कैलालीमा पत्रकारको हत्या तथा संचार गृह माथिको आगजनी विरुद्ध विरोध प्रदर्शन
धनगढी- नेपाल पत्रकार महासंघ कैलालीको आयोजनामा पत्रकारको हत्या तथा संचार गृह माथि गरिएको आगजनी विरुद्ध विरोध प्रदर्शन गरिएको छ ।
शनिबार एभिन्युज टेलिभिजनका फोटो पत्रकार सुरेश रजकको आन्दोलनका क्रममा हत्या तथा संचार गृहमा गरिएको आगजनी विरुद्ध धनगढीमा पत्रकारहरुले विरोध प्रदर्शन गरेका हुन ।
राजावादीहरुको आन्दोलनका क्रममा पत्रकार रजकको जलाएर हत्या गरिएको थियो । शुक्रबारको राजावादीको आन्दोलनमा बिभिन्न मिडिया हाउसमा समेत आक्रमण भएको थियो ।
सोही घटनाका कारण नेपाल पत्रकार महासङ्घको देशैभरी ७० औं स्थापना दिवस मनाउने कार्यक्रम विरोधमा परिणत भएको थियो । सोहि क्रममा नेपाल पत्रकार महासंघ कैलालीले पनि धनगढीमापनि बिरोध कार्यक्रम गरेको हो । धनगढी चौराहा देखि बसपार्क हुँदै फेरी चौराहा सम्म बिरोध र्याली निकालेर कोष सभा आयोजना गरिएको थियो ।
कार्यक्रमलाई नेपाल पत्रकार महासघं सुदूरपश्चिमका अध्यक्ष ...












