साईपालमा रुखबाट खसेर घाइते भएका व्यक्ति हेलिकप्टरमार्फत उद्धार, अर्की दीर्घरोगी महिलाको पनि उद्दार
Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ : साईपाल गाउँपालिका–४ का एक व्यक्ति रुखबाट खसेर गम्भीर घाइते भएपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
आज दिउँसो करिब १२:३० बजेतिर रुखबाट खसेर घाइते भएका स्थानीय सुनबहादुर रोकायाको अवस्था गम्भीर देखिएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत उनलाई सुर्खेत लगिएको हो । घाइतेको छिटो उपचार आवश्यक देखिएपछि साईपाल गाउँपालिकाले तत्काल नेपाली सेनालाई उद्धारको लागि अनुरोध गरेको थियो ।
साईपाल गाउँपालिकाका अध्यक्ष मानबीर बोहराका अनुसार सूचना पाएको केही समयमै हेलिकप्टर आएर रोकायालाई सुर्खेतस्थित अस्पताल पुर्याइएको हो ।
उक्त हेलिकप्टरमा साईपाल–५ बलौडीकी दीर्घरोगी महिला चैती बोहराको समेत उद्धार गरिएको छ । महिनौँदेखि अस्वस्थ अवस्थामा रहेको उनका लागि समेत गाउँपालिकाले हेलिकप्टरमार्फत उपचारको व्यवस्था मिलाएको हो।
...










