१४औं बझाङ जिल्ला स्तरिय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि बुंगल नगरपालिकालाई
बझाङ : केदारस्यूँ गाउँपालिकाको झोतामा सञ्चालन भएको १४ औं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आज सम्पन्न भएको छ । यस वर्षको रनिङशिल्डको उपाधि बुंगल नगरपालिकाले हात पारेको बुंगल नगरपालिका खेलकुद विकास समिती अध्यक्ष शेरबहादुर कुवँरले जानकारी दिनुभयो।
स्वर्ण पदकका लागि मोहित विकले एकसय मिटर, दुईसय मिटर दौड र त्रिपलजम्पमा योगदान दिए । यस्तै मञ्जु खडायतले छात्रातर्फको एक सय मिटरको छोटो दौड र छात्रातर्फकै लङजम्पमा स्वर्ण पदक दिलाइन् । सरिता ऐडीले छात्रातर्फका दुईसय मिटर दौड र चारसय मिटर दौडमा स्वर्ण प्राप्त गरिन् ।
निशा बोहराले १५ सय मिटरको लामो दौड र तीन हजार मिटरको लामो दौडमा स्वर्ण दिलाइन् । यस्तै अनिल धानुकले सटपट र बियाना बिकले ज्यावलिङ्गी थ्रो खेलमा स्वर्ण पदक प्राप्त गरेका थिए ।
यस्तै रजत पदकका लागि सचिन कुवँरले रिले दौड र सरिता ऐडीले छात्रा तर्फको रिले दौडमा पदक जित हात पारेका हुन ।...












