Advertisement

तलकोटमा जलवायु परिवर्तनसम्बन्धी वन उपभोक्ता समितिसँग गोष्ठी सम्पन्न

Advertisement

बझाङ : बझाङ जिल्लाको तलकोट गाउँपालिकामा जलवायु परिवर्तनका प्रभाव र समाधानका उपायहरूबारे सामुदायिक वन उपभोक्ता समितिसँग गोष्ठी सम्पन्न भएको छ।

तलकोट गाउँपालिकाको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरूलाई लक्षित गरी परियोजना अभिमुखीकरण तथा प्रशिक्षण दिइएको थियो।

स्थानीय सरकारको आयोजनामा भएको कार्यक्रममा मौसम परिवर्तनसँगै देखिन थालेका जलवायु असरबारे विस्तृत जानकारी दिइयो। “समुदायमा आधारित कार्यक्रम”अन्तर्गत सञ्चालन भएको सो गोष्ठीमा जलवायु परिवर्तनले वन तथा स्थानीय जीवनशैलीमा पार्ने असरबारे छलफल गरियो।

गोष्ठीमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव भट्टराईले समुदायको विकास र समृद्धिका लागि सबै एकजुट हुनुपर्ने आवश्यकता औंल्याए। “तलकोटको रुपान्तरण सामूहिक प्रयासबाट मात्र सम्भव छ,” उनले भने।

कार्यक्रमको सञ्चालन खानेपानी, सरसफाइ तथा स्वच्छता शाखाका अधिकृत कमल खड्काले गर्नुभएको थियो। जिल्ला सल्लाहकार तथा कृषि–वन विज्ञ वीरेन्द्र थापा र स्थानीय अनुकूलन परियोजनाका भरत चौलागाईंको पनि विशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा विभिन्न वन उपभोक्ता समूहका करिब १५० सदस्यहरूको सक्रिय सहभागिता रहेको आयोजकले जनाएका छन्।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज