Advertisement

पतञ्जलि प्रकरणमा दुई महिनासम्म रोकिएको थियो निर्णय, आयुक्त चन्दले गरेका छैनन् हस्ताक्षर

Advertisement

२३ जेठ, काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग १७ चैत, २०८१ मा बयान लियो । त्यसको पाँच दिनपछि अर्थात २२ चैतमा पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनामाथि मुद्दा चलाउने निर्णय गरेको थियो । तर निर्णय गरेको दुई महिनापछि अर्थात २०८२ जेठ २२ गतेमात्र विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

 

पतञ्जलि जग्गा प्रकरणमा मुद्दा चलाउने निर्णय आयोगभित्र सर्वसम्मतिले गरेको भनिए पनि आयुक्त जयबहादुर चन्दले निर्णयमा हस्ताक्षर गरेका छैनन् । बैठकको निर्णयमा उनले फरक मत पनि लेखेका छैनन् ।

 

 

अख्तियार स्रोतले भन्यो, ‘त्यो दिन उहाँ आयोगमा उपस्थित भएपनि बैठकको निर्णयमा उहाँको हस्ताक्षर छैन । पछि गर्ने भनेर थाँती राखेको पनि हुनसक्छ ।’

 

 

अख्तियारको योजना अनुसार, निर्णय भएको दिन रातारात फाइलहरु तयार गर्ने र भोलिपल्ट बिहान विशेष अदालतमा मुद्दा दायर हुनुपर्ने थियो । तर दुई महिनासम्म अख्तियारले निर्णय गर्न सकेन । त्यसको कारण थियो, ‘राजनीतिक दबाब ।’

 

 

लामो समयसम्म गोप्य राखेको र सर्वोच्च अदालतले माग्दा समेत अरु कागजात पेश गरेर टारेको अख्तियारले अनुसन्धानमा निकै गोप्यता कायम राखेको थियो । सबै काम टुंगिएर पदाधिकारीहरुको बैठकमा प्रस्ताव पेश हुनासाथ अख्तियारका पदाधिकारीहरुले थाम्नै नसक्ने दबाब खेपे ।

 

 

‘यति लामो समयसम्म गोप्य हुने तर बैठकमा पेश हुनासाथ राजनीतिक तहमा लिक भएपछि हामीले के नै गर्नसक्थौं र ?’ अख्तियार स्रोतले भन्यो, ‘त्यसैले गर्दा मुद्दामा ढिलाइ भएको हो ।’

 

 

प्रायः संवेदनशील मुद्दाहरुमा हाइप्रोफाइल व्यक्तिहरुको अन्तिममा बयान लिने र तत्काल निर्णय गरेर अदालतमा मुद्दा लैजाने अख्तियारको अभ्यास छ । निर्णय भएको दिन अख्तियारका ४/५ जना कर्मचारीहरु राति अबेरसम्म बसेर मुद्दाका आवश्यक कागजात र फाइलहरु तयार गरेका थिए ।

 

 

निर्णयकै रातिदेखि प्रमुख दलका शीर्ष नेताहरु एकाएक सक्रिय भएका थिए । प्रधानमन्त्री र उनको सचिवालयले नै ‘प्रतिकुल परिस्थिति निम्तिन सक्ने’ भन्दै मुद्दा लैजान रोकेको थियो ।

 

लगत्तै सत्तासाझेदार नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत अरु नेताहरुले अख्तियारका पदाधिकारीहरुलाई त्यसरी मुद्दा दायर गर्न नहुने भनी चर्को दबाब दिएका थिए । त्यसपछि अख्तियारले मुद्दाको तयारी गरेका सबै कागजात त्यत्तिकै थन्क्यायो ।

 

घटनाको करिब दुई महिनापछि मात्रै अख्तियारले पतञ्जलि प्रकरणमा मुद्दा चलाएको हो । स्रोतका अनुसार, अदालतमा मुद्दा लैजानुअघि अख्तियार प्रमुख प्रेमकुमार राईले केही उच्चपदस्थ राजनीतिज्ञहरुलाई यसबारे जानकारी गराएका थिए ।

 

अख्तियारले करिब डेढ वर्ष अघिदेखि यो प्रकरणमा अनुसन्धान थालेको थियो । शुरुमा तल्ला तहका कर्मचारीबाट शुरु भएको अनुसन्धान उच्चपदस्थ कर्मचारी हुँदै राजनीतिक तहसम्म पुगेको थियो, अन्तिममा मात्रै पूर्वप्रधानमन्त्री नेपालको बयान भएको हो ।

 

‘उहाँलाई बोलाउनुपर्ने अवस्था आयो, प्रमुखज्यूको निर्देशन अनुसार शुरुमा बयानका लागि बोलायौं’ अख्तियार सम्वद्ध स्रोतले भन्यो, ‘उहाँले मन्त्रिपरिषदले गरेको निर्णयमाथि अख्तियारले छानबिन गर्न सक्दैन भन्ने भन्ने प्रतिक्रिया दिनुभयो । आउन तयार हुनुभएन ।’

 

त्यसपछि अनुसन्धान अधिकृतहरुले नेपालको जवाफबारे दुई आयुक्तको टोलीलाई ब्रिफिङ गरेका थिए । जसरी पनि बयानका लागि डाक्नु भन्ने निर्देशन भएपनि अख्तियारको टोलीले बयानमा नआए सञ्चारमाध्यमहरुमा सूचना प्रकाशित गर्ने र त्यही सूचना संघीय संसद सचिवालयमा टाँस्ने अवस्था आउनसक्ने चेतावनी दिएको थियो । त्यसपछि पूर्वप्रधानमन्त्री नेपाल अघिल्लोपटकझैं अख्तियारको टोली घरमा आए बयानका लागि तयार हुने प्रतिक्रिया दिएका थिए ।

 

तत्कालीन अख्तियार प्रमुख नवीनकुमार घिमिरेका पालामा अख्तियार सचिव सहितको टोली रातिमा घरमा पठाई ललिता निवास जग्गा अनियमितता प्रकरणबारे बयान लिएको थियो । नेपालले त्यतिबेला झैं यसपटक पनि आफ्नो निवासमा आएर बयान लिन आग्रह गरेको अख्तियारसम्वद्ध प्रहरी स्रोतले बतायो ।

 

‘आफू अशक्त भएकाले अख्तियार आएर बयान दिन सक्दिनँ’ भन्ने लिखित निवेदन दिएमा मात्रै त्यसबारेमा सोच्न सकिने भन्दै अख्तियार नेतृत्वले त्यसमा शर्त राख्यो ।

 

 

नेतृत्वले ‘बयान दिएको एकाध दिनमा फेरि सार्वजनिक कार्यक्रममा देखापरेमा आयोग र स्वयं तपाईलाई पनि अप्ठेरो पर्नसक्ने’ भनी चेतावनी सहितको सन्देश पठाएको थियो । अख्तियार स्रोतले भन्यो, ‘त्यसपछि उहाँ आयोगमै उपस्थित भएर बयान दिनुभएको हो ।’

 

स्रोतका अनुसार, त्यतिबेला पूर्वप्रधानमन्त्री नेपालले आफूमाथि राजनीतिक पूर्वाग्रह राखिएको र बयान गरेर सार्वजनिक छवि धुमिल्याउन खोजेको आशंका व्यक्त गरेका थिए । जवाफमा अख्तियार नेतृत्वले ‘निकै गोप्य रुपमा बयान हुने र त्यसको विवरण कतै लिक नहुने’ आश्वासन दिएको थियो ।

 

स्रोतका अनुसार, बयानको तयारीका क्रममा पनि निकै गोप्यता र सतर्कता अपनाइएको थियो । आयोगभित्रका सीमित व्यक्तिबाहेक अरुलाई माधव नेपाल बयानमा आएको र गएको सुइँकोसम्म थिएन ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज