Advertisement

बुढीगंगामा माटोका भाँडाकुँडा बनाउने एक महिनाको तालिम सम्पन्न, युवामा स्वरोजगारको आशा

Advertisement

बाजुरा: बुढीगंगा नगरपालिकामा एक महिनादेखि सञ्चालनमा रहेको माटोका भाँडाकुँडा बनाउने सीपमूलक तालिम हिजो एक कार्यक्रमका बीच समापन गरिएको छ । बुढिगंगा नगरपालिका सीप विकास तथा प्रशिक्षण केन्द्र र GIZ-RIP Green परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा सम्पन्न उक्त तालिमले स्थानीय युवाहरूलाई आत्मनिर्भर र व्यवसायमुखी बनाउने लक्ष्य लिएको हो ।

समापन समारोहमा नगर प्रमुख राम बहादुर बानियाँले सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै भने, “यो तालिमले कम्तीमा केही युवाहरूमा स्वरोजगारप्रतिको प्रेरणा जगाउनेछ भन्नेमा म ढुक्क छु। अब हामी नगरले पनि आवश्यक सहयोग पुर्‍याउनेछौं ताकि यी सीपहरू केवल अभ्यासमा मात्रै सीमित नहून्, व्यवसायको रूपमा विकास होउन्।”

कार्यक्रममा नगर उपप्रमुख माया खड्का (कुवर) ले सहभागी युवती र महिलाहरूको सक्रियता उल्लेख गर्दै भनिन्, “महिलाहरूको सहभागिता निकै उत्साहजनक देखियो। महिलाहरू पनि अब सशक्त र स्वरोजगारमुखी बन्ने चरणमा आइपुगेका छन्। यस्ता तालिमहरू अझै विस्तार गर्न नगरपालिका प्रतिबद्ध छ।”

तालिममा नगरका विभिन्न वडाबाट १५ जना बढि युवायुवतीको सहभागिता रहेको थियो । उनीहरूले परम्परागत माटोका भाँडाकुँडा निर्माणको प्रविधिबाट सुरु गरेर आधुनिक डिजाइन र टिकाउपनासमेत जोड्ने सीप सिकेका थिए । तालिम अवधिभर व्यावहारिक अभ्यास, कच्चा पदार्थको छनोट, मोल्डिङ, सुकाउने प्रक्रिया, पकाउने प्रविधि लगायत सम्पूर्ण चरणहरूको प्रयोगात्मक अभ्यास गरिएको थियो ।

स्थानीय समुदायका अगुवा, नगरका वडाध्यक्षहरू तथा प्रशिक्षकहरूको समेत उपस्थिति रहेको समापन कार्यक्रममा सहभागीहरूले तालिमपछि आफू व्यवसाय सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नगरपालिकाले पनि भविष्यमा तालिम पश्चातको अनुगमन, उपकरणको उपलब्धता र बजार विस्तारको पक्षमा काम गर्ने बताएको छ ।

यस तालिमले बुढीगंगाका युवाहरूमा परम्परागत सीपको संरक्षण मात्र नभई आर्थिक सशक्तीकरणतर्फको बाटो समेत देखाएको स्थानीयको धारणा छ ।

 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज