Advertisement

कन्चनपुर

शारदा ब्यारेजमा दोस्रो दिन पनि चार पांग्रे सवारी आवागमन रोक

शारदा ब्यारेजमा दोस्रो दिन पनि चार पांग्रे सवारी आवागमन रोक

Breaking News 2, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कञ्चनपुर- महाकाली नदीमा पानीको बहाव उच्च बनेपछि कञ्चनपुरस्थित शारदा ब्यारेज पुलमा आज (बुधबार) दोस्रो दिन पनि चार पांग्रे सवारीसाधनको आवागमनमा रोक लगाइएको छ। इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार बुधबार बिहान ८ बजेसम्म महाकाली नदीको पानीको बहाव १ लाख ६८ हजार ५३७ क्युसेक मापन गरिएको छ। मंगलबारदेखि नदीमा लगातार पानीको बहाव बढ्दो अवस्थामा रहेको छ। सय वर्ष पुरानो शारदा ब्यारेज जीर्ण अवस्थाका कारण जोखिम न्यूनीकरणका लागि नदीमा पानीको बहाव १ लाख क्युसेक नाघ्नेबित्तिकै चार पांग्रे सवारीसाधनको आवागमनमा रोक लगाउने व्यवस्था गरिएको हो।...
तीन दशक बित्दा पनि दोधारा–चाँदनी नहर निर्माण अधुरो, महाकाली सन्धि कार्यान्वयनमा ढिलाइ

तीन दशक बित्दा पनि दोधारा–चाँदनी नहर निर्माण अधुरो, महाकाली सन्धि कार्यान्वयनमा ढिलाइ

Breaking News 2, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कञ्चनपुर- नेपाल–भारतबीच महाकाली सन्धि सम्झौता भएको तीन दशक बितिसक्दा पनि सन्धिअनुसार दोधारा–चाँदनी नहर निर्माण अझै अन्योलमै रहेको छ। नेपालले नहरका लागि आवश्यक जग्गा अधिग्रहण गरी तयारी गरे पनि भारतीय पक्षले निर्माण गर्नुपर्ने १,१०० मिटर मूल नहर अहिलेसम्म निर्माण नगर्दा सन्धि कार्यान्वयनमा ढिलाइ भएको हो। महाकाली सन्धिअनुसार भारतले कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा सिँचाइका लागि शारदा नहरमार्फत ३५० क्युसेक पानी उपलब्ध गराउनुपर्ने प्रावधान छ। वि.सं. २०५२ माघ २९ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरसिंह रावले हस्ताक्षर गरेको उक्त सन्धि अझै कार्यान्वयनमा आउन सकेको छैन। महाकाली सिँचाइ आयोजना तेस्रो चरणका निर्देशक डा. योगेन्द्र मिश्रका अनुसार, नेपालले नहर निर्माणका लागि मुआब्जा वितरण गरेर जग्गा अधिग्रहण गरिसकेको छ। तर, भारतले निर्माण गर्नुपर्ने सीमावर्ती १,१००...
निर्मला पन्त को न्याय कता हरायो रमेश लेखक ज्यु – एस आर भट्ट

निर्मला पन्त को न्याय कता हरायो रमेश लेखक ज्यु – एस आर भट्ट

Breaking News 1, Breaking News 2, Breaking News 3, कन्चनपुर, घटना, दैनिक, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
[ निर्मला पन्तको न्याय कहाँ हरायो..?] २०७५ साउन १० गते, कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भयो। त्यो दिन देश पुरै स्तब्ध थियो , सडकदेखि सदनसम्म आवाज उठ्यो। तर, आज ठिक सात वर्ष विती सक्दा पनि न त दोषी पहिचान भए, न त न्याय सुनिश्चित नै भयो..। कतिपय प्रमाण नष्ट गरियो, अनुसन्धानमा लापरबाही भयो, निर्दोषहरूलाई फसाउने प्रयास देखियो। समयसँगै घटना बिर्सने र जनताको आक्रोश शान्त हुने अपेक्षा राख्नेहरू सफल भएजस्तै देखिन्छ। तर प्रश्न आज पनि उस्तै छन्..!! किन दोषी अझै पहिचान भएका छैनन्..? किन अनुसन्धान निष्कर्षमा पुगेन..? निर्मला पन्त को हत्या भएको जिल्ला कञ्चनपुरकै अहिलेका गृहमन्त्री छन् तर किन अझै यो विषय उनीहरूको प्राथमिकतामा परेको देखिँदैन..? गृह मन्त्रालयको जिम्मेवारी लिने व्यक्ति नै घटनास्थलको भूगोल र समाजलाई नजिकबाट चिनेको अवस्थामा पनि यदि निष्पक्ष र प्रभावका...
प्रतिपक्ष बस्दा न्याय माग्ने अहिले निर्मला पन्त को बलात्कार पछि हत्या कता हरायो गृहमन्त्री ज्यु – एस आर भाट्ट

प्रतिपक्ष बस्दा न्याय माग्ने अहिले निर्मला पन्त को बलात्कार पछि हत्या कता हरायो गृहमन्त्री ज्यु – एस आर भाट्ट

Breaking News 1, Breaking News 2, Breaking News 3, कन्चनपुर, घटना, दैनिक, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
[ निर्मला पन्तको न्याय कहाँ हरायो..?] २०७५ साउन १० गते, कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भयो। त्यो दिन देश पुरै स्तब्ध थियो , सडकदेखि सदनसम्म आवाज उठ्यो। तर, आज ठिक सात वर्ष विती सक्दा पनि न त दोषी पहिचान भए, न त न्याय सुनिश्चित नै भयो..। कतिपय प्रमाण नष्ट गरियो, अनुसन्धानमा लापरबाही भयो, निर्दोषहरूलाई फसाउने प्रयास देखियो। समयसँगै घटना बिर्सने र जनताको आक्रोश शान्त हुने अपेक्षा राख्नेहरू सफल भएजस्तै देखिन्छ। तर प्रश्न आज पनि उस्तै छन्..!! किन दोषी अझै पहिचान भएका छैनन्..? किन अनुसन्धान निष्कर्षमा पुगेन..? निर्मला पन्त को हत्या भएको जिल्ला कञ्चनपुरकै अहिलेका गृहमन्त्री छन् तर किन अझै यो विषय उनीहरूको प्राथमिकतामा परेको देखिँदैन..? गृह मन्त्रालयको जिम्मेवारी लिने व्यक्ति नै घटनास्थलको भूगोल र समाजलाई नजिकबाट चिनेको अवस्थामा पनि यदि निष्पक्ष र प्रभाव...
कञ्चनपुरका पाँच स्थानीय तहमा आइतबार सार्वजनिक विदा

कञ्चनपुरका पाँच स्थानीय तहमा आइतबार सार्वजनिक विदा

Breaking News 1, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर- रानाथारु समुदायको प्रमुख पर्व तीजको अवसरमा कञ्चनपुरका पाँच स्थानीय तहले आइतबार (साउन ११ गते) सार्वजनिक बिदा दिने भएका छन्। बिदा दिने पालिकाहरूमा कृष्णपुर, पुनर्वास, बेलौरी नगरपालिका तथा लालझाडी र बेलडाँडी गाउँपालिका रहेका छन्। बेलौरी नगरपालिकाका कार्यवाहक प्रमुख जोगराम चौधरीका अनुसार पालिकाले हरेक समुदायका पर्वलाई सम्मान गर्दै रानाथारु समुदायको सांस्कृतिक महत्वलाई ध्यानमा राखी बिदा दिने निर्णय गरेको हो। उनले धार्मिक तथा सांस्कृतिक चाडपर्वले सामाजिक एकता बलियो बनाउने भन्दै खर्चिलो बनाउनेभन्दा पनि आर्थिक मितव्ययिता अपनाउन आग्रह गर लालझाडी गाउँपालिकाले भने रानाथारु महिलाको तीज पर्व र थारु समुदायको गुरही पर्वको अवसरमा साउन ११ र १३ गते दुई दिन सार्वजनिक बिदा दिएको जनाएको छ। गाउँपालिका अध्यक्ष निर्मल रानाका अनुसार यी पर्व समुदायको मौलिक सांस्कृतिक पहिचानसँग जोडिएका छन्। रानाथ...
दुई दशकदेखि पुलमुनि जीवन, शुक्लाफाँटाका २८ परिवार अझै बेघर

दुई दशकदेखि पुलमुनि जीवन, शुक्लाफाँटाका २८ परिवार अझै बेघर

Breaking News 1, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका–११ स्थित बनहरा पुलमुनि २८ सुकुम्बासी परिवार दुई दशकदेखि अस्थायी टहरामा बसोबास गर्दै आएका छन्। डडेल्धुराको आलितालबाट विस्थापित दलबहादुर बोहरा सन् २०६२ सालदेखि बनहरा पुलको छेउमा पाल टाँगेर बस्न थालेका हुन्। “सम्पत्तिका नाममा केही छैन, कहिले काम पाइन्छ, कहिले पाइँदैन,” उनले भने। उनका अनुसार वर्षायाममा बाढी, सर्प र जङ्गली जनावरको त्रास बढ्ने गरेको छ। बाढीबाट जोगिनका लागि उनीहरू राजमार्गको थोरै अग्लो भूभागमा टहरा बनाएर बसेका छन्। राजमार्ग छेउमै बस्दै आएका अर्का स्थानीय लक्ष्मण विष्ट भन्छन्, “संघीयदेखि स्थानीय तहका पदाधिकारी ओहोरदोहोर गर्छन्, तर कसैले हाम्रो पीडा बुझ्दैनन्।” उनीहरू बारम्बार स्थानीय तहमा सुरक्षित बासको माग गरे पनि सुनुवाइ नभएको गुनासो गर्छन्। सुकुम्बासी प्रेमबहादुर साउदले भारतमा १३ वर्ष मजदुरी गरेर फर्किएपछि पनि यहाँ काम नपाएको बताए। “अब त...
कञ्चनपुरमा जंगली हात्तीको आतंक, स्थानीय त्रसित

कञ्चनपुरमा जंगली हात्तीको आतंक, स्थानीय त्रसित

Breaking News 1, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ दोमिल्लाका बासिन्दा जंगली हात्तीको आतंकबाट त्रसित भएका छन्। साउन २ गते मध्यरातमा एउटा हात्तीले मन्सरादेवी साउदको घर भत्काई अन्नपात सखाप पारेपछि त्रास झनै बढेको हो। मन्सरा साउदका अनुसार राति १ बजे घरको पर्खाल हल्लिएपछि उनी छोरासहित भागेर छिमेकीकहाँ शरण लिइन्। हात्तीले घर भत्काएर भित्रको खाद्यान्न खाएर बाँकी नष्ट गरेको उनले बताइन्। छिमेकी देवकी भट्टका अनुसार हात्तीले मन्सराको घरमात्रै तोडफोड गर्छ, वरिपरिका घरलाई छुँदैन। गत वर्ष पनि मन्सराकै खेतको धान सखाप बनाएको थियो। यस्तै, केही दिनअघि मणि साउदको घरमा पनि हात्तीले क्षति पु¥याएको छ। स्थानीय गौरी साउदले बस्तीमा सडकबत्ती नहुँदा राति खतरा थपिएको बताइन्। अँध्यारोमा हात्ती आएको थाहा नहुने र क्षति भएपछि मात्र जानकारी हुने भएकाले ज्यान जोगाउन गाह्रो हुने गरेको छ। ऐश्वर्या सामुदायिक वनको सीमामा प...
कञ्चनपुर कारागारमा तेब्बर बढी कैदीबन्दी, लागुऔषधसम्बन्धी मुद्दा प्रमुख

कञ्चनपुर कारागारमा तेब्बर बढी कैदीबन्दी, लागुऔषधसम्बन्धी मुद्दा प्रमुख

Breaking News 1, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कञ्चनपुर— महेन्द्रनगरस्थित जिल्ला कारागार कञ्चनपुरमा क्षमता भन्दा तेब्बर बढी कैदीबन्दी राखिएको छ। १६० जनाको क्षमता रहेको कारागारमा हाल ४५६ जना कैदीबन्दी रहेका छन्, जसमा २७ महिला र २६ जना भारतीय नागरिक रहेका छन्। कारागार कार्यालयका निमित्त प्रमुख रामदत्त जोशीका अनुसार, हाल सबैभन्दा बढी १६७ जना लागुऔषधसम्बन्धी मुद्दाका कैदीबन्दी छन्। “क्षमताभन्दा बढी बन्दी भएकाले पाल र टिनको सहायताले व्यवस्थापन गरिएको छ,” उनले बताए। उनका अनुसार, गत पुसमा बन्दी सङ्ख्या ५८० पुगेको थियो भने पछिल्लो समय अदालतबाट फैसला छिटो हुने क्रम बढेसँगै बन्दी घटेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सागर बोहराका अनुसार, लागुऔषध दुरुपयोगले चोरी, ठगी, जबरजस्ती करणीदेखि हत्या प्रयाससम्मका घटना बढाएको छ। “सहज पहुँच र साथीसँगको संगतका कारण लागुऔषध प्रयोगकर्ताको संख्या बढ्दो छ,” उनले भने। कारागारम...
शुक्लाफाँटामा जङ्गली हात्तीको बथान, बस्तीमा त्रास

शुक्लाफाँटामा जङ्गली हात्तीको बथान, बस्तीमा त्रास

Breaking News 1, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कञ्चनपुर- शुक्लाफाँटा नगरपालिकाको चुरे फेदीका वन क्षेत्रमा जङ्गली हात्तीको बथान देखापरेपछि बस्तीमा त्रास फैलिएको छ। वर्षात् सुरु भएसँगै भारतीय दुधुवा नेसनल पार्कबाट हात्ती चुरे क्षेत्रमा आइपुगेका हुन्। यसपटक अन्य वर्षको तुलनामा चाँडै हात्ती आएको बताइएको छ। सामुदायिक वनहरूमा हात्ती देखापर्न थालेपछि घाँस, दाउरा तथा सोतरका लागि वनमा जान उपभोक्तालाई रोकिएको छ। वातावरण मध्यवर्ती सामुदायिक वनका अध्यक्ष लोकेन्द्र जोशीका अनुसार हात्तीको बथान बाँसघारीमा देखिएको छ र उपभोक्तालाई वन क्षेत्रमा नजान अनुरोध गरिएको छ। बैजनाथ सामुदायिक वन अध्यक्ष बहादुरसिंह महराका अनुसार मानव बस्तीमा हात्ती पसेर क्षति पुर्याउने सम्भावना उच्च छ। त्यसैले स्थानीयलाई साँझबिहान वन क्षेत्रमा जान रोकिएको छ भने दिउँसो सतर्कता अपनाउन सुझाव दिइएको छ। हाल चुरे क्षेत्रमा १०–१५ हात्ती रहेको अनुमान छ। विगत तीन वर्षदेखि हात्तीले...
घाइते जनावरका सहारा बने विष्णु पनेरू

घाइते जनावरका सहारा बने विष्णु पनेरू

Breaking News 1, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कञ्चनपुर- वेदकोट नगरपालिका–९ लालपुरका विष्णु पनेरू घाइते छाडा जनावरको उद्धार र स्याहारमा समर्पित छन्। पेशाले नेचर गाइड रहेका पनेरु विगत सात वर्षदेखि घाइते पशुचौपायाको उपचारमा सक्रिय छन्। सडक दुर्घटना वा अमानवीय व्यवहारका कारण घाइते भएका जनावरको उद्धार गरेर उनले आफ्नै घरमा राखेर उपचार र स्याहार गर्दै आएका छन्। हालसम्म उनले एक हजारभन्दा बढी जनावरको उपचार गरिसकेको बताउँछन्। “घाइते चौपाया देख्नेबित्तिकै दया आउँछ, घरमै लगेर उपचार गर्छु,” पनेरु भन्छन्, “तर उपचारपछि व्यवस्थापनको स्रोत नहुँदा पुनः सडकमा छाड्नुपर्दा दुख लाग्छ।” हाल पनेरु आफ्नै घरमा १० वटा घाइते गाईगोरुको उपचार गरिरहेका छन्। सामाजिक सञ्जालमार्फत अभियानबारे जानकारी पाएका सात–आठ जना विद्यार्थी र युवा पनि अहिले पनेरुको अभियानमा साथ दिइरहेका छन्। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा कार्यरत पनेरुले मासिक झन्डै २५ हजार रुपैयाँ आम्...
छाउगोठमा महिलाको ज्यान गएपछि कञ्चनपुरमा १५ दिनभित्र गोठ हटाउन निर्देशन

छाउगोठमा महिलाको ज्यान गएपछि कञ्चनपुरमा १५ दिनभित्र गोठ हटाउन निर्देशन

Breaking News 1, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कञ्चनपुर- कञ्चनपुरको कृष्णपुर नगरपालिकामा छाउगोठमा सुत्न गएकी महिलाको सर्पदंशबाट मृत्यु भएपछि नगरपालिकाले सबै वडालाई तत्काल गोठ भत्काउन निर्देशन दिएको छ । शुक्रबार राति कृष्णपुर नगरपालिका–१ निगालीकी २८ वर्षीया कमला दमाई (आउजी) लाई महिनावारीको समयमा घरको आँगनमै बनाइएको गोठमा सुतिरहेको बेला सर्पले डसेको थियो। बायाँ गालामा सर्पले टोकिएपछि उनलाई तत्काल उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पुर्‍याइएको थियो। तर, उपचारका क्रममा शनिबार उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। घटनापछि कृष्णपुर नगरपालिकाले १५ दिनभित्र वडाभित्र रहेका सबै छाउगोठ भत्काउन निर्देशन दिएको छ। प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रप्रसाद भट्टका अनुसार, तोकिएको समयभित्र गोठ नहटाउने व्यक्तिलाई दश हजार रुपैयाँ जरिवाना गरिनेछ। मुलुकी अपराध संहिता २०७४ मा महिला रजस्वला वा सुत्केरी अवस्थामा छाउगोठमा रा...
छाउगोठको अँध्यारोमा सर्पले लियो कमलाको ज्यान

छाउगोठको अँध्यारोमा सर्पले लियो कमलाको ज्यान

Breaking News 1, कन्चनपुर, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कञ्चनपुर- २८ वर्षीया कमला दमाई दुई महिनाअघि मात्रै भारतबाट थाकेको शरीर, थिचिएको आत्मा लिएर घर फर्किएकी थिइन्। गाउँको धूलो, माइतीको झल्को, आफ्ना बालबच्चा, श्रीमान् र न्यानो छानाको आशा बोकेर उनी फर्किएकी थिइन्। तर त्यो न्यानो छानामुनि उनलाई ठाउँ थिएन — महिनावारी भएको भन्दै उनलाई धपाइयो, घरको छेउमै बनाइएको छाउगोठमा। शनिबार राति कृष्णपुर नगरपालिका–१, निगाली। उस्तै अँध्यारो रात थियो, जस्तै अँध्यारो समाजको सोच। कमला छाउगोठमा सुतिरहेकी थिइन्। अचानक केही चिसो महसुस भयो – त्यो चिसोपन एउटा विषालु सर्पको दंश थियो। गालामा टोकेर गयो। कराउँदै कमलालाई अस्पताल पुर्‍याइयो, सेती प्रादेशिक अस्पताल। तर समयले साथ दिएन। उपचारकै क्रममा उनले प्राण छाडिन्। श्रीमान् पुरन दमाई भन्छन्, “हाम्रो घर पक्की हो। बस्न ठाउँ पनि थियो। तर समाजको डरले उसलाई गोठमै राख्नुपर्‍यो।” कमलाले बस्नुपरेको त्यो गोठ छिमेकीको घरछेउमा...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज