Author: कामना संवाददाता
कामना टेलिभिजनद्वारा सञ्चालित अन्लाईन पत्रीकामा प्रकाशीत तथा प्रशारण हुने विभिन्न समाचार, लेख, रचना तथा अन्य विभिन्न कार्यक्रमहरु डाउनलोड गरि कामना टेलिभिजनको अनुमति बिना तथा कामना टेलिभिजनको नाम बिना अन्य कहिँ कतै प्रकाशित तथा प्रशारण भएको पाइएमा प्रतिलिपी ऐन अनुसार कार्वाही गरिनेछ ।
संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन प्रधानमन्त्री ओली आज अमेरिका जाँदै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज संयुक्त राज्य अमेरिका प्रस्थान गर्नुहुने भएको छ । प्रधानमन्त्री ओली बिहान ११ बजे कतार एयरलाइन्सबाट अमेरिकाको न्यूयोर्कमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज न्यूयोर्क जान लाग्नुभएको हो ।
प्रधानमन्त्री ओलीका साथमा उहाँकी पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकारीहरू हुनेछन् ।
संयुक्त राष्ट्रसंघको महासभामा यस वर्ष ‘कोही पनि पछाडि नछोडिने : वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’ विषयमा छलफल हुने छ ।
प्रधानमन्त्री ओली असोज ८ गते महासभाको साधारण बहसको उदघाटनसत्र र असोज ९ गते अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी ...
संविधान प्राप्तिको ९ वर्ष : कर्णाली र सुदूरपश्चिमका नागरिकको समृद्धि आशा अधुरै
सुर्खेत । मुलुकले संघीय संरचनासहितको संविधान पाएको ९ वर्ष पुग्दा कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकले आशा गरेको विकास र समृद्धिको चाहना पूरा हुने गरी प्रदेश सरकारहरुले काम गर्न सकेका छैनन् । केन्द्रले विभिन्न कानून बनाएर संघीयता कार्यान्वयनको दाबी गरिरहँदा प्रदेश सरकारहरुले भने संघीय सरकारकै असहयोगले सोचेजस्तो काम गर्न नसकेको गुनासो पोखिरहेका छन् ।
पूर्वाधार विकासको हिसाबले सबै प्रदेशभन्दा पछाडि रहेको कर्णाली भौगोलिकरूपमा पनि विकट छ । कर्णाली का लागि तीनै तहका सरकारले थुप्रै बजेट सकेपनि पूर्वधार विकास, स्वास्थ्य, शिक्षा कृषिमा अपेक्षितरुपमा पूर्वाधार विकास हुन सकको छैन । राष्ट्रिय राजमार्गहरु जीर्ण हुादा अहिले पनि कर्णालीका अधिकांश जिल्लामा पुग्न जोखिम मोल्नुपर्छ । सडक र जलविद्युतका केही परियोजनाबाहेक अन्य क्षेत्रका सम्भावित स्रोतहरुको अध्ययन नै हुन सकिरहेको छैन । प्रदेश राजधानी सुर्...
नेपाली बजारमा सुनको मुल्यमा गिरावट
काठमाडौं : स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोलामा रु छ सयले घटेको छ। सोमबार हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्यमा सामान्य गिरावट भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन सोमबार प्रतितोला रु एक लाख ५७ हजार तीन सयमा कारोबार भएकामा सोही परिमाणको पहेँलो धातुको मोल आजका लागि रु एक लाख ५६ हजार सात सय निर्धारण भएको छ।
यसैगरी, चाँदीको मूल्य तोलामा रु १० ले घटेको छ। सोमबार प्रतितोला रु एक हजार नौ सय १५ मा खरिदबिक्री भएको चाँदी आजका लागि भने रु एक हजार नौ सय पाँच निर्धारण भएको छ।...
बझाङमा पहिरोले अवरुद्ध जयपृथ्वी राजमार्ग खुल्यो
Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : बझाङमा पहिरोले अवरुद्ध जयपृथ्वी राजमार्ग खुलेको छ । गएको बिहीवारदेखि परेको पानीले तमैल बजार नजिकै तथा बालुवा टावर भन्ने ठाउँमा खसेको पहिरो हटाएपछि आज बिहानदेखि गाडी चल्न थालेका हुन् ।
राजमार्ग खुलेपछि जिल्लाबाट छुट्ने र जिल्लामा भित्रिने लामो तथा छोटो दूरीका सबै गाडी चल्न थालेका जिल्ला प्रशासन कार्यालय बझाङले जनाएको छ ।ठूलो पहिरो खसेका कारण पहिरो पन्छ्याउन लामो समय लागेको हो ।
तर अहिले जोखिम भने कायमै रहेको सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले बताउनुभयो । पहिरोले राष्ट्रिय प्रसारण लाईनको पोल र तारमा समेत क्षति पुगेको थियो । विद्युत सेवा भने अस्ति आइतवार बेलुकादेखि नै सञ्चालनमा आएको थियो ।...
इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
काठमाडौं । गाजामा कम्तिमा ३५ जनाको ज्यान जाने गरी भएको बमबारीको एक दिनपछि इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु भएको छ ।
उता जेनेभामा आयोजित संयुक्त पत्रकार सम्मेलनमा संयुक्त राष्ट्रसंघीय अधिकार विज्ञहरूले इजरायलले गाजामा जारी राखेको "नरसंहार"का कारण उ अन्तरराष्ट्रिय समाजबाट बाहिरिने चेतावनी दिएका छन् ।
यसैबीच अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन तीन दिने भ्रमणकालागि मंगलबार इजिप्ट पुग्दै हुनुहुन्छ । इजिप्टको तीन दिने भ्रमणको क्रममा ब्लिन्केनले गाजामा युद्धविरामकालागि जारी प्रयासहरूबारे छलफल गर्ने बताइएकोछ । इजिप्ट-गाजा सीमामा रहेको "फिलाडेल्फी करिडोर" इजरायली सेनाको नियन्त्रणमै रहने वा नरहने विषय वार्ताको एउटा महत्वपूर्ण मुद्दा बन्दै आएकोछ ।
इजरायलले गाजामा जारी राखेको युद्धमा ४१ हजारभन्दा बढीको मृत्यु भएको छ भने ९५ हजारभन्दा बढी घाइते भएका छन् ।
गतवर्षको अक्टोबर ७ मा ह...
रास्वपाको केन्द्रीय परिषद्को राष्ट्रिय भेला आजदेखि
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय परिषद्को राष्ट्रिय भेला आज सुरु हुँदैछ। आज र भोलि काठमाडौँको प्रज्ञा भवन कमलादीमा हुने भेलामा देशभरबाट १ हजार ५ सय प्रतिनिधि सहभागी हुँदैछन्।
राष्ट्रिय भेलाको उद्घाटन अहिले पौने नौ बजे सभापति रवि लामिछानेले गर्नेछन्। उद्घाटन अघि प्रज्ञा भवनमा सामूहिक विश्वकर्मा पूजा गरिँदैछ। आज विभिन्न प्रतिवेदन र प्रस्तावमा छलफल हुनेछ। आज पहिलो दिन सबै प्रदेशले रिपोर्टिङ गरेपछि आर्थिक, अनुशासन र संसदीय मामिलासँग सम्बन्धित प्रतिवेदन पेस गरिनेछ।
आजै विधान संशोधन, नीति-विचार, मूल्य-मान्यता, क्यान्डिडेट क्वल र लिडरसिप एकेडेमीबारेका प्रस्ताव राख्ने कार्यसूची छ।
भेलाको दोस्रो दिन भोलि प्रस्तुत सबै प्रतिवेदन र प्रस्ताव उपर समूहगत छलफल हुने छ। भोलि नै प्रश्नोत्तरका लागि तीन घण्टा समय छुट्याइएको छ भने अपराह्न सभापति रवि लामिछानेले राजनीतिक प्रतिवे...
छिमेकी देशले एकअर्काको हितमा काम गर्नुपर्छ : प्रधानमन्त्री ओली
काठमाडौँ —प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी देशले एकअर्काको हित सोचेर काम गर्नुपर्ने बताएका छन् । संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने विषयवस्तुबारे सोमबारको प्रतिनिधिसभा बैठकलाई जानकारी गराउँदै ओलीले नेपालले दुई छिमेकी भारत र चीनसँग असल सम्बन्ध कायम राख्ने बताएका हुन्
बैठकमा उनले मुलुकको राष्ट्रिय हितलाई तलमाथि हुन नदिने प्रतिबद्धता जनाए । ‘आफ्ना जायज तथा न्यायोचित राष्ट्रिय हितहरू र अन्तर्राष्ट्रिय उत्तरदायित्वभित्र रहेर पूरा गर्ने, रक्षा गर्ने, संवर्द्धन गर्ने र राष्ट्रिय हितलाई तलमाथि पर्न नदिने नेपालले प्रतिबद्धता गरेको छ,’ उनले भने, ‘नेपाल असल छिमेकीका रूपमा छिमेक सम्बन्ध कायम राख्न चाहन्छ । छिमेकीको हित चिताएर काम गर्ने छिमेकीका रूपमा बस्न चाहन्छ र त्यस्तै व्यवहार छिमेकीहरूबाट पनि चाहन्छ ।’
महासभामा भाग लिन ओली असोज ४ मा न्युयोर्क जाँदैछन् । नेपालका नीति, ...
आज सुदूरपश्चिममा भारी वर्षाको सम्भावना, सतर्क रहन महाशाखाको अनुरोध
धनगढीः मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ। देशभर मनसुनी वायुको प्रभावसँगै पश्चिम बङ्गाल र आसपास रहेको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव देखिएको छ।
जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी र बाग्मती प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका एक– दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केहि स्थानहरूमा र बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका तराई भूभाग तथा मधेस प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै वर्षाको सम्भावना रहेको छ।
आज राति गण्...
नेपाल क्यानडासँग पराजित, बनायो खराब रेकर्ड
काठमाडौं: नेपाल आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजमा घरेलु टोली क्यानडासँग खराब ब्याटिङ गर्दै १०३ रनले पराजित भएको छ । नेपालको ओडीआईमा क्यानडासँग यो पहिलो हार हो ।
२५४ रनको लक्ष्य पछ्याएको नेपाल ४०.१ ओभरमा १५० रनमा अल आउट भयो । नेपालका करण केसीले २४ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक २७ रन बनाए ।
ओपनर कुशल भुर्तेल १, आसिफ शेख २०, भीम सार्की १८, कप्तान रोहित पौडेल ५, कुशल मल्ल १२, दीपेन्द्रसिंह ऐरी ८, सोमपाल कामी ६, सन्दीप लामिछाने २२ र गुलशन झा १५ रनमा आउट भए । क्यानडाका तीव्र गतिका बलर डिलोन हेलिगरले १० ओभरमा ३१ रन खर्चेर ५ विकेट लिए । अखिल कुमार र अंश पटेलले २-२ विकेट लिए । सादविन जाफरले १ विकेट लिए ।
त्यसअघि किंग सिटीमा रहेको मप्ले लेआफ नर्थ वेस्ट क्रिकट ग्राउण्डमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले ५० ओभरमा ८ विकेट गुमाउँदै २५३ रन बनाएको थियो । एक समय ४० ओेभ...
आज विश्वकर्मा दिवस मनाइँदै, किन मनाईन्छ विश्वकर्मा दिवस ?
धनगढी : आज विश्वकर्मा पूजा, मेसिनरी पाटपूर्जा तथा प्राविधिक सामाग्रीको पूजाआजा गरी मनाइँदै छ । कन्याको संक्रान्तिका दिन मनाइने यस पर्वमा शिल्प संकायहरू, कारखानाहरू, उद्योगहरूमा पूजाअर्चना गरिनुका साथै भजनकृतन तथा नाचगानसमेत गरिन्छ ।
भगवान विश्वकर्माको जन्म भएको दिनका रुपमा नेपालमा असोज १ गतेलाई विश्वकर्मा दिवसको रूपमा समेत मानिन्छ ।
यो नेपालसहित पूर्वोत्तर भारत र बङ्गाल राज्यमा समेत विशेष पर्वका रूपमा मनाउने प्रचलन छ । मजदुर, कलाकार, औद्योगिक घराना, व्यापारी सबैले उत्तिकै महत्व दिने यस पर्वमा अधिकांश कलकारखाना बन्द गरी हर्षोल्लासका साथमा विश्वकर्माको पूजा गरिन्छ ।
महादेवबाट पाएको सृष्टिको सृजना गर्ने जिम्मेवारी निभाउने क्रममा ब्रह्माले आफ्नो वंशजदेव शिल्पी विश्वकर्मालाई आदेश दिएका धार्मिक विश्वास छ । हिन्दु धर्मावलम्बीहरुले विश्वकर्मालाई विश्वकै पहिलो इन्जिनियर र वास्तुकारको र...
मेटमणिविरुद्ध देशद्रोहको मुद्दा चलाउन एमालेको माग
नेकपा (एमाले)का सांसदले एकीकृत समाजवादीका उपमहासचिव तथा सांसद मेटमणि चौधरीविरुद्ध देशद्रोहको मुद्धा लगाउन माग गरेको छ ।
चौधरीले अघिल्लो साता एक मिडियामा दिएको अभिव्यक्ति राष्ट्रहित प्रतिकूल रहेको जिकिर गर्दै आज प्रतिनिधिसभा बैठकमा एमाले सांसद सूर्यप्रसाद ढकालले त्यस्तो माग गरेका हुन् ।
चौधरीले ‘कालापानी र लिपुलेक भारतको भूगोलमा पर्छ, भारतको दावी पुग्छ’ भन्ने अभिव्यक्ति दिएका थिए । यस सम्बन्धमा एकीकृत समाजवादीले स्पष्टीकरण सोधेकोमा उनले लिखित जवाफ पेश गर्दै ‘ती भूगोल नेपालमै पर्छ’ भन्न खोजेको तर जिब्रो चिप्लिएको बताएका थिए ।
एमाले सांसद ढकालले आजको प्रतिनिधि सभामा सोही कुरा उठाउँदै राष्ट्रघाती अभिव्यक्ति दिनेलाई देशद्रोहीको मुद्धा लगाउन माग गरेका हुन् ।
‘एक जना माननीयले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको हैन, यो भारतको हो, भारतको दावी जायज छ भनेको सनियो’, उनले भने, ‘यो संविधानविरो...


