कैलालीमा १६४ महिला जबरजस्ती करणीको सिकार
धनगढीः एक महिना अघि कैलालीको गोदावरी नगरपालिकाकी एक किशोरी सामुहिक करणीको सिकार बनिन्।
एक जना प्रेमीको चक्करमा परेर उनी रातिको समयमा सामुहिक करणीमा परेको खुलेको छ। सामुहिक करणीमा संलग्न तीन जना पक्राउ परिसकेका छन्। यस प्रकारको घटना कैलालीमा पछिल्लो समय एकपछि अर्को बढ्न थालेको छ। जिल्लामा १२ महिनाको अवधिमा एक सय ६४ महिला जबरजस्ती करणीको सिकार बनेका छन्।
जबरजस्ती करणीमा परेको भन्दै पछिल्लो समय पीडक विरुद्ध जिल्ला अदालत कैलालीमा यस प्रकारका मुद्दा दर्ता गराउने पीडितको संख्या बढेको छ। आर्थिक वर्ष २०८०/८१ मा एक सय ६४ महिलाले जबरजस्ती करणीमा परेको भन्दै जिल्ला अदालत कैलालीमा मुद्दा नै दायर गरेको पाइएको छ। यसका साथै अदालतमा ३८ मुद्दा जबरजस्ती करणी उद्योगमा दर्ता भएका छन्। यस प्रकारको मुद्दा दर्ता गराउनेमा विवाहितदेखि किशोरीसम्मै रहेको पाइएको छ।
जबरजस्त...











