Advertisement

Author: कामना संवाददाता

कामना टेलिभिजनद्वारा सञ्चालित अन्लाईन पत्रीकामा प्रकाशीत तथा प्रशारण हुने विभिन्न समाचार, लेख, रचना तथा अन्य विभिन्न कार्यक्रमहरु डाउनलोड गरि कामना टेलिभिजनको अनुमति बिना तथा कामना टेलिभिजनको नाम बिना अन्य कहिँ कतै प्रकाशित तथा प्रशारण भएको पाइएमा प्रतिलिपी ऐन अनुसार कार्वाही गरिनेछ ।
सुदूरपश्चिमका वनमन्त्री चौधरीद्धारा राजीनामा

सुदूरपश्चिमका वनमन्त्री चौधरीद्धारा राजीनामा

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लक्ष्मणकिशोर चौधरीले पदबाट राजीनामा दिएका छन् । आर्थिक लेनदेनको अडियो सार्वजनिक भएपछि मन्त्री चौधरीले शनिबार आफ्नो पदबाट राजीनामा दिएका हुन् । मन्त्री चौधरीले शुक्रबार वन मन्त्रालय र आफूसँग जोडेर आर्थिक चलखेल भयो भन्ने अडियो सार्वजनिक भएको बताउँदै नैतिकताका आधारमा राजीनामा दिएको बताएका छन् । मन्त्री चौधरीले शुक्रबार वन मन्त्रालय र आफूसँग जोडेर आर्थिक चलखेल भयो भन्ने अडियो सार्वजनिक भएको बताउँदै नैतिकताका आधारमा राजीनामा दिएको बताएका छन् । त्यो अडियो पुरानो भएको बताए । मन्त्री चौधरीले दीगो वन व्यवस्थापन सम्बन्धि कार्यविधि आर्थिक लाभ लिनेगरि बनाउने विषयमा छलफल गरेको अडियो सार्वजनिक भएको थियो । तर त्यो भिडियो भदौतिरको भएको उनले बताए । उनले त्यसबेला भर्खरै मन्त्री बनेका कारण सचिवालयका कर्मचारीको आग्रहमा आफ्नै निवासमा उनीहरूस...
गृहमन्त्री लेखकद्वारा शुक्रबार तोडफोड र आगजनी भएकाे क्षेत्रमा अनुगमन

गृहमन्त्री लेखकद्वारा शुक्रबार तोडफोड र आगजनी भएकाे क्षेत्रमा अनुगमन

Breaking News 3, ताजा अपडेट, समाचार
काठमाडौं- गृहमन्त्री रमेश लेखकले राजावादीहरूको तोडफोड र आगजनीबाट पुगेको क्षतिको तीनकुने क्षेत्रको अनुगमन गरेका छन् । शुक्रबार प्रदर्शनको क्रममा विभिन्न भवन, पार्टी कार्यालय र सवारी साधनमा आगजनी भएपछि गृहमन्त्री लेखक अनुगमनमा निस्किएका हुन् । प्रदर्शन हिंसात्मक बन्दै गएपछि सुरक्षा निकायले हस्तक्षेप गरेको थियो । प्रदर्शनका दुई जनाको मृत्यु भएको छ भने दर्जनौं व्यक्ति घाइते भएका छन् । गृह मन्त्रालयका अनुसार उनले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरी परिस्थितिको समीक्षा गर्नेछन् ।...
कैलालीमा पत्रकारको हत्या तथा संचार गृह माथिको आगजनी विरुद्ध विरोध प्रदर्शन

कैलालीमा पत्रकारको हत्या तथा संचार गृह माथिको आगजनी विरुद्ध विरोध प्रदर्शन

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- नेपाल पत्रकार महासंघ कैलालीको आयोजनामा पत्रकारको हत्या तथा संचार गृह माथि गरिएको आगजनी विरुद्ध विरोध प्रदर्शन गरिएको छ । शनिबार एभिन्युज टेलिभिजनका फोटो पत्रकार सुरेश रजकको आन्दोलनका क्रममा हत्या तथा संचार गृहमा गरिएको आगजनी विरुद्ध धनगढीमा पत्रकारहरुले विरोध प्रदर्शन गरेका हुन । राजावादीहरुको आन्दोलनका क्रममा पत्रकार रजकको जलाएर हत्या गरिएको थियो । शुक्रबारको राजावादीको आन्दोलनमा बिभिन्न मिडिया हाउसमा समेत आक्रमण भएको थियो । सोही घटनाका कारण नेपाल पत्रकार महासङ्घको देशैभरी ७० औं स्थापना दिवस मनाउने कार्यक्रम विरोधमा परिणत भएको थियो । सोहि क्रममा नेपाल पत्रकार महासंघ कैलालीले पनि धनगढीमापनि बिरोध कार्यक्रम गरेको हो । धनगढी चौराहा देखि बसपार्क हुँदै फेरी चौराहा सम्म बिरोध र्‍याली निकालेर कोष सभा आयोजना गरिएको थियो । कार्यक्रमलाई नेपाल पत्रकार महासघं सुदूरपश्चिमका अध्यक्ष ...
धनगढीमा जारी सीप तथा रोजगार मेला सम्पन्न, तालिम लिएकालाई प्रमाणपत्र प्रदान

धनगढीमा जारी सीप तथा रोजगार मेला सम्पन्न, तालिम लिएकालाई प्रमाणपत्र प्रदान

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीको धनगढी उपमहानगरपालिकामा जारी सीप तथा रोजगार मेला सम्पन्न भएको छ । धनगढी उपमहानगरपालिकाले वडा नम्बर १ को खुला मञ्चमा आयोजना गरेको उक्त मेला शनिबार सम्पन्न गरिएको हो । मेलामा सहभागि प्रशिक्षार्थी र प्रशिक्षकहरुलाई प्रमाण–पत्र प्रदान गर्दै मेलाको समापन भएको थियो । कार्यक्रममा प्रमुख अतिथी तथा उपप्रमुख कन्दकला रानाले सीप तथा रोजगार मेलाले गर्दा आफूहरुमा आत्मानिर्भर मात्रै नभई आत्माबल समेत बढेको बताइन् । उनले मेलाले गर्दा उपमहनगरपालिकाको मात्रै नभई सुदूरपश्चिमकै आर्थिक समृद्धि भएको बताइन् । अहिले कयौँ युवाहरु विदेश पलायन गरिरहेका बेला मेलाले गर्दा उपमहनगरपालिका प्रति आर्कषण समेत बढेको उनले बताइन् । मेलाले गर्दा उपमहनगरपालिकाको ठूलो महत्वपूर्ण विकास र योजना सफल भएको उनले बताइन् । उनले आग्रामी वर्षहरुमा पनि मेलालाई निरन्तरता दिने बताइन् । उपमहानगरपालिकाले फागुन ८ गतेदेखि सञ्चालि...
राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहित १७ जना पक्राउ  

राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहित १७ जना पक्राउ  

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं- राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहित १७ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको तीनकुनेलगायत क्षेत्रमा राजावादीको आन्दोलनका क्रममा ठूलो जनधनको क्षति पुर्‍याइएपछि राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्रसहित १७ जनालाई प्रहरीले पक्राउ गरेको हो । मिश्रसहित राजावादी समूहको आन्दोलन परिचालन समितिका संयोजक धवलशमशेर राणा, सेफोर्ड लिम्बु, सन्तोष तामाङलाई प्रचलित ऐनअनुसार विभिन्न कसूरमा पक्राउ गरिएको प्रहरीको उच्च स्रोतले जनाएको छ । प्रहरीसँगको झडपका क्रममा १२ जनालाई भने शुक्रबार दिउँसै पक्राउ गरिएको थियो ।...
केदारस्यूँको रायलमा निःशुल्क यौन तथा प्रजनन स्वास्थ्य शिविर

केदारस्यूँको रायलमा निःशुल्क यौन तथा प्रजनन स्वास्थ्य शिविर

Breaking News 2, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
नरेश बिष्ट, बझाङ - बझाङको केदारस्यूँ गाउँपालिका-१ देउरा स्थित रायल प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क यौन तथा प्रजनन स्वास्थ्य शिविर सम्पन्न भएको छ। आज नर्वेजियन राजदूतावास, युएनएफपीए (UNFPA) तथा एडिआरए (ADRA )नेपालको सहयोगमा निःशुल्क यौन तथा प्रजनन स्वास्थ्य शिविर सम्पन्न भएको हो। शिविरबाट १ सय ७२ जना महिलाहरूको स्वास्थ्य परीक्षण गरिएको जनाइएको छ । परिक्षण गरिएका मध्य ६ जनालाई शल्यक्रियाका लागि छनोट गरिएको छ,, भने ४ जनालाई रिङ पेसरी राखिएको छ। साथै, ४ जनामा पहिलो चरणको भिआइए सकारात्मक पहिचान भई आवश्यक उपचार तथा परामर्श प्रदान गरिएको छ। प्रजनन उमेर समूहका महिलाहरूको स्वास्थ्य समस्या पहिचान गरी समाधान गर्न शिविर सञ्चालन गरिएको जनाइएको छ । विभिन्न तथ्यांकअनुसार नेपालमा हरेक दिन ४ जना महिलाले पाठेघरको मुखको क्यान्सरका कारण ज्यान गुमाइरहेका छन्। यस्तो गम्भीर अवस्थालाई ध्यानमा रा...
सपनाहरू त्याग्ने एक निःस्वार्थ अभिभावक”बुबा”

सपनाहरू त्याग्ने एक निःस्वार्थ अभिभावक”बुबा”

ताजा अपडेट, मनोरञ्जन, विचार
दिपेन्द्र धामी, धनगढी- जीवनकाे यात्रा सहज छैन। यहाँ अनेकौं उतारचढाव छन्, अनगिन्ती संघर्षहरू छन्। कहिलेकाहीं खुशीका पलहरू संकलन गर्न, हामीले दुःखका पहाडहरू अवस्य नाघ्नुपर्छ। यसै क्रममा आफ्नो जीवन संघर्षमा, परिवारलाई सबल बनाउने, अभावका बादल हटाउने, अनि हरेक सन्तानका सपना साकार पार्ने प्रमुख आधारशिला हुन् "बुबा" । बुबा केवल एउटा नाम मात्रै होइन, यो त्याग, समर्पण , मिहिनेत, र निःस्वार्थ प्रेमको पर्यायवाची हो। समाजमा बुबाको भूमिका अद्वितीय छ। उनी आफ्नो सन्तानको उज्ज्वल भविष्यका लागि आफ्ना इच्छाहरूलाई भुलेर अघि बढ्छन्। बिहान सबेरै उठेर काममा जाने, दिनभर पसिना बगाउने, साँझ घर फर्कंदा थकान लुकाएर परिवारलाई खुशी पार्न मुस्कुराउने—यी सबै त बुबाका दैनन्दिनका क्रियाकलाप मात्र हुन्, तर भित्री रूपमा उनीहरूको हृदयमा अनगिन्ती आशा, सपना, र चिन्ताहरू लुकेका हुन्छन्। बुबाको जीवन आफ्ना इच्छाहरू पूरा गर्...
देश र जनताले कहिले न्याय पाउने प्रधानमन्त्री ज्यु ?

देश र जनताले कहिले न्याय पाउने प्रधानमन्त्री ज्यु ?

ताजा अपडेट, विचार
नेपालमा लामो समय देखि नेतृत्व र संविधान पटकपटक परिवर्तन हुँदै आइरहेको छ ।२००७ देखि २०८१ सम्म आइपुग्दा नेतृत्वहरु मात्रै परिवर्तन भएको बुझिन्छ। देश र जनता अहिलेसम्म ढुङ्गे युगमै बाची रहेकोे छ्न।साचै नेपाल बनाउने हो भने एक कानुन एक सरकार एक नियम एक आवाज हुनुपर्छ।साथै तराईमा मात्रै होइन अब पहाडी क्षेत्र र कृषि क्षेत्र अनि नदिनाला वनजङलको सहि सदुपयोग हुनुपर्छ। अनि मात्रै नयाँ नेपाल र जनताको जनवादी लोकतान्त्रिक गणतन्त्रको जन्म हुनेछ। आज देशमा चोकचोकमा हजारौं राजाहरु जन्मिएका छ्न।के यहि हो त गणतन्त्र? राजतन्त्रमा बोल्न पाइएको थिएन हामी एकातिर भन्दै हिनेका छौ।अर्कातिर हामी गणतन्त्रवादीहरु नै राजा बन्दै हिजोको तानाशाही राजा भन्दा बढी तानाशाही बन्दै हिनिरहेका छौ। मैले त्यसो भनी रहदा म राजावादी चाहिँ होइन।म प्रवासी आन्दोलनको प्रवासी मुद्दाहरुलाइ प्रवास र स्वदेशमा सरकार सामु पुगाउने एक म...
राजावादीले आगो लगाएको घरभित्र जलेर पत्रकार रजकको मृत्यु

राजावादीले आगो लगाएको घरभित्र जलेर पत्रकार रजकको मृत्यु

समाचार
काठमाडौँ- राजावादीले काठमाडौंको तीनकुने क्षेत्रको एक घरमा आगो लगाउँदा जलेर एकजना पत्रकारको मृत्यु भएको छ । तीनकुनेस्थित एक घरमा प्रदर्शनकारी लगाएको आगोमा परी एभिन्यूज टेलिभिजनमा कार्यरत सुरेश रजकको जलेर मृत्यु भएको हो । घटनास्थलमा रहेका एक एभिन्यूजकर्मीले यसको पुष्टि गरे । उनले भने, ” भवनमा हाम्रो साथी फसेको जानकारी गराउँदा पनि प्रहरीले बेवास्ता गर्‍यो । प्रहरीको लापरबाहीको कारण घटना घटेको हो ।” उक्त घरमा लगाइएको आगो निभाएपछि रजकको शव जलेको अवस्थामा भेटिएको हो । अहिले प्रहरी पसेर घटनास्थल जाँच प्रकृति मुचुल्का उठाइरहेको छ । प्रहरीसँगको झडपपछि तीनकुने क्षेत्रमा अवस्थित उक्त मार्बल हाउसमा आगजानी गरिएको थियो । उनी विगत ५ वर्षदेखि क्यामरा पर्सनको रूपमा एभिन्युज टेलिभिजनमा कार्यरत थिए।...
प्रहरीको गोली लागेर एकजना प्रदर्शनकारीको मृत्यु

प्रहरीको गोली लागेर एकजना प्रदर्शनकारीको मृत्यु

समाचार
काठमाडौँ- काठमाडौँको कोटेश्वरमा प्रदर्शनमा उत्रिएका एक प्रदर्शनकारीको मृत्यु भएको छ। शुक्रबार राजावादी आन्दोलनका क्रममा भएको झडपपछि प्रहरीले हानेको गोली लागेर कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ। प्रदर्शनमा घाइते भएका उनलाई उपचारका लागि शिक्षण अस्पताल पुर्‍याइएको थियो। अस्पतालका निर्देशक डा सुवास आचार्यका अनुसार उनको घाँटीमा गोली लागेको थियो। मृत्यु भएको अवस्थामा उनी त्यहाँ पुर्‍याइएका थिए। गृहमन्त्रालयका अनुसार शुक्रबार भएको प्रदर्शनका क्रममा १५ जना सुरक्षाकर्मी र १५ जना प्रदर्शनकारी गरी ३० जना घाइते भएका छन्। उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।...
काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यु

काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यु

समाचार
काठमाडौं- काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यु लगाइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्फ्यु लगाएको हो । राजावादी प्रदर्शन उग्र भएपछि काठमाडौं प्रशासनले अहिले  ४:२५ देखि राति १० बजेसम्मका लागि कर्फ्यु आदेश गरेको हो ।
तीनकुने क्षेत्रमा घरमा आगजनी जस्ता अपराधिक घटनामा पूर्वराजा शाहलाई जिम्मेवार ठहर गर्ने सरकारको तयारी

तीनकुने क्षेत्रमा घरमा आगजनी जस्ता अपराधिक घटनामा पूर्वराजा शाहलाई जिम्मेवार ठहर गर्ने सरकारको तयारी

समाचार
काठमाडौं- सरकारले आज काठमाडौैको तीनकुने क्षेत्रमा भएको निजी सम्पत्ति तोडफोड र सर्वसाधारणको घरमा आगजनी जस्ता अपराधिक घटनामा पूर्व राजा ज्ञानेन्द्र शाहलाई जिम्मेवार ठहर गरेको छ । तोडफोड र आगजनीको प्रारम्भिक जानकारीपछि उच्च सरकारी अधिकारीहरुले राजनीतिक तहमा तत्काल ब्रिफिङ गरेका छन् । सरकारले आगजनी,तोडफोड र निजी तथा सरकारी सम्पत्ति नोक्सानीको जिम्मेवार पूर्व राजालाई बनाउने भएको छ । घटनाबारे जानकारी लिएका एक मन्त्रीले भने–आन्दोलन गर्न आऊ भनेर उक्साउने र हिजोमात्र निर्मल निवासमा नवराज सुवेदी तथा दुर्गा प्रसाईलाई बोलाएर निर्देशन दिने ज्ञानेन्द्र शाह नै हुन् भन्ने दुनियालाई थाहा छ । आज व्यक्तिगत सम्पत्तिको आगजनी,लुटपाट,प्रहरी सुरक्षाकर्मीमाथिको आक्रमण तथा हतियार खोस्नेजस्तो जघन्य अपराधका घटनाको जिम्मेवार ज्ञानेन्द्र शाह हुन् ।सरकारले सम्भवतः राजनीतिक दलहरुसँग समेत छलफल गरेर उनलाई कानूनी कारवाही...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज