काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डनल्ड ट्रम्प फ्लोरिडा गोल्फ कोर्समा भएको सम्भावित हत्या प्रयासबाट सुरक्षित रहेको र एक जना सम्भावित आक्रमणकारी हिरासतमा रहेको अमेरिकी अधिकारीहरूले पुष्टि गरेका छन् ।
अधिकारीहरूका अनुसार गुप्तचर सेवा एफबीआइका एक जना एजेन्टले गोल्फ कोर्समा रहेको झाडीबाट एउटा राइफलको नाल बाहिर निस्किरहेको देखेपछि गोली प्रहार गरेका थिए । ट्रम्प त्यतिबेला सो झाडीबाट करीब २७५ देखि ४५५ मिटर टाढा रहनु भएको थियो ।
गोली प्रहारपछि प्रत्यक्षदर्शीहरुले एक जना व्यक्ति कालो निशान गाडीमा भागिरहेको देखेका थिए । पछि सुरक्षा अधिकारीहरुले उक्त व्यक्तिलाइ आफ्नो नियन्त्रणमा लिएका थिए ।
आफ्ना समर्थकहरूलाई पठाएको इमेलमा ट्रम्पले आफू सुरक्षित र राम्रो रहेको बताउनु भएको छ । पेन्सिल्भेनियाको एक र्यालीमा एक जना बन्दुकधारीले ट्रम्पको हत्या गर्ने प्रयास गरेको लगभग दुई महिनापछि यो घटना भएको हो।
ह्वाइट हाउसले राष्ट्रपति जो बाइडन र उपराष्ट्रपति कमला ह्यारिसलाई घटनाबारे जानकारी गराइएको बताएको छ ।
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३