Advertisement

अन्तर्राष्ट्रिय लागू औषधविरुद्धको दिवसमा कृष्णपुर–१ मा सचेतनामूलक र्‍याली

Advertisement

कञ्चनपुर– अन्तर्राष्ट्रिय लागू औषध तथा अवैध तस्करीविरुद्धको दिवसको अवसरमा कृष्णपुर नगरपालिका–१ मा सचेतनामूलक र्‍याली आयोजना गरिएको छ।
बैजनाथ बाल क्लबको आयोजनामा तथा वडा नं. १ को आर्थिक सहयोगमा संचालन गरिएको र्‍याली दोमिल्लास्थित राधाकृष्ण मन्दिरबाट सुरु भई पहरिया वडा कार्यालयसम्म सम्पन्न भएको हो।
झण्डै ४ किलोमिटर लामो सो र्‍यालीमा वडा नम्बर १ का जनप्रतिनिधि, अस्थायी प्रहरी पोस्ट पहरियाका प्रतिनिधि, शिक्षक, विभिन्न विद्यालयका बाल क्लब पदाधिकारी लगायत स्थानीयहरूको उल्लेख्य सहभागिता रहेको थियो।
र्‍यालीमा ८२ जना बालबालिकासहित १०–१५ जना विभिन्न संघसंस्थाका कर्मचारीहरू सहभागी थिए।
कार्यक्रमका क्रममा सहभागीहरूले लागू औषधको प्रयोगले व्यक्ति, परिवार र समाजमा पार्ने नकारात्मक असरबारे जनचेतना फैलाउने उद्देश्यले प्लेकार्ड र नाराबाजीसहित प्रदर्शन गरेका थिए।
बालमैत्री समाज निर्माणका लागि वडा नं. १ लाई २०८३ सालसम्म ‘बालमैत्री वडा’ घोषणा गर्ने अभियान अन्तर्गत यस्ता कार्यक्रमलाई प्राथमिकतामा राखिएको बैजनाथ बाल क्लबका कोषाध्यक्ष वासुदेव पाण्डयले जानकारी दिए।
सचेतनामूलक अभियान अन्तर्गत भोलि बिहान ठिक ७ बजेदेखि कालिका मावि बन्डबाट अर्को र्‍याली सुरु भई वङ्क हुँदै पुनः वडा कार्यालयमै समापन गरिने कार्यक्रम रहेको बताइएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। दुई देशबीच पाँच महिन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज