सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे
धनगढी- अछामको बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँदमाथी सरकारी सम्पत्तिमा रजगजको आरोप लागेको छ ।
नियम बिपरित दोहोरो सवारी साधन प्रयोग गरि सरकारी सम्पत्तिमाथि रजगज गरेको आरोप लागेको हो ।
गाउँपालिका अध्यक्षले साउँदले ४ पाङ्ग्रे सरकारी गाडी संगै सरकारी मोटरसाइकल समेत प्रयोग गर्दै आएका छन् जवकि यो नियम बिपरित हो । कानुन अनुसार गाउँपालिका अध्यक्षले दोहोरो सवारी साधनको सुविधा लिन नमिल्ने व्यवस्था छ ।
गाउँपालिकाको सरकारी गाडि देवता पुज्न देखी तिर्थयात्रा सम्ममा सरकारी गाडीको दुरुपयोग गर्ने गरेको आरोप लाग्दै आएको छ । गएको निर्वाचनमा पनि उनी सरकारी गाडि लिएर खुलम रुपमा प्रचारमा हिडेका थिए । त्यसताका जिल्ला प्रशासन कार्यालयमा यस बिषयमा मौखिक उजुरी परेको बताईएको छ ।
साउँदे परिवारका सदस्य घुमाउन ४ पाङ्ग्रे र भट्टि छिर्दा २ पाङ्ग्रे सरकारी गाडी हुईकाउने गरेको प्रतिपक्षको आरोप...












