काठमाडौँ- अर्घाखाँचीमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। भने दुर्घटनामा परी २४ जना घाइते भएका छन्।
आज अर्घाखाँचीबाटबाट नवलपरासीको बर्दघाटतर्फ जाँदै गरेको लु २ ख ३०३ नम्बरको बस शीतगंगा नगरपालिका–२ भुवनपाटामा दुर्घटना हुँदा घाइते भएकामध्ये अस्पताल पुर्याएका तीनजनाको मृत्यु भएको प्रहरीले जनाएको छ। प्राथमिक स्वास्थ्य केन्द्र ठाडाँमा पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेका हुन्।
बेलुकी करिब ५ बजेतिर भएको दुर्घटनामा २०-२२ जना घाइते भएको र सबैलाई अस्पताल पुर्याएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। ७ जनालाई थप उपचारका लागि बुटवल रेफर गरिएको समेत प्रहरीले जनाएको छ ।
बस सडकबाट करिब दुई सय मिटर तल खसेको थियो।

