Advertisement

Author: कामना संवाददाता

कामना टेलिभिजनद्वारा सञ्चालित अन्लाईन पत्रीकामा प्रकाशीत तथा प्रशारण हुने विभिन्न समाचार, लेख, रचना तथा अन्य विभिन्न कार्यक्रमहरु डाउनलोड गरि कामना टेलिभिजनको अनुमति बिना तथा कामना टेलिभिजनको नाम बिना अन्य कहिँ कतै प्रकाशित तथा प्रशारण भएको पाइएमा प्रतिलिपी ऐन अनुसार कार्वाही गरिनेछ ।
पुल अभावले बागथला–बिजगडा सडक वर्षातमा अवरुद्ध हुने- सरोकारवाला मौन

पुल अभावले बागथला–बिजगडा सडक वर्षातमा अवरुद्ध हुने- सरोकारवाला मौन

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बागथला–बिजगडा सडक खण्डअन्तर्गत रातागडा खोला । तस्बिर : सुरेश धामी बझाङ: बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका हुँदै बुङ्गल नगरपालिका जोड्ने बागथला–बिजगडा सडकखण्डअन्तर्गतको रातागडा खोलामा स्थायी पुल नहुँदा प्रत्येक वर्ष वर्षातको समयमा सडक अवरुद्ध हुने समस्या हुँदै आएको छ । यो सडक बुङ्गल नगरपालिकाको प्रमुख आवागमन मार्ग हो । अधिकांश स्थानमा ग्राभेल गरिएको छ भने केही ठाउँमा कालोपत्रे कार्यसमेत भइरहेको छ । तर रातागडा खोलामा अझै पनि स्थायी पुल निर्माण नहुँदा यातायात सञ्चालनमा अहिले पनि समस्या भइरहेको छ । स्थानीय बासिन्दा महेश जोशीका अनुसार, “यसअघि पनि हरेक वर्ष यही खोलामा पानीको बहाव बढ्दा सडक अबरुद्ध हुने गरेको थियो । गत वर्ष लामो समयसम्म सडक बन्द हुँदा बुङ्गल नगरपालिका भित्र खाद्यान्न, खाना पकाउने ग्यास लगायत दैनिक उपभोग्य सामग्रीको अभाव भएको थियो । यस वर्ष पनि त्यस्तै अवस्था दोहो...
राष्ट्रिय युवा संघ नेपाल : महासचिव पदमा विनय शाहको किन बलियो दाबी ?

राष्ट्रिय युवा संघ नेपाल : महासचिव पदमा विनय शाहको किन बलियो दाबी ?

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
कैलाली: नेकपा एमालेको सबैभन्दा बलियो मानिने जनसंगठन, राष्ट्रिय युवा संघ नेपाल, आफ्नो दशौँ राष्ट्रिय महाधिवेशनको तयारीमा छ । जेठ ९ देखि ११ गतेसम्म पोखरामा आयोजना हुने यो महाधिवेशनले युवा संघको नयाँ नेतृत्व चयन गर्दैछ । देशभरिबाट १ हजार ९०० प्रतिनिधिहरूको उपस्थितिमा हुने महाधिवेशनमा महासचिव पदका लागि अहिले ७ जनाको दाबी देखिए तापनि विनय शाह सबैभन्दा सशक्त उम्मेदवारका रूपमा अगाडि आएका छन् । महासचिव पदका लागि वर्तमान उपमहासचिव राजन थापा, सचिव निरोज पौडेल, कुबेर अधिकारी, खेम शर्मा, महेश चौलागाईं र पर्वत भण्डारीले पनि आ-आफ्नो दाबी गरेका छन् । तर, उमेर हदबन्दी र संगठनभित्रको सन्तुलनका हिसाबले थापाको उम्मेदवारी असहज देखिँदै गएको छ । बाँकी दावेदारहरूमध्ये संगठनभित्रको स्वीकार्यता, दृष्टिकोण र कार्यशैलीका हिसाबले विनय शाह सबैभन्दा सशक्त उम्मेदवारको रूपमा स्थापित हुँदै गएका छन् । पार्टीले हाल ३३९ सद...
हुलाकी राजमार्गकेन्द्रित अभियानपछि माओवादी मध्यपहाडी लोकमार्गमा 

हुलाकी राजमार्गकेन्द्रित अभियानपछि माओवादी मध्यपहाडी लोकमार्गमा 

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
प्रमुख प्रतिपक्ष दल माओवादीले शुक्रबारदेखि बैतडीको पाटनबाट मध्यपहाडी लोकमार्गकेन्द्रित जनतासँग माओवादी जागरण अभियानको थालनी गरेको छ । तराईका जिल्लामा हुलाकी राजमार्गकेन्द्रित अभियान सकेपछि माओवादी पहाड उक्लिएको हो ।  पाटनमा आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मध्यपहाडी लोकमार्गआसपासमा बस्ने नागरिकका समस्या सुनेर सिंहदरबारसम्म पु¥याउने र सरकारका गलत काममाथि खबरदारी गर्ने बताए । ‘मध्यपहाडका समस्या सिंहदरबारलाई सुनाउन यो अभियान चलाएको हो । राजमार्गकेन्द्रित माओवादीका अभियान तराई, पहाड र हिमालका बासिन्दाका कुरा सुन्ने र उनीहरूलाई राष्ट्रिय एकताको सूत्रमा बाँध्ने रहेको छ,’ हुलाकी मार्गमा बसोबास गर्ने नागरिकका समस्या सुनेर वर्तमान सरकारसमक्ष प्रस्तुत गरेको बताउँदै प्रचण्डले भने । प्रचण्डले पछिल्लोपटक सरकारको नेतृत्व गर्दा सुशासनको पक्षमा काम गरेकाले बिचौलिया, दलालले सरकारबा...
प्रचण्ड देउवा टेलीफोन वार्ता पछि जनार्दन बुढानिलकण्ठमा

प्रचण्ड देउवा टेलीफोन वार्ता पछि जनार्दन बुढानिलकण्ठमा

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
प्रमुख प्रतिपक्षी दल माओवादीले कांग्रेस सभापति तथा सत्तागठबन्धनका मुख्य नेता शेरबहादुर देउवासँग एकैदिन दुईपटक संवाद गरेको छ । शुक्रबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देउवाको गृहजिल्ला डडेल्धुराबाट टेलिफोन संवाद गरेलगत्तै पार्टीका उपमहासचिव जनार्दन शर्माले बुढानीलकण्ठस्थित निवासमै पुगेर समसामयिक राजनीतिक विषयमा छलफल गरेका छन् । दुई सत्तारूढ दल कांग्रेस र एमालेबिच केही विषयमा मतभेद भइरहेका वेला विपक्षी दलका नेताहरूले देउवासँग संवाद गरेका हुन् । प्रचण्डको टेलिफोन वार्तालगत्तै शर्माले अलग्गै राजनीतिक भेटवार्ता गर्नुलाई अर्थपूर्ण रूपमा लिइएको छ । यद्यपि, दुवै पक्षले दुई वार्ताको विषयवस्तुबारे प्रस्ट पारेका छैनन् । कांग्रेसले भने भेटलाई सामान्य शिष्टचारका रूपमा अथ्र्याएको छ । मध्यपहाडी लोकमार्गकेन्द्रित अभियान उद्घाटनका क्रममा डडेल्धुरा पुगेका प्रचण्डले देउवासँग टेलिफोन संवाद गर्...
अज यी प्रदेशमा चट्याङ सहित वर्षा

अज यी प्रदेशमा चट्याङ सहित वर्षा

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, मुख्य समाचार, समाचार
हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । महाशाखाका अनुसार हाल मधेश प्रदेशको पश्चिमी भूभाग, बागमती र गण्डकी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै र बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना ...
स्थानीय सञ्चालन ऐन पास गर्ने तयारीमा प्रदेश सरकार

स्थानीय सञ्चालन ऐन पास गर्ने तयारीमा प्रदेश सरकार

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभाबाट स्थानीय सञ्चालन ऐन पास गर्ने तयारीमा प्रदेश सरकार लागेको बताउनु भएको छ । शुक्रबार नेपाल नगरपालिका संघले धनगढीमा आयोजना गरेको नगर सुशासन तथा वित्तिय अनुशासन अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सबै प्रक्रिया पूरा गरि स्थानीय सञ्चालन ऐन सम्बन्धी बनेको विधेयक अगाडी बढीसकेको अवस्थामा संसदबाटै पास हुने बताउनु भयो । मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुखले जेठ ११ गतेबाट सुदूरपश्चिम प्रदेश सभाको अधिवेशन आह्वान गर्नु भएको छ । सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा विचाराधीन अवस्थामा रहेको छ । प्रदेश सभाको विधायन तथा प्रदेश मामिला समितिले दफावार छलफल पश्चात आफ्नो प्रतिवेदनसमेत प्रदेश सभामा दर्ता गरिसकेको छ । कर्मचारीहरुसँगको बृहत छलफलबाट...
कैलालीमा खैरो हेरोइनसहित ३ जना पक्राउ

कैलालीमा खैरो हेरोइनसहित ३ जना पक्राउ

समाचार
कैलाली, जेठ २ – कैलालीको टिकापुर क्षेत्रमा लागू औषध कारोबारमा संलग्न रहेको आशंकामा ३ जना व्यक्तिहरूलाई खैरो हेरोइनसहित प्रहरीले पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा टिकापुर नगरपालिका–०१ स्थित नयाँ बस्ती र ऐ.ऐ. कान्छि बजार क्षेत्रका सडक खण्डहरूमा चेकजाँच गर्ने क्रममा कुल ५ ग्राम ६० मिलिग्राम खैरो हेरोइनसहित उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा टिकापुर नगरपालिका–०१ का ३० वर्षीय छत्र साउद, जानकी गाउँपालिका–०८, भगरैया निवासी २७ वर्षीय दुर्गा प्रसाद चौधरी, र टिकापुर नगरपालिका–०१, वनगाउँका ३१ वर्षीय संजिप चौधरी रहेका छन्। प्रहरीका अनुसार नयाँबस्ती क्षेत्रबाट ५ ग्राम २० मिलिग्राम र कान्छि बजार क्षेत्रबाट थप ४० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको हो। पक्राउ परेकाहरूलाई ईलाका प्रहरी कार्यालय टिकापुरमा राखी थप अनुसन्धान भइरहेको जि...
दृष्टिबिहिन भन्दै लागू औषधि बेच्दै गरेको भेटियो, धनगढीबाट दुई जना पक्राउ

दृष्टिबिहिन भन्दै लागू औषधि बेच्दै गरेको भेटियो, धनगढीबाट दुई जना पक्राउ

समाचार
धनगढी, बैशाख ३० – दृष्टिबिहिन भएको नाटक गर्दै लागू औषध बिक्रीमा संलग्न दुई जना व्यक्ति कैलालीको धनगढीबाट पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–९ स्थित पशुपति टोलबाट खैरो हेरोइनसहित उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। पक्राउ पर्नेमा भारत उत्तर प्रदेशका ४९ वर्षीय पप्पु खान र १९ वर्षीय मुजमिल्ला अन्सारी रहेका छन्। प्रारम्भिक अनुसन्धान अनुसार, तीमध्ये एकले आफू दृष्टिबिहिन भएको नाटक गर्दै लागू औषध बिक्री गर्दै आएका थिए। प्रहरीको लागू औषध ब्युरो शाखा कार्यालय धनगढी र वडा प्रहरी कार्यालय धनगढीको संयुक्त टोलीले विशेष सुराकीको आधारमा बैशाख ३० गते दिउँसो करिब १:३० बजे उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूको साथबाट ११ ग्राम २५० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ। हाल उनीहरूलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार...
वाईसीएलको सुदूरपश्चिम प्रदेश सम्मेलन वैशाख ३० र ३१ गते धनगढीमा हुने

वाईसीएलको सुदूरपश्चिम प्रदेश सम्मेलन वैशाख ३० र ३१ गते धनगढीमा हुने

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी : नेकपा (माओवादी केन्द्र) को भातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल)को प्रथम सुदूरपश्चिम प्रदेश सम्मेलन हुने भएको छ । सम्मेलन यही वैशाख ३० र ३१ गते धनगढीमा हुने र सम्मेलनको तयारी पूरा भएको वाईसीएलका केन्द्रीय उपमहासचिव तथा सुदूरपश्चिम इन्चार्ज मीनबहादुर घर्तीमगर ‘विश्व’ले जानकारी दिए । उनले सम्मेलनमा प्रदेशका नौ वटै जिल्लाबाट दुई सय २८ जना प्रतिनिधिको सहभागिता रहने बताए । उनले भने ‘प्रत्येक पालिकाबाट दुई जनाका दरले,प्रत्येक जिल्लाबाट पाँच जना र प्रदेशबाट सात जना प्रतिनिधीको सहभागिता हुने छ ।’ सम्मेलनले १३ पदाधिकारीसहित ७१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने उनले जानकारी दिए । इन्चार्ज घर्तीमगरका अनुसार कार्यसमितिमा ३३ प्रतिशत महिला अनिवार्य राखिने छ । वैशाख ३० गते २ वजे धनगढीको रिद्धीसिद्धी पार्टी प्यालेसमा सम्मेलन उद्घाटन हुने उनले जानकारी दिए । सम्मेलन उद्घाटनपूर्व १२ देखि १ बजेक...
सुदूरपश्चिमका सांसद संग प्रचण्डले डडेलधुरामा छलफल गर्ने

सुदूरपश्चिमका सांसद संग प्रचण्डले डडेलधुरामा छलफल गर्ने

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
डडेल्धुरा :  नेकपा माओवादी सुदूरपश्चिम संसदीय दल नेताको विवाद साम्य हुन सकेको छैन। अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले विवाद टुंग्याउन छलफलका लागि माओवादीका १० सांसदलाई काठमाडौँ बोलाए पनि छलफल नै अघि बढ्न सकेन। दल नेताको समस्या समाधान गर्न २४ गते दाहालले सांसदहरूलाई काठमाडौँ बोलाएका थिए। तर उनी बाथरुममा लडेर घाइते भएपछि सबै सांसदहरूसंग वार्ता हुन नसकेको हो। दाहाललाई भेट्न काठमाडौँ गएका सांसदमध्ये माओवादी सुदूरपश्चिमका खगराज भट्ट समूहका सांसदहरूले मात्रै दाहाललाई आइतबार भेटेका थिए। दल नेतामा भट्टलाई पुनर्बहाली गर्ने दाहालको पुरानै आश्वासन उनीहरूले पाए। ‘विगतमा भएको निर्णय कार्यान्वयन गराउने आश्वासन दिनुभयो। पार्टीको निर्णय मान्न सबै तयार हुनुभएको छ,’ भट्ट समूहका एक सांसदले भने, ‘अहिले सबै सांसदहरूसँग छलफल गर्न सकिएन।’ उनका अनुसार अब डडेल्धुरामा जेठ १ गते दाहालले सबै सांसदसँग छलफल गर...
आजको मौसम: यी ठाउँमा हावाहुरी सहित वर्षाको सम्भावना

आजको मौसम: यी ठाउँमा हावाहुरी सहित वर्षाको सम्भावना

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । यसका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । महाशाखाका अनुसार अहिले पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ ।यस्तै, कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो कोशी प्रदेशलगायत गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । मधेस र लुम्बिनी प्रदेशको तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ ।...
आज बुद्ध जयन्ती: देशभर सार्वजनिक बिदा

आज बुद्ध जयन्ती: देशभर सार्वजनिक बिदा

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार
शान्तिका अग्रदूतका रूपमा विश्वभर परिचित सिद्धार्थ गौतमको २५६९ औँ जन्म जयन्ती आज नेपालसहित विश्वका विभिन्न मुलुकमा मनाइँदैछ। बुद्ध जन्मजयन्तीका अवसरमा सरकारले आज देशैभरि सार्वजनिक बिदा दिएको छ। नेपाललगायत विश्वभरका बौद्ध धर्मावलम्बीले बुद्धप्रति श्रद्धा र भक्तिपूर्वक बुद्धजयन्ती मनाउँछन्। बुद्ध जयन्तीमा बुद्धको पूजा, आराधना एवं प्रवचन गर्ने गरिन्छ। इसापूर्व ५६३ अर्थात् २५६८ वर्षअघि वैशाख शुक्ल पूर्णिमाका दिन कपिलवस्तु जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको छोराका रूपमा सिद्धार्थ गौतमको जन्म भएको थियो।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज