बैतडीमा एक युवकले गरे आफ्नै काकीको बन्चरो प्रहार गरी हत्या
बैतडी- जिल्लाको सिगास गाउँपालिका–२ पेडेगोदामा ३० वर्षीय यज्ञ सिंह धामीले आफ्नै काकी ३४ वर्षीया बेलमती धामीको बन्चरो प्रहार गरी हत्या गरेका छन्।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेका अनुसार आइतबार राति करिब ११ बजे घरभित्रै घाँटीमा बन्चरो प्रहार गरी हत्या गरिएको हो। शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल बैतडी लगिएको छ।
हत्या आरोपित धामीलाई प्रहरीले गएरातिनै नियन्त्रणमा लिएको जनाएको छ। यज्ञ सिंह हुलाक सेवाका अतिरिक्त कर्मचारी हुन्। कैलालीमा कार्यरत उनी भदौ १९ गते मात्र घर आएका थिए।
आफन्त जय सिंह धामीका अनुसार उनी घर फर्किएको चार दिनमै आमासँग समेत विवाद गरी कुटपिट गरेका थिए। हत्याको कारण खुलेको छैन भने मानसिक अवस्था सामान्य नभएको आफन्तले बताएका छन्।
हत्या भएकी बेलमती एकल महिला थिइन्। उनका चार छोरी र एक छोरा रहेका छन्। यज्ञ सिंहको श्रीमती वैदेशिक र...











