काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा निर्धारित मितिमा नै सञ्चालन गर्ने निर्णय गरेको छ। परीक्षा आगामी पर्सि, वैशाख ११ गतेदेखि सुरु हुँदैछ।
बोर्डका अध्यक्ष महाश्रम शर्माले आज बिहान बसेको बैठकले परीक्षा नरोकिने निर्णय गरेको जानकारी दिनुभयो। उहाँले विद्यार्थीलाई ढुक्क भएर तयारी गर्न आग्रह गर्नुभएको छ।
यसअघि शिक्षक तथा कर्मचारीहरूको आन्दोलनका कारण परीक्षा समयमै हुनेमा अन्योल देखिएको थियो।
बोर्डले सबै जिल्लाका परीक्षा समन्वय समितिमार्फत परीक्षा केन्द्र रहेका विद्यालयहरूलाई तयारी गर्न अनुरोध गरेको छ।

