Advertisement

जयपृथ्वी नगरपालिकाका नाममा उच्च अदालत पाटन दिपायलद्घारा परमादेश जारि

Advertisement

दिपक राज जोशी / बझाङ: उच्च अदालत दिपायलले जयपृथ्वी नगरपालिका का नाममा परमादेश जारी गरेको छ । सुदुरपश्चिम प्रदेश सरकारले आर्थिक बर्ष २०८१÷८२ मा श्रीमन महाराज मन्दिर जयपृथ्वी नगरपालिका ७ का नाममा ३०,००,०००(तिस लाख ) विनियोजन गरिएको थियो । वास्तविक नाममा भन्दा फरक नाम राखेर प्रदेशको बजेट आएकोले समुदायमा विवाद सिर्जना भएको हो ।

उच्च अदालत दिपायलको मुद्घा नम्बर ण्डज्ञ–ध्इ–ण्ण्द्धट जयपृथ्वी नगरपालिकालाई विपक्षी बनाई कारण देखाउ आदेश जारि र छलफलमा झिकाउने आदेश दिएको छ । जयपृथ्वी नगरपलिका ७ नम्बर का स्थानिय रमेश महरले अदालतमा रिट निवेदन दर्ता गराएका थिए

७ नम्बर वडामा गैह्राकोट मष्टा मन्दिर र रिङनीमाणु मष्टा मन्दिर अवस्थीत छन् । तर प्रदेश सरकारकले श्रीमन महाराज मन्दिर जयपृथ्वी नगरपालिका ७ का नाममा रकम हालेपछि समुदायमा विवाद सिर्जना भएको थियो । दुई वटै मन्दिर पक्षका भक्तजनहरुले आ–आफ्नो मन्दिरमा बजेट आएको भनेर दाबी गरिरहेका छन् ।

गैह्राकोट मष्टा मन्दिर निर्माणमा भक्तजनहरुले करिब पचास लाख चन्दा संकलन गरेर निर्माण गर्न लागिरहेका छन । रिङनीमाणु मष्टा मन्दिर गत काम गरिसकेको थियो । नगरपालिकाले शुरुमा उपभोक्ता समिति निर्माण गरि योजना कार्यान्वयन गर्न खोजिरहेको थियो । उपभोक्ता समितिबाट निर्माण गर्न खोज्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालयमा निबेदन परिसकेपछि नगरपालिकाले टेन्डरको सुचना निकालेर काम अगाडि बढाएको थियो ।

उपभोक्ता समितिमा विवाद आएपछि टेन्डर पक्रियाबाट काम गर्न खोजिरहेको नगरपालिका नगर प्रमुख चेतराज बजालले जानकारि दिनुभयो । प्रदेश सरकारलाई स्थान एकिन गर्नका लागी पत्राचार गरेर स्थान एकिन भएपछि रिङनीमाणुमा काम को पक्रिया अगाडि बढाएको ७ नम्बर वडाका वडा अध्यक्ष सिव राज जोशीले बताउनु भयो । तर सो योजनाको रकम गैह्राकोट मष्टा मन्दिर का लागी विनीयोजित भयर आएको तर स्थानिय तहको र केहि बिचौलियाको जोडबलमा रिङनीमाणुमा काम गर्न लागी रहेको रिट निबेदन कर्ता रमेश महरको दाबी रहेको छ ।

नगरपालिकाले जग्गाधनि पुर्जा मष्टा मन्दिर को नाममा रहेको चौपाख्यामा काम गरिरहेको छ । तर प्रदेश सरकार बाट श्रीमन महाराज मन्दिर जयपृथ्वी नगरपालिका ७ को नाममा योजना वितरण गरेको थियो । श्रीमन महाराज मन्दिर पक्षधरले सुदुरपश्चिम प्रदेश सरकार आर्थिक मामिला मन्त्रालय तत्कालिन सचिब लिलाधर सुबेदि को पहल बाट उक्त योजना आएको दाबी गरिरहेका छन् । आवश्यकता भन्दा पहुचका आधारमा रकमको दुरुपयोग हुने गरेको छ । प्रदेश सरकारले सो योजना नगरपालिका बाट कार्यान्वयन गर्न खोजिरहेको बेला हचुवाको भरमा समुदायमा प्रचलित नाम भन्दा फरक नाम राखेर योजना आएको ले विवाद सिर्जना गराएको हो । शक्ति र पहुचका आधारमा योजनाको वास्तविक नाम भन्दा फरक नाम राखेर आबश्यकतालाई बाईपास गर्ने गरिन्छ

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज