Advertisement

Author: कामना संवाददाता

कामना टेलिभिजनद्वारा सञ्चालित अन्लाईन पत्रीकामा प्रकाशीत तथा प्रशारण हुने विभिन्न समाचार, लेख, रचना तथा अन्य विभिन्न कार्यक्रमहरु डाउनलोड गरि कामना टेलिभिजनको अनुमति बिना तथा कामना टेलिभिजनको नाम बिना अन्य कहिँ कतै प्रकाशित तथा प्रशारण भएको पाइएमा प्रतिलिपी ऐन अनुसार कार्वाही गरिनेछ ।
राष्ट्रिय दलित गोलमेच सम्मेलनको कर्णाली प्रदेश स्तरीय भेला सम्पन्न

राष्ट्रिय दलित गोलमेच सम्मेलनको कर्णाली प्रदेश स्तरीय भेला सम्पन्न

Breaking News 1, कर्णाली प्रदेश, ताजा अपडेट, समाचार
धनगढी- राष्ट्रिय दलित गोलमेच सम्मेलनको कर्णाली प्रदेश स्तरीय अन्तरक्रिया तथा भेला कार्यक्रममा सम्पन्न भएको छ । आइतबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा प्रदेश स्तरीय अन्तरक्रिया तथा भेला कार्यक्रममा सम्पन्न भएको हो । दलित एकताका लागि गोलमेच सम्मेलन आयोजना गरिएको जनाइएको छ । कार्यक्रममा पूर्व राजदूत डाक्टर निर्मल विश्वकर्मा प्रमुख अतिथि रहनुभएको थियोे । त्यस्तै विशिष्ट अतिथिमा गोलमेच सम्मेलनका प्रवक्ता अग्निसिखा,सुर्खेत जिल्ला समन्वय समितिका प्रमुख गङ्गाराम सुनार रहनुभएको थियोे । यस्तै कार्यक्रममा नेता, प्रतिनिधिहरू कर्मचारी, बुद्धिजीवी पत्रकारको उपस्थिति रहेको जनाइएको छ । कार्यक्रमबाट कर्णाली प्रदेश स्तरीय समन्वय समिति गठन गरिएको छ । डम्बर नेपालीको संयोजकत्वमा १७ सदस्यीय समन्वय समिति गठन गरिएको हो ।...
गेटा बिमानस्थलबाट चरेश लिएर काठमाडौं जान लागेका कञ्चनपुरका नाथ पक्राउ

गेटा बिमानस्थलबाट चरेश लिएर काठमाडौं जान लागेका कञ्चनपुरका नाथ पक्राउ

Breaking News 1, कन्चनपुर, कैलाली, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीको गेटा बिमानस्थलबाट काठमाडौं जाँदै गरेका एकजना चरेशसहित पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका-१३ एयरपोर्टमा वुद्ध एयरको उडानद्वारा धनगढीबाट काठमाडौं जान लागेका कञ्चनपुरको वेदकोट नगरपालिका-८ बस्ने २१ वर्षीय भुवन नाथ विमानस्थलमै पक्राउ परेका हुन् । नाथलाई विमानस्थलमा चेकजाँच गर्दा ६ ग्राम ७०० मिलिग्राम चरेशसहित बिमानस्थल सुरक्षा गार्ड गेटाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।...
गेटामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, पछाडि सवार एकजना घाइते

गेटामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, पछाडि सवार एकजना घाइते

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीको गेटामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको  मृत्यु भएको छ । अत्तरिया–धनगढी ६ लेन सडकखण्ड अन्तरगत गेटा मेडिकल कलेज अगाडी आईतवार राती मोटरसाइकल दुर्घटना हुँदा चालक बर्दगोरिया गाउँपालिका-४ का ३२ वर्षीय राजेन्द्र सुवेदीको मृत्यु भएको हो । सुपप्र ०१००९ प १२५१ नम्बरको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका सुवेदीको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल पछाडि सवार बाजुराको बुढिनन्दा नगरपालिका-४ बस्ने २४ वर्षीय जनक रोकाया घाइते भएका छन् । उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।...
पूर्वप्रधानमन्त्री प्रचण्डको फोटो जलाउने बम रिहा

पूर्वप्रधानमन्त्री प्रचण्डको फोटो जलाउने बम रिहा

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको फोटो जलाएको आरोपमा पक्राउ परेका निराजन बम प्रहरी हिरासतबाट रिहा भएका छन्। शनिबार हेटौंडामा आयोजित राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठन मकवानपुरको अधिवेशनको उद्घाटन कार्यक्रममा गणतन्त्रविरोधी नारा लगाउँदै पूर्वप्रधानमन्त्री दाहालको फोटो जलाउने सङ्गठनका केन्द्रीय सचिव समेत रहेका बम रिहा भएका हुन् । चितवनको भरतपुर विमानस्थलबाट चितवन प्रहरीले पक्राउ गरेको बमलाई मकवानपुर प्रहरीले मकवानपुर प्रहरी कार्यालयमा ल्याएको थियो। उनलाई छुटाउनको लागि नेकपा माओवादी केन्द्रका नेताहरू जिल्ला प्रहरी कार्यालय पुगेका थिए। माओवादी मकवानपुर इन्चार्ज विजय गौतमसमेतको टोलीले जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा बमलाई छडिदिन आग्रह गरेका थिए। जिल्ला प्रशासन कार्यालयमा भएको एक छलफलमा गल्ती स्वीकारेर माफी मागेपछि उनलाई छोडिएको मकवानपु...
ऐश्वर्य क्याम्पसको स्ववियु निर्वाचनमा मौन अवधिमा हस्तक्षेपको आरोप

ऐश्वर्य क्याम्पसको स्ववियु निर्वाचनमा मौन अवधिमा हस्तक्षेपको आरोप

समाचार
  धनगढी— ऐश्वर्य बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनलाई लिएर क्याम्पस प्रशासनमाथि गम्भीर हस्तक्षेप गरेको आरोप लागेको छ। शनिबार राति १२ बजेदेखि लागू मौन अवधिमा क्याम्पस प्रशासन र निर्वाचन अधिकृत खेम पन्तले आचारसंहिता विपरीत गतिविधि गरेको अनेरास्ववियु कैलालीले आरोप लगाएको छ। अनेरास्ववियु कैलालीका अध्यक्ष कुबेर खड्काका अनुसार निर्वाचन अधिकृत पन्तले मौन अवधिमा विद्यार्थीहरूको व्यक्तिगत विवरण अमुक संगठनलाई उपलब्ध गराउने कार्यमा भूमिका खेलेका छन्। खड्काले पन्तसहित क्याम्पस प्रशासनले कांग्रेस निकट नेविसंघलाई फाइदा पुग्ने गरी हस्तक्षेप गरेको दाबी गरेका छन्। उनका अनुसार, विद्यार्थीको विवरण सार्वजनिक गर्ने, कांग्रेस निकट प्राध्यापकहरू मार्फत विद्यार्थीलाई जिताउन अभिभावकलाई फोन गर्न लगाउने जस्ता गतिविधि भएको प्रमाण प्राप्त भएको छ। खड्काले यस विषयमा सोमबार ब...
कञ्चनपुरमा चट्याङ लाग्दा कलुवापुरका रानाको मृत्यु

कञ्चनपुरमा चट्याङ लाग्दा कलुवापुरका रानाको मृत्यु

Breaking News 1, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कञ्चनपुरमा आज चट्याङ लाग्दा पदम रानाको जनाको मृत्यु भएको छ । आइतबार कृष्णपुर नगरपालिका - ७ कलुवापुरका ३२ वर्षीय रानाको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । आफ्नो घरको अगाडि आँगनमा बसेको बेला चट्याङ लागेर रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले जानकारी थिए ।...
एक थान कानुन दिन नसक्ने दुई तिहाइ सरकार

एक थान कानुन दिन नसक्ने दुई तिहाइ सरकार

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, राजनीति, सूचना प्रविधि
सार्वजनिक सेवा प्रवाहको मेरुदण्ड मानिने कर्मचारी प्रशासन आज कठोर, दक्ष र गतिशील हुनुपर्नेमा उल्टै निष्क्रियता, अन्योल र असन्तुष्टिको दलदलमा फसिरहेको छ। उर्जाशील कर्मचारीहरूको जोश-उत्साह समाप्तप्रायः छ, समायोजनपछि स्थानिय तहमा कार्यरत कर्मचारीहरूको पहिचान नै संकटमा छ, भने संघीय वा प्रादेशिक सेवामा लागेकाहरू समेत आफ्नो पेशागत भविष्यप्रति गहिरो चिन्तामा छन्। समायोजनका नाममा झन् जटिल बनेको कर्मचारी व्यवस्थापन, करिब दर्जन फरक प्रकृतिका सेवाका भाग्य भविष्य अन्योलग्रस्त हुनु, तथा दसकौं लामो परिश्रम र समर्पणका साथ सरकारी सेवामा योगदान दिएका करार कर्मचारीहरूको भविष्य झन् अन्योलमा पर्नु गम्भीर विषय हो। उता, लोकसेवा आयोगमार्फत परीक्षामा उत्तीर्ण भएर सरकारी सेवामा प्रवेश गर्न चाहने युवाहरूको आशा र प्रयासहरू अन्योलको कुहिरोमा हराइरहेका छन्। सरकारी सेवामा निश्चित प्रकृतिको कामका लागि प्रवेश गरेकाहरूला...
कञ्चनपुरमा एक महिलाको मृत्यु,, हत्या गरेको आरोपमा श्रीमान र सौतासहित ३ जना पक्राउ

कञ्चनपुरमा एक महिलाको मृत्यु,, हत्या गरेको आरोपमा श्रीमान र सौतासहित ३ जना पक्राउ

Breaking News 1, कन्चनपुर, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कञ्चनपुरमा एक महिलाको मृत्यु भएको छ। जिल्लाको भीमदत्त नगरपालिका–११ मा कसी सुनारको शंकास्पद मृत्यु भएको हो। महाकाली नदी किनारामा बालुवा चालेर जीविकोपार्जन गर्दै आएकी कसीको सुतीरहेको बेला हत्या भएको मृतककी बुहारी र स्थानीयले आरोप लगाएका छन् । आरोपपछि सौता मिरा देवी सुनार, श्रीमान गोपाल सुनार र कान्छी पट्टिका छोरा अर्जुन सुनारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता (डिएसपी)उमेश जोशीले जानकारी दिए । मृतक कसीको शव पोस्टमार्टमका लागि महाकाली अस्पतालमा राखिएको बताइएको छ। प्रहरी कार्यालय कञ्चनपुरले पोस्टमार्टमको रिपोर्ट आउन बाँकी रहेको बताएको छ। बेहोस अवस्थामा फेला परेकी उनको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।  ...
ऐश्वर्य क्याम्पस स्ववियु निर्वाचन : तीन विद्यार्थी संगठनबीच प्रतिस्पर्धा , अनेरास्ववियु बलियो दावेदार

ऐश्वर्य क्याम्पस स्ववियु निर्वाचन : तीन विद्यार्थी संगठनबीच प्रतिस्पर्धा , अनेरास्ववियु बलियो दावेदार

समाचार
धनगढी, चैत ३ – धनगढीस्थित ऐश्वर्य बहुमुखी क्याम्पसको आगामी ५ चैतमा हुने स्ववियु (स्वतन्त्र विद्यार्थी युनियन) निर्वाचनमा तीन विद्यार्थी संगठनबीच प्रतिस्पर्धा हुने भएको छ। नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ), एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) र माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीबीच चुनावी भिडन्त हुन लागेको हो। नेविसंघले अध्यक्ष पदका लागि दिपक भट्ट लाई उम्मेदवार बनाएको छ भने अनेरास्ववियुले दिपेन्द्र भट्ट (दिपेन) लाई अघि सारेको छ। त्यस्तै, अखिल क्रान्तिकारीले विकास  बिस्ट लाई अध्यक्ष पदमा उम्मेदवारी दिएको छ। अनेरास्ववियु बलियो दावेदार अनेरास्ववियुका अध्यक्ष पदका उम्मेदवार दिपेन्द्र भट्ट यसअघि स्ववियु सचिवको भूमिकामा रहेर काम गरिसकेका छन्। उनको नेतृत्वमा मजबुत प्यानल खडा भएकाले अनेरास्ववियुले पुनः जित निकाल्ने दाबी गरेको छ। भट्टको ...
कैलालीमा होरीको दिन ८ सवारी दुर्घटना, १३ जना घाइते

कैलालीमा होरीको दिन ८ सवारी दुर्घटना, १३ जना घाइते

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीमा होरी दिन मात्र ८ वटा सवारी दुर्घटना भएका छन्। जिल्लाका विभिन्न स्थानहरूमा होलीको दिनमा ८ वटा सवारी दुर्घटना भएका हुन्  । उक्त दुर्घटनामा परि १३ जना घाइते भएका छन्। कैलालीको धनगढी उपमहानगरपालिका–१९ फूलबारी, लम्की चुहा नगरपालिका–२ गणेशचोक, टीकापुर नगरपालिका–१ बम पेट्रोलपम्प, बर्दगोरिया गाउँपालिका–२ दोधरा, गोदावरी नगरपालिका–४ बुढीतोला, बर्दगोरिया गाउँपालिका–१ मुडा, धनगढी उपमहानगरपालिका–१३ भित्री सडक र लम्की चुहा नगरपालिका–१० चुहामा सवारी दुर्घटना भएका हुन। लम्की चुहा नगरपालिका–२ गणेशचोकमा सुदूरपश्चिम प्रदेश ०१००८ प ७५८ नम्बरको मोटरसाइकल अनियन्त्रित भएके हो। मोटरसाइकलमा सवारी २ जना पुरुष घाइते भएका छन्। उनीहरूको लालरन्त अस्पताल लम्कीमा उपचार भएको छ। टीकापुर नगरपालिका–१ बम पेट्रोलपम्प नजिक सुदूरपश्चिम प्रदेश ०१००८ प ९२५४ नम्बरको मोटरसाइकलले ६५ वर्षीय वृद्धलाई ठक्कर दिएको छ...
डोटीका मान बहादुर भरुवा बन्दुक सहित पक्राउ

डोटीका मान बहादुर भरुवा बन्दुक सहित पक्राउ

Breaking News 1, डोटी, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- डोटीका मान बहादुर कुवँर भरुवा बन्दुक सहित पक्राउ परेका छन्। जिल्लाको शिखर नगरपालिका -७ उजेलीका ३८ वर्षीय कुवर शनिबार भरुवा बन्दुक सहित पक्राउ परेका हुन्। उनलाई गोप्य सूचनाको आधारमा कुवरलाई घरबाटै भरुवा बन्दुक सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। घटनाका अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
बैतडीको पाटन नगरपालिकामा आज शोक बिदा

बैतडीको पाटन नगरपालिकामा आज शोक बिदा

Breaking News 1, ताजा अपडेट, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बैतडीको पाटन नगरपालिकाले आज शोक बिदा दिएको छ । पाटन नगरपालिका–३ स्थित गुजर स्वास्थ्यचौकीमा कार्यरत सिनियर अनमी माया केसीको निधन भएकाले आइतबार शोक बिदा दिइएको हो । केसीको फागुन २८ गते असमायिक निधन भएको थियो । केसीको निधनले स्वास्थ्य क्षेत्रमा अपूरणीय क्षति पुगेको नगरपालिकाले जनाएको छ । आज नगरपालिका मातहतका सबै कार्यालयहरुमा शोक बिदा रहेको नगरपालिकाले एक सूचना मार्फत जानकारी गराएको छ । ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज