Advertisement

कन्चनपुर

सम्झौता भएको ९ वर्षपछि दोदा नदीमा पुल निर्माण सुरु

सम्झौता भएको ९ वर्षपछि दोदा नदीमा पुल निर्माण सुरु

Breaking News 1, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कञ्चनपुर— कञ्चनपुरको कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिका भुली पर्सिया जोड्ने दोदा नदीमा अन्ततः पुल निर्माण सुरु भएको छ। यो पुल निर्माणका लागि २०७२ सालको पुसमा लुम्बिनी राजेन्द्रकुमार श्रेष्ठ जेभी कैलालीसँग २४ करोड २२ लाख ५७ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। सम्झौताअनुसार काम २०७५ को पुससम्म सम्पन्न हुनुपर्ने भए पनि विभिन्न प्राविधिक समस्याका कारण निर्माण सुरु हुन ९ वर्ष लाग्यो। डिभिजन सडक कार्यालयका सबइन्जिनियर भोजराज रानाका अनुसार काम सुरु भएको बेला तीनवटा पिलर निर्माण भएका थिए। तर, पिलरको फाउन्डेसनमा समस्या देखिएपछि लागत नबढाउने गरी डिजाइन परिवर्तन गरेर अर्को स्थानमा पुल सारिएको थियो। ‘फाउन्डेसनमै समस्या आएपछि पुल सार्नुपर्‍यो, अहिले तीव्र गतिमा काम भइरहेको छ, असारसम्म सक्ने योजना छ,’ सबइन्जिनियर रानाले बताए। पुल निर्माण कम्पनीका इन्जिनियर किशोरराज पाण्डेयका अनुसार...
कञ्चनपुरको गड्डाचौकी नाकाबाट विदेशी पर्यटक भित्रिने क्रम बढ्दो

कञ्चनपुरको गड्डाचौकी नाकाबाट विदेशी पर्यटक भित्रिने क्रम बढ्दो

Breaking News 1, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कञ्चनपुर– पश्चिमी सीमानाका गड्डाचौकी भएर नेपाल भित्रिने विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको छ । अध्यागमन कार्यालय गड्डाचौकीका अनुसार कोरोना महामारीपछि यो नाका भएर नेपाल आउने विदेशी पर्यटकको सङ्ख्या न्यून रहे पनि पछिल्लो दुई वर्षयता विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको कार्यालय प्रमुख कृष्णानन्द जोशीले बताउनुभयो । उहाँका अनुसार सन् २०२३ मा यो नाका भएर नौ सय ८३ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । यसैगरी सन् २०२४ मा एक हजार १५४ विदेशी पर्यटक यहाँबाट नेपाल आएका छन् । सन् २०२५ को अहिलेसम्म चार सय ५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् भने यस वर्ष मार्चमा मात्रै दुई ८९ जना नेपाल प्रवेश गरेका छन् । गड्डाचौकी नाकाबाट भित्रिने पर्यटकहरू पोखरा, बर्दिया, चितवन, लुम्बिनीलगायत ठाउँ घुम्नका लागि जाने गरेका कार्यालय प्रमुख जोशीले बताउनुभयो । यो नाकाबाट फ्रान्स, इटाली, स्पेन, कोरिया, जर्मन, अष्ट...
शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित

शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित

Breaking News 2, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, शिक्षा, समाचार, सुदूरपश्चिम
कञ्चनपुर- शिक्षकको काठमार्डौँ केन्द्रित आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित बनेको छ। सरकारले यही वैशाख २ गतेदेखि सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना अभियानको तयारी गरे पनि शिक्षक आन्दोलनमा हुँदा भर्ना अभियान प्रभावित बनेको हो । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक महासङ्घको नेतृत्वमा गत चैत २० गतेदेखि शिक्षकले सडक आन्दोलन गरिरहेका छन् । महासङ्घले शैक्षिक हड्तालसमेत घोषणा गरेको छ । उक्त हड्तालको समर्थनमा यहाँका विभिन्न सामुदायिक विद्यालयले सूचना जारी गर्दै शिक्षक महासङ्घको आन्दोलनलाई ऐक्यबद्धता जनाउँदै विद्यालयमा सबै शैक्षिक गतिविधि बन्द गरेको जानकारी गराएका छन् । महेन्द्रनगरस्थित महेन्द्रनगर माध्यमिक विद्यालयका प्रधानाध्यापक देवराज भट्टले सम्पूर्ण शैक्षिक कार्य बन्द गरिएको जानकारी दिए। “शिक्षक÷शिक्षिका आन्दोलनमा काठमाडौँ गएका छन् । शैक्षिक कार्य गर्ने वातावरण छैन ।”...
कञ्चनपुरमा एक युवक मृत फेला

