Advertisement

ट्रेन्डिङ

बुढीगंगामा माटोका भाँडाकुँडा बनाउने एक महिनाको तालिम सम्पन्न, युवामा स्वरोजगारको आशा

बुढीगंगामा माटोका भाँडाकुँडा बनाउने एक महिनाको तालिम सम्पन्न, युवामा स्वरोजगारको आशा

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बाजुरा, मुख्य समाचार, रोजगार, सुदूरपश्चिम
बाजुरा: बुढीगंगा नगरपालिकामा एक महिनादेखि सञ्चालनमा रहेको माटोका भाँडाकुँडा बनाउने सीपमूलक तालिम हिजो एक कार्यक्रमका बीच समापन गरिएको छ । बुढिगंगा नगरपालिका सीप विकास तथा प्रशिक्षण केन्द्र र GIZ-RIP Green परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा सम्पन्न उक्त तालिमले स्थानीय युवाहरूलाई आत्मनिर्भर र व्यवसायमुखी बनाउने लक्ष्य लिएको हो । समापन समारोहमा नगर प्रमुख राम बहादुर बानियाँले सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै भने, “यो तालिमले कम्तीमा केही युवाहरूमा स्वरोजगारप्रतिको प्रेरणा जगाउनेछ भन्नेमा म ढुक्क छु। अब हामी नगरले पनि आवश्यक सहयोग पुर्‍याउनेछौं ताकि यी सीपहरू केवल अभ्यासमा मात्रै सीमित नहून्, व्यवसायको रूपमा विकास होउन्।” कार्यक्रममा नगर उपप्रमुख माया खड्का (कुवर) ले सहभागी युवती र महिलाहरूको सक्रियता उल्लेख गर्दै भनिन्, “महिलाहरूको सहभागिता निकै उत्साहजनक देखियो। महिलाहरू पनि अब सश...
बजेटमा योजना नै नरहेको पावर टिलर प्रकरण: चौधरीमाथिको आरोप कपोकल्पित प्रमाणित हुँदै

बजेटमा योजना नै नरहेको पावर टिलर प्रकरण: चौधरीमाथिको आरोप कपोकल्पित प्रमाणित हुँदै

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
धनगढी: सुदूरपश्चिम प्रदेशका पूर्वकृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत लगाइएको आरोप निराधार देखिन थालेको छ । आयोगले उठाएको पावर टिलर कमिसनको विषयवस्तु बजेट तथा योजना दस्तावेजमै नदेखिएपछि आरोपको आधार झनै कमजोर देखिएको छ । प्रदेश सरकारको २०८०/८१ को स्वीकृत नीति तथा कार्यक्रम, बजेट विवरण तथा कृषि मन्त्रालय अन्तर्गतका वार्षिक योजनाहरूमा कहीँ पनि पावर टिलर खरिद र वितरणसम्बन्धी कार्यक्रम उल्लेख छैन । मन्त्रालयका आन्तरिक कागजात र बजेट शिर्षक अनुसार मन्त्रालयले उक्त वर्षमा मिहेनती किसान लक्षित मलबीउ वितरण, सीप विकास तालिम, कृषि प्राविधिक परिचालन, सिंचाइ अनुदानलगायतका कार्यक्रमहरू सञ्चालन गरेका थिए । तर पावर टिलर खरिद भने न बजेटमा समावेश गरिएको थियो, न कार्यान्वयन स्तरमा अघि बढाइएको थियो । पावर टिलर खरिद गर्ने बजेट कहिँ कतै नभएको (२०८०/८१ को मन्त्रालयको...
रामारोशन गाउँपालिकामा प्रशासनिक भवन निर्माणको ठेक्का खुला, ९ करोडको लागत अनुमान

रामारोशन गाउँपालिकामा प्रशासनिक भवन निर्माणको ठेक्का खुला, ९ करोडको लागत अनुमान

Breaking News 1, अछाम, ट्रेन्डिङ, ताजा अपडेट, दैनिक, मुख्य समाचार, सुदूरपश्चिम
अछाम, अछामको रामारोशन गाउँपालिकाले बहुप्रतीक्षित प्रशासनिक भवन निर्माणको ठेक्का अन्ततः असार २ गते खोलेको छ। झण्डै ९ करोड रुपैयाँ लागत अनुमान गरिएको सो भवन २ वर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का प्रक्रिया सुरु गरिएको हो। गाउँपालिका स्थापना भएको लामो समय बितिसक्दा पनि हालसम्म स्थायी कार्यालय भवन नहुँदा सेवा प्रवाहमा समस्या हुँदै आएको थियो। अब भने भवन निर्माणका लागि ठोस कदम चालिएसँगै स्थानीय तहमा आधारभूत पूर्वाधार विकासको महत्वपूर्ण चरण सुरु भएको जनाइएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम बहादुर भण्डारीले बताए अनुसार, “स्थायी संरचना नभएको कारण कार्यालय सञ्चालनमा जटिलता थियो। ठेक्का खोलेसँगै अब काम अघि बढ्नेछ र निर्धारित अवधिभित्र सम्पन्न गर्ने लक्ष्य लिएको छ। यो गाउँपालिकाको सेवा प्रणाली सुदृढ गर्ने दिशामा महत्वपूर्ण उपलब्धि हुनेछ।” यस भवनले प्रशासनिक कार्य सञ्चालनमा सहजता ल्याउने म...
बझाङ जिल्ला कमिटीलाई टेर्दैनन भैरव सिंह, सामाजिक संजालमा विरोधमा उत्रिदै

बझाङ जिल्ला कमिटीलाई टेर्दैनन भैरव सिंह, सामाजिक संजालमा विरोधमा उत्रिदै

Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ: नेकपा एमाले बझाङमा पछिल्लो समय आन्तरिक गुटबन्दी र विवाद चर्किदै गएको छ । जिल्लाको तल्लो भाग देउलेखमा असार १० र ११ गते बसेको जिल्ला कार्यसमितिको बैठकले संगठनात्मक सुदृढीकरणमा जोड दिने निर्णय लिएको थियो । तर उक्त बैठकलाई प्रदेशसभा क्षेत्र नं. २ का इन्चार्ज अफिलाल ओखेडा र जिल्ला इन्चार्ज भैरव सिंहले अनाधिकृत भन्दै सामाजिक सञ्जालमा खुला असहमति जनाएपछि विवाद झन् नयाँ उचाइमा पुगेको छ । २०८१ मंसिर २४–२६ गतेको स्वच्छ प्रतिस्पर्धाबाट निर्वाचित वर्तमान जिल्ला कमिटीको निर्णयलाई खुलेआम अस्वीकार गर्दै भैरव सिंह स्वयं पार्टी अनुशासन र विधानको उल्लंघन गर्दै आइरहेका छन् । इन्चार्जको हैसियतमा पार्टी एकता र अनुशासन कायम गर्नुपर्ने जिम्मेवारी वहन गर्नु पर्नेमा, उनले उल्टै कार्यसमितिको अधिकारमाथि प्रश्न उठाउँदै असहयोग र विरोधको बाटो अँगालेका छन् ।   जिल्ला कमिटी सचिव नयन बोहराले इन्चार्ज सिंहलाई...
मन्त्रालयको आदेश मिच्दै बझाङमै अडिए डा. नवराज जोशी, नयाँ मेसु हेरेको हेर्यै

मन्त्रालयको आदेश मिच्दै बझाङमै अडिए डा. नवराज जोशी, नयाँ मेसु हेरेको हेर्यै

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६ दिनअघि डा. नवराज जोशी (संकेत नं. २१८५४७) लाई बझाङ जिल्ला अस्पतालबाट काज फिर्ता गर्दै सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गतको कार्यस्थलमा पठाउने निर्णय गरेको थियो । मन्त्रालयको निर्णय अनुसार जारी चलानी नं. ३२७४, मिति २०८२/०२/०६ को आधिकारिक पत्रबमोजिम डा. जोशीले तत्कालै जिल्ला अस्पताल छोड्नुपर्ने थियो । तर, निर्णयको ६ दिन पुग्दासमेत डा. जोशी अस्पतालमै अडिएका छन्, जसले कर्मचारी आचरण र कानुनी व्यवस्थामाथि नै प्रश्न खडा गरिदिएको छ । प्रशासनिक ऐनअनुसार, काज फिर्ता गरिएपछि तीन दिनभित्र रमाना बुझाई कार्यभार तोकिएको स्थानमा रिपोर्ट गर्नु पर्ने स्पष्ट व्यवस्था छ । तर डा. जोशीले मन्त्रालयको सो आदेशलाई बेवास्ता गर्दै अझै पनि बझाङ जिल्ला अस्पतालको कार्यकक्ष नछोडेको पुष्टि भएको छ । यसबीच मन्त्रालयले डा. सन्दीप ओखेडालाई नयाँ मेसु (मुख्य स्वास्थ्य अधिकृत) को रूपमा ब...
मष्टा गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ४४ करोड  अनुमानित बजेट सार्वजनिक

मष्टा गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ४४ करोड अनुमानित बजेट सार्वजनिक

Breaking News 1, ट्रेन्डिङ, बझाङ, मुख्य समाचार, राजनीति, समाचार
बझाङ, मष्टा मष्टा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ४४ करोड ३५ लाख २१ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको १२ औं गाउँसभा अधिवेशनमार्फत उक्त बजेट उपाध्यक्ष हर्क बहादुर धामीले मंगलबार प्रस्तुत गर्नु भएको हो। सभामा बोल्दै गाउँसभा अध्यक्ष ज्ञानबहादुर बोहराले बजेटका प्राथमिकता क्षेत्रहरूबारे जानकारी दिनुहुँदै भन्नुभयो, “शिक्षा, कृषि, रैथाने बाली, उद्यमशिलता, पर्यटन, सूचना प्रविधि र गुणस्तरिय भौतिक पूर्वाधार विकास तथा डिजिटलमैत्री सेवा प्रवाहलाई केन्द्रमा राखेर आगामी वर्षको योजना बनाइएको छ।” यससँगै, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा समेत गाउँपालिकाले ध्यान केन्द्रित गरेको छ। तपवन र मष्टा माणु जस्ता धार्मिक स्थलहरूलाई लक्षित गर्दै विशेष कार्यक्रमहरू बजेटमा समावेश गरिएका छन्। बजेटले गाउँपालिकाको समावेशी र समृद्ध विकासको खाका...
मष्टा गाउँपालिका वाडा न -४ मा विकास र पारदर्शिताको संयोजन: अध्यक्ष एवं प्रवक्ता उत्तम जोशी

मष्टा गाउँपालिका वाडा न -४ मा विकास र पारदर्शिताको संयोजन: अध्यक्ष एवं प्रवक्ता उत्तम जोशी

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
बझाङ, मष्टा – मष्टा गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता उत्तम जोशीको नेतृत्वमा स्थानीय स्तरमा विकास निर्माणका काम तीव्र गतिमा अघि बढिरहेका छन्। सुशासन, पारदर्शिता र जनउत्तरदायित्वमा विशेष जोड दिँदै जोशीले वडा र गाउँपालिकाको दुबै तहमा सक्रिय भूमिका निर्वाह गरिरहेका छन्। अध्यक्ष जोशीको नेतृत्वमा वडा नं. ४ मा पछिल्लो दुई वर्षमा सडक विस्तार, योजना, शिक्षा सुधार, स्वास्थ्य सेवा सुदृढीकरण, तथा कृषि प्रवर्द्धन जस्ता कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन भएका छन्। शिक्षा क्षेत्रमा, विद्यालय भवन मर्मत, शैक्षिक सामग्री वितरण तथा छात्रवृत्ति कार्यक्रमहरू मार्फत अध्ययनलाई प्रेरणा दिइएको छ। स्वास्थ्य क्षेत्रमा, नियमित स्वास्थ्य शिविर, सुत्केरी भत्ता वितरण, र औषधि सहज पहुँचको लागि स्थानीय स्वास्थ्य चौकी सशक्त बनाइएको छ। कृषिमा, किसानलाई उन्नत बीउ, मल र प्रविधिमैत्...
जयपृथ्वी नगरपालिकाका नाममा उच्च अदालत पाटन दिपायलद्घारा परमादेश जारि

जयपृथ्वी नगरपालिकाका नाममा उच्च अदालत पाटन दिपायलद्घारा परमादेश जारि

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
दिपक राज जोशी / बझाङ: उच्च अदालत दिपायलले जयपृथ्वी नगरपालिका का नाममा परमादेश जारी गरेको छ । सुदुरपश्चिम प्रदेश सरकारले आर्थिक बर्ष २०८१÷८२ मा श्रीमन महाराज मन्दिर जयपृथ्वी नगरपालिका ७ का नाममा ३०,००,०००(तिस लाख ) विनियोजन गरिएको थियो । वास्तविक नाममा भन्दा फरक नाम राखेर प्रदेशको बजेट आएकोले समुदायमा विवाद सिर्जना भएको हो । उच्च अदालत दिपायलको मुद्घा नम्बर ण्डज्ञ–ध्इ–ण्ण्द्धट जयपृथ्वी नगरपालिकालाई विपक्षी बनाई कारण देखाउ आदेश जारि र छलफलमा झिकाउने आदेश दिएको छ । जयपृथ्वी नगरपलिका ७ नम्बर का स्थानिय रमेश महरले अदालतमा रिट निवेदन दर्ता गराएका थिए ७ नम्बर वडामा गैह्राकोट मष्टा मन्दिर र रिङनीमाणु मष्टा मन्दिर अवस्थीत छन् । तर प्रदेश सरकारकले श्रीमन महाराज मन्दिर जयपृथ्वी नगरपालिका ७ का नाममा रकम हालेपछि समुदायमा विवाद सिर्जना भएको थियो । दुई वटै मन्दिर पक्षका भक्तजनहरुले आ–आफ्नो मन्दिरमा...
तलकोटमा जलवायु परिवर्तनसम्बन्धी वन उपभोक्ता समितिसँग गोष्ठी सम्पन्न

तलकोटमा जलवायु परिवर्तनसम्बन्धी वन उपभोक्ता समितिसँग गोष्ठी सम्पन्न

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ : बझाङ जिल्लाको तलकोट गाउँपालिकामा जलवायु परिवर्तनका प्रभाव र समाधानका उपायहरूबारे सामुदायिक वन उपभोक्ता समितिसँग गोष्ठी सम्पन्न भएको छ। तलकोट गाउँपालिकाको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरूलाई लक्षित गरी परियोजना अभिमुखीकरण तथा प्रशिक्षण दिइएको थियो। स्थानीय सरकारको आयोजनामा भएको कार्यक्रममा मौसम परिवर्तनसँगै देखिन थालेका जलवायु असरबारे विस्तृत जानकारी दिइयो। "समुदायमा आधारित कार्यक्रम"अन्तर्गत सञ्चालन भएको सो गोष्ठीमा जलवायु परिवर्तनले वन तथा स्थानीय जीवनशैलीमा पार्ने असरबारे छलफल गरियो। गोष्ठीमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव भट्टराईले समुदायको विकास र समृद्धिका लागि सबै एकजुट हुनुपर्ने आवश्यकता औंल्याए। "तलकोटको रुपान्तरण सामूहिक प्रयासबाट मात्र सम्भव छ," उनले भने। कार्यक्रमको सञ्चालन खानेपानी, सरसफाइ तथा स्वच्छता शाखा...
मष्टामा २० करोड बढिको बजेट: अध्यक्ष बोहराको पहलले गाउँमा विकासको नयाँ युग सुरु हुँदै

मष्टामा २० करोड बढिको बजेट: अध्यक्ष बोहराको पहलले गाउँमा विकासको नयाँ युग सुरु हुँदै

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ: बझाङको मष्टा गाउँपालिकामा विकास, शिक्षा, स्वास्थ्य र पूर्वाधारका क्षेत्रमा आमूल परिवर्तन ल्याउने बाटो खुलेको छ । गाउँपालिकाका अध्यक्ष ज्ञानबहादुर बोहराको अथक प्रयास र दिगो नेतृत्वको परिणामस्वरूप संघीय सरकारबाट २० करोड रुपैयाँभन्दा बढीको बजेट विनियोजन गरिएको छ । कहिल्यै पनि राज्यका प्राथमिकतामा नपरेको, सुविधाबाट टाढिएको र अवसरका ढोका पटक–पटक बन्द भएका मष्टामा अहिले भने आशाका ढोका खुलेका छन् । अध्यक्ष बोहरा एक गाउँपालिकाको मात्र होइन, अहिले जिल्लाकै युवा नेतृत्वको प्रतीक बन्न थालेका छन् । थुप्रै सरकारी तथा गैसस निकायहरूमा लामो समय काम गरेर व्यावहारिक अनुभव आर्जन गरिसकेका अध्यक्ष बोहराले गाउँपालिका सम्हालेदेखि नै 'विकास, न्याय र जनताको भरोसा' भन्ने मूल मन्त्रमा विश्वास गर्दै आएका छन् । अध्यक्ष बोहराको निरन्तर काठमाडौं यात्राको फलस्वरूप संघीय बजेटबाट मष्टाका विभिन्न ठाउँमा सामाज...
अरू पूर्वप्रधानमन्त्रीविरुद्ध पनि हुनसक्छ भ्रष्टाचारमा छानबिन

अरू पूर्वप्रधानमन्त्रीविरुद्ध पनि हुनसक्छ भ्रष्टाचारमा छानबिन

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
२३ जेठ, काठमाडौं- पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध पतञ्जलि जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भएको छ । हाल एकीकृत समाजवादीका अध्यक्ष रहेका नेपालले हदबन्दी छुटको जग्गा सट्टापटाको स्वीकृति मन्त्रिपरिषद्को निर्णयबाट गराएको आरोप अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको छ ।   तत्कालीन प्रधानमन्त्री नेपाललाई मुख्य आरोपित मानिएको मुद्दामा उनीविरुद्ध १८ करोड ५८ लाख बिगो जरिवाना र सजायको माग गरिएको छ । अब यो मुद्दा कसरी टुंगिएला, त्यो विशेष अदालतको निर्णयमा भर पर्नेछ ।   तर, प्रधानमन्त्रीको हैसियतमा हुने निर्णयविरूद्ध पनि भ्रष्टाचार मुद्दा दर्ता हुन सक्ने नजिर भने अख्तियारबाट सुरु भएको छ । यसअघि प्रधानमन्त्रीले गर्ने निर्णयलाई नीतिगत भनेर अख्तियारले प्रवेश गर्ने गरेको थिएन । यही पतञ्जलि जग्गा प्रकरणलाई पनि अख्तियारले २०६९ मा नीतिगत निर्णय भनेको थियो । ...
पतञ्जलि प्रकरणमा दुई महिनासम्म रोकिएको थियो निर्णय, आयुक्त चन्दले गरेका छैनन् हस्ताक्षर

पतञ्जलि प्रकरणमा दुई महिनासम्म रोकिएको थियो निर्णय, आयुक्त चन्दले गरेका छैनन् हस्ताक्षर

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
२३ जेठ, काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग १७ चैत, २०८१ मा बयान लियो । त्यसको पाँच दिनपछि अर्थात २२ चैतमा पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनामाथि मुद्दा चलाउने निर्णय गरेको थियो । तर निर्णय गरेको दुई महिनापछि अर्थात २०८२ जेठ २२ गतेमात्र विशेष अदालतमा मुद्दा दायर गरेको छ ।   पतञ्जलि जग्गा प्रकरणमा मुद्दा चलाउने निर्णय आयोगभित्र सर्वसम्मतिले गरेको भनिए पनि आयुक्त जयबहादुर चन्दले निर्णयमा हस्ताक्षर गरेका छैनन् । बैठकको निर्णयमा उनले फरक मत पनि लेखेका छैनन् ।     अख्तियार स्रोतले भन्यो, ‘त्यो दिन उहाँ आयोगमा उपस्थित भएपनि बैठकको निर्णयमा उहाँको हस्ताक्षर छैन । पछि गर्ने भनेर थाँती राखेको पनि हुनसक्छ ।’     अख्तियारको योजना अनुसार, निर्णय भएको दिन रातारात फाइलहरु तयार गर्ने र ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज