Advertisement

कन्चनपुर

कञ्चनपुरमा डुबान, १० परिवार विस्थापित

कञ्चनपुरमा डुबान, १० परिवार विस्थापित

Breaking News 1, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कञ्चनपुर— कञ्चनपुरमा डुबानका कारण १० परिवार विस्थापित भएका छन्। पुनर्वास नगरपालिकाबाट ७, कृष्णपुर नगरपालिकाबाट २ र भीमदत्त नगरपालिकाबाट १ परिवारलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिएका छन्। उनका अनुसार, विस्थापित सबैलाई नजिकैको विद्यालय तथा आफन्तका घरमा बस्ने व्यवस्था गरिएको छ। "घर डुबानमा परेपछि मानिससहित गाईभैंसी र बाख्रालाई सुरक्षित स्थानमा लगिएको छ," उनले भने। पुनर्वास नगरपालिका–५ को पशुपतिचोक क्षेत्रका ७ परिवारलाई उद्धार गरी छिमेकीका घरमा राखिएको छ। त्यस्तै, कृष्णपुर नगरपालिका–७ स्थित कार्की कटान क्षेत्रका २ परिवारलाई सुरक्षित घरमा सारिएको छ। भीमदत्त नगरपालिका–१९ त्रिवेणी टोलकी कलावती जोशीको ५ सदस्यीय परिवारसहित २ गाई, १ भैँसी र ५ बाख्रालाई उद्धार गरी सिद्धनाथ आधारभूत विद्यालयमा अस्थायी बसोबासको व्यवस्थ...
महाकाली नदीमा पानीको बहाव उच्च: शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन आवागमन रोक

महाकाली नदीमा पानीको बहाव उच्च: शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन आवागमन रोक

Breaking News 1, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कञ्चनपुर– लगातारको वर्षासँगै महाकाली नदीमा पानीको बहाव अत्यधिक बढेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधनको आवतजावतमा रोक लगाइएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार शनिबार महाकाली नदीमा पानीको बहाव एक लाख १५ हजार क्युसेक पुगेपछि सावधानीस्वरूप सवारी सञ्चालनमा रोक लगाइएको हो। महाकालीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि आवागमनमा रोक लगाइन्छ,” डिएसपी बोहराले जानकारी दिए, “वर्तमान बहाव झनै उच्च भएकाले सतर्कता अपनाइएको छ।” जल तथा मौसम विज्ञान विभागले यही असार १६ गतेसम्म सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन सबैलाई आग्रह गरेको छ।...
अन्तर्राष्ट्रिय लागू औषधविरुद्धको दिवसमा कृष्णपुर–१ मा सचेतनामूलक र्‍याली

अन्तर्राष्ट्रिय लागू औषधविरुद्धको दिवसमा कृष्णपुर–१ मा सचेतनामूलक र्‍याली

Breaking News 2, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कञ्चनपुर– अन्तर्राष्ट्रिय लागू औषध तथा अवैध तस्करीविरुद्धको दिवसको अवसरमा कृष्णपुर नगरपालिका–१ मा सचेतनामूलक र्‍याली आयोजना गरिएको छ। बैजनाथ बाल क्लबको आयोजनामा तथा वडा नं. १ को आर्थिक सहयोगमा संचालन गरिएको र्‍याली दोमिल्लास्थित राधाकृष्ण मन्दिरबाट सुरु भई पहरिया वडा कार्यालयसम्म सम्पन्न भएको हो। झण्डै ४ किलोमिटर लामो सो र्‍यालीमा वडा नम्बर १ का जनप्रतिनिधि, अस्थायी प्रहरी पोस्ट पहरियाका प्रतिनिधि, शिक्षक, विभिन्न विद्यालयका बाल क्लब पदाधिकारी लगायत स्थानीयहरूको उल्लेख्य सहभागिता रहेको थियो। र्‍यालीमा ८२ जना बालबालिकासहित १०–१५ जना विभिन्न संघसंस्थाका कर्मचारीहरू सहभागी थिए। कार्यक्रमका क्रममा सहभागीहरूले लागू औषधको प्रयोगले व्यक्ति, परिवार र समाजमा पार्ने नकारात्मक असरबारे जनचेतना फैलाउने उद्देश्यले प्लेकार्ड र नाराबाजीसहित प्रदर्शन गरेका थिए। बालमैत्री समाज निर्माणका लागि वडा नं. १ ...
रोजगारीको प्रलोभनमा फसाइएका नेपाली युवाको उद्धार

रोजगारीको प्रलोभनमा फसाइएका नेपाली युवाको उद्धार

Breaking News 2, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कञ्चनपुर- रोजगारीको प्रलोभनमा पारेर भारत पुर्याइएका ५८ नेपाली युवालाई भारतीय प्रहरी, नेपाल प्रहरी, नागरिक संस्था र नेपाली दूतावासको सहकार्यमा बुधबार उद्धार गरिएको छ। उनीहरू उत्तराखण्डको रुद्रपुरमा २३ र कासिपुरमा ३५ जना गरी छुट्टाछुट्टै स्थानमा बन्धक बनाइएका थिए। घर–घरमा राखेर जबर्जस्ती थुनेको सूचना पाएपछि दूतावास र सुरक्षाकर्मीको टोलीले उनीहरूको उद्धार गरी गड्डाचौकी नाकाबाट नेपाल ल्याएको हो। कञ्चनपुर नाकामा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल र डीआईजी डम्बरबहादुर विश्वकर्माले उनीहरूलाई स्वागत गरे। सुदूरपश्चिमका युवालाई घर पठाउने व्यवस्था गरिएको छ भने अन्यलाई अस्थायी बसोबासको प्रबन्ध मिलाइएको छ। उद्धार गरिएका युवामध्ये कैलाली र डोटीका ११ जना छन् भने बाँकी चितवन, सुनसरी, पाँचथर, ताप्लेजुङ, स्याङ्जा, धादिङ, दाङ, कास्की, रुपन्देही, इलामलगायत १३ जिल्लाका ४६ जना रहेका छन्। घटनासँग सम्बन्...
सुदूरपश्चिमका स्थानीय तहहरूमा करार र ज्यालादारीका कर्मचारी भर्नामा कडाइ

सुदूरपश्चिमका स्थानीय तहहरूमा करार र ज्यालादारीका कर्मचारी भर्नामा कडाइ

अछाम, कन्चनपुर, कैलाली, डडेल्धुरा, डोटी, ताजा अपडेट, दार्चुला, बझाङ, बाजुरा, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी : सुदूरपश्चिम प्रदेशका स्थानीय तहहरूमा मनपरी ढङ्गले करार र ज्यालादारीका कर्मचारी भर्नामा कडाइ गरिएको छ।   सुदूरपश्चिम प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८०ले करार र ज्यालादारीमा कर्मचारी राख्ने कार्यलाई कडाइ गरेको हो।   स्थानीय सरकार प्रमुख वा अरू जनप्रतिनिधिले आफ्ना घर–परिवारका सदस्य, आफन्त, आसेपासे, कार्यकर्तालाई मनपरी तरिकाले करारमा कर्मचारी नियुक्त गर्दै आएका छन्। तर, सुदूरपश्चिम प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐनले ज्यालादारी वा करारमा नियुक्ति गर्न नपाइने व्यवस्था गरेको हो। ऐनको दफा १५ को उपदफा (१) मा यो ऐन प्रारम्भ भएपछि कर्मचारीले गर्नुपर्ने कामका लागि कुनै पनि व्यक्तिलाई ज्यालादारी वा करारमा नियुक्ति गर्न नपाइने उल्लेख गरिएको छ। उपदफा (१) विपरीत कसैले कुनै व्यक्तिलाई नियुक्ति गरेमा त्यसरी नियुक्ति पाएको व्यक्तिले पाएको तलब, भत्ता र अन्य स...
भूमि आयोगले कञ्चनपुरमा नापी गर्न थाल्यो  

भूमि आयोगले कञ्चनपुरमा नापी गर्न थाल्यो  

Breaking News 1, Breaking News 2, Breaking News 3, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कञ्चनपुर- भूमि समस्या समाधान आयोगले भूमिहीन र अव्यवस्थित बसोबासीको जग्गा नापीको काम सुरु गरेको छ।   आयोगले कञ्चनपुरका सबै पालिकामा नापी टोली गठन गरेर जग्गा नापीको काम गरिरहेको भूमि समस्या समाधान आयोगका अध्यक्ष नेत्रप्रकाश पन्तले जानकारी दिए। उनका अनुसार अहिले नापीका लागि सबैै पालिकामा टोली खटिएको छ। नापी टोलीमा आयोगका २० जना अमिन र १३ जना सर्वेक्षक छन् भने स्थानीय पालिकाका २७ अमिन र छजना सर्वेक्षकले जग्गा नापजाँचको काम गरिरहेको उनले बताए।   'हामीले असारसम्ममा चार हजार लालपूर्जा वितरण गर्ने गरी काम गरिरहेका छौँ', अध्यक्ष पन्तले भने, 'यहाँका सबै पालिकामा नापी टोली गठन भएर जग्गा नापीको काम भइरहेको छ।' उनले लालपूर्जाका लागि भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासी गरी ७२ हजार ९३० निवेदन परेको बताए। अध्यक्ष पन्तले यसअघि विघटन भएको आयोगले चार हजार ६५ सेतो लालपूर्...
सुदूरपश्चिम प्रदेशको क्रिकेट टोली घोषणा

सुदूरपश्चिम प्रदेशको क्रिकेट टोली घोषणा

Breaking News 1, Breaking News 2, Breaking News 3, अछाम, कन्चनपुर, कैलाली, खेलकुद, डडेल्धुरा, डोटी, ताजा अपडेट, दार्चुला, बझाङ, बाजुरा, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी - एसिसी पुरुष यु–१६ इस्ट जोन कप–२०२५ को छनोटका लागि सञ्चालन हुने राष्ट्रिय प्रतियोगिताका लागि सुदूरपश्चिमको टोली घोषणा गरिएको छ।   सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव लक्ष्मणदत्त भट्टका अनुसार सचिन भट्टको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको हो। टोलीको उपकप्तानमा अविरल विक तथा सदस्यहरुमा भास्कर जोशी, हिमाल दौल्याल, रविन भण्डारी, आहन थलाल, रवि दमाई, विक्रम बोहरा, लोकेश चन्द, सुवोध तिवारी, राहुल साउद, सुशील रावल, रितेश विष्ट र आयुष चन्द रहेका छन्।   यस्तै वैकल्पिक खेलाडीमा रुद्रप्रसाद आचार्य, धु्रव लुहार, महेश देउवा र शङ्कर बोहरा रहेका छन्। हालै सम्पन्न प्रदेशस्तरीय छनोटमा उत्कृष्ट प्रर्दशन गरेका खेलाडीलाई टोलीमा समोवश गरिएको हो। प्रदेशस्तरीय छनोट प्रतियोगिता गत वैशाख २६ गतेदेखि बैतडीको दशरथचन्द क्रिकेट रङ्गशाला र कैलालीको फाप्ला क्रिकेट मैदानमा सञ्चालन भए...
प्रचण्ड नेतृत्वको ‘जनतासँग माओवादी’ अभियान : कञ्चनपुरमा यस्ता छन् श्रृंखलाबद्ध कार्यक्रम

प्रचण्ड नेतृत्वको ‘जनतासँग माओवादी’ अभियान : कञ्चनपुरमा यस्ता छन् श्रृंखलाबद्ध कार्यक्रम

कन्चनपुर, समाचार, सुदूरपश्चिम
कञ्चनपुर : नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिबेला कञ्चनपुरमा हुनुहुन्छ । हुलाकी राजमार्ग केन्द्रित जनतासँग माओवादी तराई-मधेस जागरण अभियान अन्तर्गत बुधबार बिहानैदेखि कञ्चनपुरमा विभिन्न कार्यक्रमहरू भइरहेका छन् । एकाबिहानै अध्यक्ष प्रचण्ड सहित नेता-कार्यकर्ताहरू बिहानी पैदलयात्रा (मर्निङ वाक) मा हुनुहुन्छ । त्यसलगत्तै पुनर्वासमा सहिद परिवारसँग भेटघाट तथा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको प्रचण्ड सचिवालयले जनाएको छ । बिहान ९ बजे बेलौरीस्थित रामनगर खानेपानी आयोजना उद्घाटन कार्यक्रम रहेको छ । त्यसपछि बेलौरीको शोभातालस्थित सहिद स्मारकमा माल्यार्पण र शोभाताल क्षेत्रको अवलोकन गरिने बताइएको छ । बिहान १०:१५ बजेदेखि ११ बजेसम्म बेलौरी नगरपालिकाको सभाहलमा विशेष स्वागत तथा अन्तर्क्रिया कार्यक्रम आयोजना गरिने भनिएको छ । त्यसलगत्तै कलकत्ता हाटबजारको अवल...
हुलाकी सडकको अवस्था विरुद्ध बेलौरिका जनता आन्दोलित

हुलाकी सडकको अवस्था विरुद्ध बेलौरिका जनता आन्दोलित

Breaking News 1, Breaking News 2, Breaking News 3, कन्चनपुर, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बेलौरी । कञ्चनपुरको बेलौरी नगरपालिका–८ र ९ का स्थानीयवासी हुलाकी सडक निर्माणमा ठेकेदारको लापरवाही र आफुहरुले खेप्नुपरेको सास्तीका विरुद्ध आन्दोलित भएका छन् । आज सोमवार दिउँसो उनीहरुले कलकत्ता र रतनपुरबीचको पुल क्षेत्रमा सडक अवरुद्ध गर्दै आक्रोश पोखेका हुन् । २०७३ सालदेखि निर्माण थालिएको हुलाकी सडकको काम अझै अलपत्र छ । जिम्मा पाएको सिद्धिशाही–बाबाहंश जेभीले पटक–पटक समय थपेर समेत काम सम्पन्न नगरेपछि स्थानीयको धैर्य टुटेको हो । “काम गर्दैन, बिल उठाउँछ,“ आक्रोशित स्थानीयहरू भन्छन्, “दुई–चार दिन देखाउन काम गर्छ, फेरि हराउँछ । अब त आन्दोलनबाहेक विकल्प छैन ।“ ६२ किलोमिटर लम्बाइको डोकेबजार–बेलौरी–बेलडाँडी–दैजी हुलाकी सडक तीन खण्डमा विभाजन गरिएको छ । बेलौरीदेखि बेलडाँडीको २० किलोमिटर र बेलडाँडी–दैजीको २२ किलोमिटर खण्डमा करिब आठ पटक समय सिमा थपिएको भए पनि कामले गति लिएको छैन । सडकको हालक...
कञ्चनपुरका वेदकोटमा बेहाेस् भेटिएका वडाध्यक्षको मृत्यु

कञ्चनपुरका वेदकोटमा बेहाेस् भेटिएका वडाध्यक्षको मृत्यु

Breaking News 1, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कञ्चनपुर— कञ्चनपुरको वेदकोट नगरपालिका–९ का वडाध्यक्ष जनकबहादुर बिष्टको निधन भएको छ। बुधबार दिउँसो वेदकोट ताल नजिकै उनी बेहोस अवस्थामा फेला परेका थिए। पारिवारिक स्रोतका अनुसार, उपचारका क्रममा महाकाली प्रादेशिक अस्पतालमा उनको साँझ मृत्यु भएको हो। बिष्ट नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष थिए। निधनअघि उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै “हासो भित्रको पीडा” उल्लेख गरेका थिए। उनले एक जना आफन्तलाई फोन गरेर आफू संसारबाट बिदा हुन लागेको र छोराछोरीको ख्याल गरिदिन आग्रह गरेका थिए। आत्महत्या आशंका गरिएको छ, र उनले विषादी सेवन गरेको हुन सक्ने अनुमान गरिएको छ। यद्यपि, शव परीक्षणपछि मात्र यथार्थ खुल्ने चिकित्सकको भनाइ छ।...
जोगबुढा नदीमा कलर कोडसहितको गेज मिटर राखिँदै

जोगबुढा नदीमा कलर कोडसहितको गेज मिटर राखिँदै

Breaking News 1, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कञ्चनपुर- बर्सातको समय नजिकिँदै गएपछि जल तथा मौसम विज्ञान विभागले पनि पूर्वतयारी थालेको छ । जल तथा मौसम विज्ञान विभाग, महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाले बाढीले सबैभन्दा बढी प्रभावित हुने कञ्चनपुरको कुतियाकवरस्थित जोगबुढा नदीमा ‘कलर कोड’सहितको गेज मिटर राख्नका लागि अध्ययन गरेको छ । कलर कोडसहितको गेज मिटरले सर्वसाधारणलाई तुरुन्तै नदीको जल सतह थाहा पाउन सजिलो होस् भन्ने हेतुले कलर कोडसहितको गेज मिटर स्थापना गर्न लागेको जल तथा मौसम विज्ञान विभाग, महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका प्रमुख सञ्जयकुमार शाहले जानकारी दिए । उनका अनुसार महाकाली नदीमा गेज मिटर स्थापनाको कार्य सुरु भएको छ भने जोगबुढा नदीमा गेज मिटर राख्नका लागि अध्ययन भइरहेको छ । “तटीय क्षेत्रका जनताले विपद्को पूर्वतयारी गर्न सजिलो हुनेछ”, उनले भने, “यसले यहाँका जनताले सजिलैसँग आफ्नो आँखाले हेरेर तुरुन्त बाढीको जोखिमबा...
खोलामा डुबेर ११ वर्षीय बालकको मृत्यु

खोलामा डुबेर ११ वर्षीय बालकको मृत्यु

Breaking News 1, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कञ्चनपुर — कञ्चनपुरको लालझाडी गाउँपालिकामा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ। लालझाडी गाउँपालिका–ढक्का चानदेउका हरीश बिकका करिब ११ वर्षीय छोरा सिद्धार्थ बिकको शनिबार मछेली खोलामा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। साथीसँगै पौडी खेल्न गएका सिद्धार्थ डुबेर बेहोस भएपछि उनलाई तत्काल उद्धार गरी अस्पताल लगिएको थियो। तर उपचारको क्रममा मृत्यु भएको प्रहरीको प्रारम्भिक जानकारीमा उल्लेख छ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज