काठमाडौ–सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गरेको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको हो ।
कुलमान घिसिङ दोस्रो पटक २५ साउन २०७८ मा कार्यकारी निर्देशक नियुक्त भएका थिए ।
वर्तमान सरकारका उर्जामन्त्री दिपक खड्कासँग कुलमानको टकराव बढ्दै गएको थियो । पटक–पटक सरकारले कुलमानलाई स्पष्टिकरण समेत सोधेको थियो । कुलमानको पक्षमा नेकपा माओवादी केन्द्र बोल्दै आएको छ ।

