धनगढीमा लागू औषध सहित एकजना पक्राउ
Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढीः धनगढीका एक युवक लागूऔषधसहित पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका-१३ कैलालीगाँउबाट सोही ठाउँ बस्ने ३६ वर्षीय सहदेव राना लागूऔषधसहित सोमवार पक्राउ परेका हुन्। रानालाई २५० मिलिग्राम लागूऔषधसहित प्रहरी चौकी कैलालीगाउँबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।