कञ्चनपुरमा एक युवक मृत फेला

Breaking News 2, कन्चनपुर, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कञ्चनपुर- कञ्चनपुरमा एक युवक मृत फेला परेका छन्। लालझाँडी गाउँपालिका–२ कसुवा जंगलमा कृष्णपुर नगरपालिका–७ कलुवापुर बस्ने ३६ वर्षीय रामनिवास राना बिहीवार मृत अवस्थामा फेला परेका हुन्। यस सम्बन्धमा थप अनुसन्धान भरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
महाकालीमा बाँध निर्माण नहुँदा बस्ती जोखिममा

महाकालीमा बाँध निर्माण नहुँदा बस्ती जोखिममा

Breaking News 3, कन्चनपुर, समाचार, सुदूरपश्चिम
कञ्चनपुर - महाकाली नदीमा बनेको चार लेनको पक्की पुल छेउमा निर्माणाधीन पोखरीको गाइडबन्ड (बाँध) को डिजाइन स्वीकृत नहुँदा आठ महिनादेखि निमार्णको काम ठप्प छ। गत वर्ष भदौमा महाकाली नदीको बाढीले चार लेनको पक्की पुल छेउमा निर्माणाधीन पोखरीको गाइडबन्ड ९बाँध० भत्काएको थियो। उक्त बाँध बाढीले क्षति गरेको आठ महिनासम्म पुनर्निर्माण सुरु हुन सकेको छैन। बर्खा नजिकिए पनि गाइडबन्ड निर्माणको सुरसार नहुँदा महाकालीको बाढी बस्तीमै पस्ने जोखिम बढेको छ। महाकाली नदीमा निर्माण गरिएको पक्की पुलको पूर्वतर्फको गाइडबन्ड बगाएको र गत भदौ महाकालीको बाढी गाइडबन्ड भत्काएर बस्ती पस्दा भीमदत्त नगरपालिकाका तीन वडाका बस्ती डुबानमा परेका थिए। बर्खा नजिकिएपछि महाकाली नदीको बाढी गाउँ पस्ने जोखिम रहेको भन्दै यहाँका स्थानीय त्रसित बनेका छन्। स्थानीय समयमै बाँध निमार्णका लागि पटक–पटक पुल योजना कार्यालय र जिल्ला प्रशासन कार्यालय...
महेन्द्रनगरमा शैक्षिक प्रविधि सम्बन्धी छलफल कार्यक्र सम्पन्न

महेन्द्रनगरमा शैक्षिक प्रविधि सम्बन्धी छलफल कार्यक्र सम्पन्न

Breaking News 1, कन्चनपुर, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कञ्चनपुर- कञ्चनपुरमा शैक्षिक प्रविधि सम्बन्धी छलफल कार्यक्र सम्पन्न भएको छ । नोट स्विफ्ट प्राइभेट लिमिटेडले आयोजना गरेको उक्त तालिम आज महेन्द्रनगरमा सम्मान भएको हो नेपालको शिक्षा प्रणालीमा प्रविधि समावेशीकरणको उद्देश्यसहित कार्यक्रमको आयोजना गरिएको जनाइएको छ । नेपालको शिक्षा क्षेत्रको भविष्यका लागि भन्ने मूल नाराका साथ आयोजित सो कार्यक्रममा शिक्षा क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो। कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड, सुदूरपश्चिम शाखाका प्रतिनिधि राम दत्त भट्ट, सार्क एजुकेसन फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत डा. लक्ष्मण बस्नेत, सुदूरपश्चिम विश्वविद्यालयकी उप–प्राध्यापक निशा भट्ट, वेद एपका निर्देश द्वा, श्री लक्ष्मी माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रमानन्द नाथ, तथा नोट स्विफ्ट प्राइभेट लिमिटेडका संस्थापक एवं (सिइओ) विकास पाण्डेय लगायतको उपस्थिति रहेको थियोे ...
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा वन्यजन्तु उद्धार केन्द्र बन्दै

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा वन्यजन्तु उद्धार केन्द्र बन्दै

Breaking News 3, कन्चनपुर, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कञ्चनपुर- शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पूर्वी क्षेत्र अर्जुनीमा बाघ–चितुवा लगायतका जनावरलाई उद्धार गरी राख्नका लागि वन्यजन्तु उद्धार केन्द्र निर्माण अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषको एक करोड बढीको लगानीमा दुई उद्धार केन्द्र निर्माण भइरहेका छन् । केन्द्रका लागि पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको कोषका कञ्चनपुर कार्यालय प्रमुख लक्ष्मीराज जोशीले बताए । “खानेपानी, विद्युत्, सिसिटिभी जडानको कार्य हुन बाँकी छ” उनले भने, “केन्द्रको चारैतिर सडक ९पहुँच मार्ग० निर्माण भइरहेको छ,भने घेरबार राख्ने कार्य हुन बाँकी रहेको छ ।” केन्द्रको भौतिक पूर्वाधार निर्माणको पूरा हुनै लागे पनि अन्य कार्यका लागि दातृ निकायको खोजी गरी रहेको उनले उल्लेख गरे ।“बाघ–चितुवा लगायतका जनावरलाई निकुञ्जको मध्यवर्ती क्षेत्रबाट उद्धार गरेर ल्याएपछि खुवाउने आहाराको व्यवस्थाका लागि पनि आवश्यक बजेटको जो...
कञ्चनपुरको टेंढुवा गाउँबाट नियन्त्रणमा लिइएको पाटेबाघलाई निकुञ्जमा छाडियो

कञ्चनपुरको टेंढुवा गाउँबाट नियन्त्रणमा लिइएको पाटेबाघलाई निकुञ्जमा छाडियो

Breaking News 3, कन्चनपुर, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कञ्चनपुर- कञ्चनपुरको बेलौरी नगरपालिका–२ टेंढुवा गाउँबाट नियन्त्रणमा लिइएको बयस्क भाले पाटेबाघलाई गएराति शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा छाडिएको छ । डिभिजन वन कार्यालयका प्रमुख रामविचारी ठाकुरका अनुसार बाघलाई निकुञ्जको कोर एरिया (भित्री भाग)को सुरक्षित प्राकृतिक बासस्थानमा छाडिएको हो । आइतबार गहुँबारीबाट सुरक्षित रुपमा उद्धार गरी ल्याएको बाघको स्वास्थ्य परीक्षण गरिएको थियो । बाघ स्वस्थ्य रहेको पाइएपछि निकुञ्ज क्षेत्रमा छाडिएको हो । डिभिजन वन कार्यालय कञ्चनपुर, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, जिल्ला प्रशासन कार्यालयलगायत सुरक्षा निकायसँगको छलफलपछि बाघलाई निकुञ्ज क्षेत्रमै छाड्ने निर्णय गरिएको प्रमुख ठाकुरले बताए । रासस...
कञ्चनपुरबाट मोटरसाइकल चोरीमा संलग्न ३ जना पक्राउ

कञ्चनपुरबाट मोटरसाइकल चोरीमा संलग्न ३ जना पक्राउ

Breaking News 3, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कञ्चनपुर- कञ्चनपुरबाट मोटरसाइकल चोरीमा संलग्न तीन जना पक्राउ परेका छन्। जिल्लाको बेदकोट नगरपालिका–५ का महेश डगौराको घरमा राखेको म १ प १९०५ नम्बरको मोटरसाइकल फागुन २६ गते राति चोरी भएको थियो। उक्त मोटरसाइकल चोरीमा संलग्न कञ्चनपुरको बेदकोट नगरपालिका–७ बस्ने योगेन्द्र बोहरा सोही ठाउँ बस्ने विनोद खड्का र इस्कर बोहरालाइ यहीँ चैत्र १६ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। मोटरसाइकल नम्बर प्लेट परिवर्तन गरि चलाइराखेको अवस्थामा प्रहरीले फेला पारेको जनाएको छ। कञ्चनपुर जिल्ला अदालतले परेकाहरुमाथी ७ दिनको म्याद थप गरि अनुसन्धान कार्य भई रहेको जनाएको छ।...
कञ्चनपुरमा ट्याक्टरसँग स्कुटी ठोक्किदा पछाडि सवार एकजना मृत्यु

कञ्चनपुरमा ट्याक्टरसँग स्कुटी ठोक्किदा पछाडि सवार एकजना मृत्यु

Breaking News 3, कन्चनपुर, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी- कञ्चनपुरमा ट्याक्टरसँग स्कुटी ठोक्किदा एक जनाको मृत्यु भएको छ । जिल्लाको भिमदत्त नगरपालिका–११ मा म १ त १०२० नम्बरको ट्याक्टरमा सोही दिशातर्फ जाँदै गरेको सुपप्र ०२–००३ प ६७३२ नम्बरको स्कुटी पछाडीको भागमा ठोक्किएको थियो । दुर्घटनामा स्कुटी पछाडि सवार ४० वर्षीय प्रेम गिरीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । गिरीलाई धनगढीको मायामेट्रो अस्पतालले भारतको भोजीपुरा रेफर गरेको थियो । तर, भारत नलग्दै चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको प्रहरीले जनाएको छ । स्कुटी चालक सोही ठाउँ बस्ने ४२ वर्षीय सन्तोष कुँवरलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।...
कञ्चनपुरमा चितुवा भगाउने क्रममा आक्रमण गर्दा २ जना घाइते

कञ्चनपुरमा चितुवा भगाउने क्रममा आक्रमण गर्दा २ जना घाइते

Breaking News 1, कन्चनपुर, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी- कञ्चनपुरमा चितुवाको आक्रमणबाट २ जना घाइते भएका छन्। बिहिवार दोधरा-चाँदनी नगरपालिका-३ शिबनगर टोलमा खेतमा देखिएको चितुवालाई भगाउने क्रममा आक्रमण गर्दा २ जना घाइते भएका हुन्। घाइते हुनेमा दोधारा-चाँदनी नगरपालिका-३ का २७ वर्षीय राजु सुनार र २३ वर्षीय अर्जुन बुढा रहेका प्रहरीले जनाएको छ। घाइते दुबै जनालाइ दोधरा-चाँदनी अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागी महाकाली प्रादेशिक अस्पतालमा रेफर गरिएको प्रहरीले जनाएको छ।...
कैलाली र कञ्चनपुरका रानाथारू समुदायमा खखडेहरा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक विदा

कैलाली र कञ्चनपुरका रानाथारू समुदायमा खखडेहरा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक विदा

Breaking News 1, कन्चनपुर, कैलाली, ताजा अपडेट, समाचार
धनगढी- कैलाली र कञ्चनपुरका राना थारू समुदायले परम्परागत ‘खखडेहरा पर्व’ उल्लासपूर्वक मनाउँदैछन् । आज शुक्रबार यी क्षेत्रमा बसोबास गर्ने राना थारू समुदायले परम्परागत होली पर्वको अन्तिम दिनलाई खखडेहरा पर्वका रूपमा मनाउने परम्परा रहिआएको छ। सुदूरपश्चिम प्रदेश सरकारले यो पर्वका अवसरमा सार्वजनिक विदा दिएको छ। राना थारू समुदायका नागरिकहरूको दीर्घायु, रोगव्याधीबाट मुक्ति तथा नकारात्मक शक्तिबाट बचाउन यो पर्व मनाइने गरिएको छ। राना थारू समुदायमा फागु पूर्णिमादेखि एक महिनासम्म परम्परागत शैलीमा होली मनाइने चलन छ। यस अवधिमा प्रत्येक राति होली मनाइन्छ। खखडेहरा पर्वको दिन बिहानै गाउँभरिका मानिसहरू खखडेहरा फुटाउन जाने परम्परा छ। खखडेहरा फुटाउने क्रममा गाग्रो, लोटा, खपटेलका टुक्रा, माटोको मट्याङ्ग्रा, सात प्रकारका अन्न तथा सुकेको गोबर जस्ता सामग्री आवश्यक पर्छ। राना थारू समुदायका हरेक घरबाट मानिसहरू ब...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज