कैलालीमा शंकास्पद गाडीहरू बरामद, भन्सार ऐन अन्तर्गत कारवाहीको लागि पठाइए
धनगढी, कैलाली — कैलाली जिल्ला प्रहरी कार्यालयले शंकास्पद रूपमा फेलापारी रितमा रहेका गाडीहरू बरामद गरेको छ। यी गाडीहरूको इन्जिन नम्बर र च्यासिस नम्बर मेल नखाएको पाइएपछि तिनीहरूलाई भन्सार ऐन नियम बमोजिम कारवाहीको लागि त्रिनगर भन्सार कार्यालय पठाइएको छ।
प्रहरी टोलीले धनगढी उप-महानगरपालिका वडा नं. ०७ मा रहेको अन्दाजी मूल्य रु. २० लाख बराबरको बा. प्र. ०१-०३१ च २७२६ नम्बर टासेको स्कारपियो गाडी शंकास्पद रूपमा बरामद गरेको थियो। त्यसपछि यातायात व्यवस्था कार्यालय एकान्तकुना, ललितपुरमा लेखापढी गर्दा उक्त गाडीको इन्जिन नम्बर र च्यासिस नम्बर मेल नखाएको पाइयो। यसैकारण यसलाई भन्सार ऐन अन्तर्गत कारवाहीको लागि पठाइएको हो।
त्यस्तै, धनगढी उप-महानगरपालिका वडा नं. ०९ बाट अन्दाजी मूल्य रु. १० लाख ८० हजार बराबरका Up14 Fw3581, बा ९० प २३४०, बा ९७ प ५०४६, से.६ प ९३२७, सु.प.प्र. ०१-०११ प १६८७, से.१ प ७४११, से...












