धान र तथ्य...
धनगढीमा छुट्टाछुट्टै सडक दुर्घटना- एकको मृत्यु, तीन घाइते

धनगढीमा छुट्टाछुट्टै सडक दुर्घटना- एकको मृत्यु, तीन घाइते

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीको धनगढीमा मंगलबार भएको छुट्टाछुट्टै सडक दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्। धनगढी उपमहानगरपालिका–८ स्थित क्याम्पस चोकमा सुपप्र ०१००२ त ४०१५ नम्बरको ट्याक्टरले सुपप्र ०१०११ प ८७१७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक ५५ वर्षीय सुन्दर चौधरीको मृत्यु भएको हो। धनगढी उपमहानगरपालिका–८ निवासी चौधरीको माया मेट्रो अस्पतालमा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। दुर्घटनामा संलग्न ट्याक्टर चालक गोदावरी नगरपालिका–९ निवासी २४ वर्षीय अजय चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। त्यसैदिन राति धनगढी उपमहानगरपालिका–१३ झलारी गाउँमा एयरपोर्टबाट राजपुरतर्फ जाँदै गरेको से ६ प ७०१९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुईजना घाइते भएका छन्। धनगढी–४ निवासी २८ वर्षीय चालक लक्ष्मण चौधरी र मोटरसाइकलमा सवार रतीराम चौधरी घ...
कोशी, बागमती र गण्डकीमा बदली मौसम, वर्षा र हिमपातको सम्भावना

कोशी, बागमती र गण्डकीमा बदली मौसम, वर्षा र हिमपातको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं- स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावका कारण कोशी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली देखिएको छ भने अन्य क्षेत्रहरूमा मौसम मुख्यतः सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशको तराई र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा एक-दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी र गण्डकी प्रदेशका केही पहाडी ठाउँमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा एक-दुई स्थानमा हल्का हिमपात हुने सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।...
कक्षा १२ को परीक्षा स्थगित, नयाँ मिति चाँडै सार्वजनिक हुने

कक्षा १२ को परीक्षा स्थगित, नयाँ मिति चाँडै सार्वजनिक हुने

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, शिक्षा, समाचार
काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरेको छ। पर्सि (बिहीबार) देखि सञ्चालन हुने परीक्षा आगामी वैशाख २१ गतेबाट गर्ने निर्णय भएको परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । यसअघि सोमबार बिहान मात्रै बोर्डले सरकारले चाहे निजामती कर्मचारीमार्फत् भए पनि परीक्षा लिने बताएको थियो र आन्दोलनरत शिक्षकहरूलाई चेतावनी दिएको थियो। तर निजामती कर्मचारीहरूले परीक्षा सञ्चालन गर्न असमर्थता जनाएपछि सरकारले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो। परीक्षा गर्न सकिने अवस्था नदेखिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि बोर्ड अध्यक्षलाई परीक्षा सार्न सुझाव दिएका थिए।  ...
वडा कार्यालयद्वारा उत्कृष्ट प्रदर्शन गरेका भलिबल खेलाडीलाई सम्मान

वडा कार्यालयद्वारा उत्कृष्ट प्रदर्शन गरेका भलिबल खेलाडीलाई सम्मान

Breaking News 1, खेलकुद, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ — बझाङको छबिसपाथिभेरा गाउँपालिका–१ ले उत्कृष्ट प्रदर्शन गरेका भलिबल खेलाडीहरूलाई सम्मान गरेको छ। थलारा गाउँपालिका–९ मा नयाँ वर्षको अवसरमा आयोजित वडा स्तरीय अध्यक्ष कप भलिबल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेका विकास मेमोरियलका खेलाडीहरूलाई मंगलबार एक विशेष कार्यक्रमका बीच सम्मान गरिएको हो। वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता करनजङ्ग बहादुर सिंहले खेलाडीहरूको मेहनत र योगदानको प्रशंसा गर्दै उनीहरूलाई खादा ओढाई सम्मान गरेका थिए। उनले स्थानीय तहमा खेलकुदको विकासका लागि वडा कार्यालय सधैं प्रतिबद्ध रहेको बताए। उक्त प्रतियोगितामा विकास मेमोरियलका खेलाडीहरूले प्रभावशाली प्रदर्शन गर्दै वडा तथा गाउँपालिकाको नाम उज्यालो बनाएका थिए। सम्मानित खेलाडीहरूले यस्ता कार्यक्रमहरूले थप उत्साह र प्रेरणा मिल्ने बताएका छन्। यस्तै खेलाडीहरूले उपाधि विजेता कप वडा कार्यालयला...
कक्षा १२ को परीक्षा तोकिएको मितिमै गर्ने, बोर्डको निर्णय

कक्षा १२ को परीक्षा तोकिएको मितिमै गर्ने, बोर्डको निर्णय

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, शिक्षा, समाचार
काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा निर्धारित मितिमा नै सञ्चालन गर्ने निर्णय गरेको छ। परीक्षा आगामी पर्सि, वैशाख ११ गतेदेखि सुरु हुँदैछ। बोर्डका अध्यक्ष महाश्रम शर्माले आज बिहान बसेको बैठकले परीक्षा नरोकिने निर्णय गरेको जानकारी दिनुभयो। उहाँले विद्यार्थीलाई ढुक्क भएर तयारी गर्न आग्रह गर्नुभएको छ। यसअघि शिक्षक तथा कर्मचारीहरूको आन्दोलनका कारण परीक्षा समयमै हुनेमा अन्योल देखिएको थियो। बोर्डले सबै जिल्लाका परीक्षा समन्वय समितिमार्फत परीक्षा केन्द्र रहेका विद्यालयहरूलाई तयारी गर्न अनुरोध गरेको छ।...
आईपीएलमा गुजरात टाइटन्सको प्रभावशाली जित, कोलकातालाई ३९ रनले पराजित

आईपीएलमा गुजरात टाइटन्सको प्रभावशाली जित, कोलकातालाई ३९ रनले पराजित

Breaking News 1, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं- भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत हिजो भएको खेलमा गुजरात टाइटन्सले कोलकाता नाइट राइडर्सलाई ३९ रनले पराजित गरेको छ। इडेन गार्डेन्समा टस हारेर पहिला ब्याटिङ गरेको गुजरातले ३ विकेटको क्षतिमा १९८ रन बनाएको थियो। कप्तान शुभमन गिलले आक्रामक ९० रन बनाए भने साई सुदर्शनले ५२ र जोश बटलरले अविजित ४१ रन जोडे। जवाफमा कोलकाताले ८ विकेट गुमाउँदै १५९ रन मात्र बनाउन सक्यो। कप्तान अजिंक्य रहानेले सर्वाधिक ५० रन बनाए। गुजरातका प्रशिद्ध कृष्णा र राशिद खानले समान २–२ विकेट लिए। कोलकाताका वैभव अरोरा, हर्षित राना र आन्द्रे रसेलले एक–एक विकेट लिए। यस जितसँगै गुजरातले आठ खेलबाट १२ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा कब्जा जमाएको छ। कोलकाता भने समान खेलबाट ६ अंकसहित सातौं स्थानमा छ। आईपीएल अन्तर्गत आज लखनउ सुपर जायन्ट्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुँदैछ।...
एमालेद्वारा नेकपा स्थापनाको ७६औं वर्षगाँठमा विशेष कार्यक्रम गर्ने

एमालेद्वारा नेकपा स्थापनाको ७६औं वर्षगाँठमा विशेष कार्यक्रम गर्ने

Breaking News 3, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको ७६औं वर्षगाँठको अवसरमा एमालेले आज विशेष कार्यक्रम आयोजना गर्ने भएको छ। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा दिउँसो हुने कार्यक्रममा नेपाली कम्युनिष्ट आन्दोलनमा योगदान पुर्‍याएका सातजना विशिष्ट व्यक्तित्वलाई 'कम्युनिष्ट योद्धा'का रूपमा सम्मान गरिने एमाले केन्द्रीय कार्यालयका सचिव डा. भिष्म अधिकारीले जानकारी दिए। सम्मान प्राप्त गर्नेमा लालबहादुर विश्वकर्मा (कञ्चनपुर), रत्न शर्मा न्यौपाने (मरणोपरान्त), बाचस्पति देवकोटा (गोरखा), शान्ता मानवी (काठमाडौं), सत्यनारायण मण्डल (सप्तरी), शोभाराम बस्नेत (दाङ) र हरिचरण शिवाकोटी (झापा) छन्। त्यस अवसरमा तत्कालीन नेकपा माले र कोर्डिनेसन केन्द्र निर्माणका क्रममा ३४ जना नेता तथा कार्यकर्ताको संस्मरण समेटिएको ‘सेल्टर’ नामक पुस्तक पनि सार्वजनिक गरिनेछ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज