धनगढी- नेपाल पत्रकार महासंघ कैलालीको आयोजनामा पत्रकारको हत्या तथा संचार गृह माथि गरिएको आगजनी विरुद्ध विरोध प्रदर्शन गरिएको छ ।
शनिबार एभिन्युज टेलिभिजनका फोटो पत्रकार सुरेश रजकको आन्दोलनका क्रममा हत्या तथा संचार गृहमा गरिएको आगजनी विरुद्ध धनगढीमा पत्रकारहरुले विरोध प्रदर्शन गरेका हुन ।
राजावादीहरुको आन्दोलनका क्रममा पत्रकार रजकको जलाएर हत्या गरिएको थियो । शुक्रबारको राजावादीको आन्दोलनमा बिभिन्न मिडिया हाउसमा समेत आक्रमण भएको थियो ।
सोही घटनाका कारण नेपाल पत्रकार महासङ्घको देशैभरी ७० औं स्थापना दिवस मनाउने कार्यक्रम विरोधमा परिणत भएको थियो । सोहि क्रममा नेपाल पत्रकार महासंघ कैलालीले पनि धनगढीमापनि बिरोध कार्यक्रम गरेको हो । धनगढी चौराहा देखि बसपार्क हुँदै फेरी चौराहा सम्म बिरोध र्याली निकालेर कोष सभा आयोजना गरिएको थियो ।
कार्यक्रमलाई नेपाल पत्रकार महासघं सुदूरपश्चिमका अध्यक्ष भरत शाह, पुर्व केन्द्रिय सदस्य मिन बम, पुर्व कैलाली जिल्ला अध्यक्ष दीर्घ उपाध्याय, इन्सेक सुदूरपश्चिम संयोजक खडक जोशी, प्रेस युनियन सुदूरपश्चिमका अध्यक्ष मनमोहन स्वाँर, फोनिज सुदूरपश्चिम अध्यक्ष उन्नती चौधरी, प्रेस चौतारी कैलाली अध्यक्ष जनक बिष्ट, प्रेस युनियन कैलाली उपाध्यक्ष सुनिल आउजी, प्रेस सेन्टर कैलाली सचिव राम दहित, समाजवादी प्रेस सगंठनका जगत जैगडी लगायले सम्बोधन गरेका थिए । नेपाल पत्रकार महासघं कैलालीका अध्यक्ष श्रवण देउवाको अध्यक्षतामा आयोजित सभाको सञ्चालन महासघं कैलालीका सह सचिव शकंर बोहराले गरेका थिए ।
त्यस्तै कैलालीको अन्य ठाउँमा पनि पत्रकारहरूले प्रदर्शन गरेका छन् ।

