यौन सम्पर्कका क्रममा युवतीको मृत्यु, युवक थुनामा
काठमाडौँ । यौन सम्पर्ककै क्रममा युवतीको मृत्यु भएपछि सम्बन्धित युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
भारतको गुजरात राज्यको नवसारीमा प्रहरीले २६ वर्षीय युवकलाई ‘मनसायरहित’ हत्याको आरोपमा पक्राउ गरेको हो । ती युवकले यौन सम्पर्कपछि अत्यधिक रक्तस्रावका बाबजुद युवतीलाई उपचारका लागि समयमै अस्पताल नलगेको प्रहरीको भनाइ छ ।
पीडित युवतीको अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको प्रहरीले जनाएको छ । आरोपितले प्रमाण नष्ट गरेकोबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्रहरीले पीडित र पीडक दुवैको नाम गोप्य राखेको छ । नवसारी जिल्लाको जलालपुर निवासी युवकले एक परिचित युवतीसँग यौन सम्पर्क गरेको र रक्तस्राव भएर युवती सिकिस्त हुँदा पनि एम्बुलेन्स बोलाएर अस्पताल लैजानुपर्नेमा अनलाइनबाट औषधि मगाउन खोजेको प्रहरीको भनाइ छ ।
स्थानीय एसपी सुशील अग्रवालका अनुसार फरेन्सिक रिपोर्टमा अत्यधिक रक्तस्रावकै कारण युवतीक...












