Advertisement

भूमि आयोगले कञ्चनपुरमा नापी गर्न थाल्यो  

Advertisement

कञ्चनपुर– भूमि समस्या समाधान आयोगले भूमिहीन र अव्यवस्थित बसोबासीको जग्गा नापीको काम सुरु गरेको छ।

 

आयोगले कञ्चनपुरका सबै पालिकामा नापी टोली गठन गरेर जग्गा नापीको काम गरिरहेको भूमि समस्या समाधान आयोगका अध्यक्ष नेत्रप्रकाश पन्तले जानकारी दिए। उनका अनुसार अहिले नापीका लागि सबैै पालिकामा टोली खटिएको छ। नापी टोलीमा आयोगका २० जना अमिन र १३ जना सर्वेक्षक छन् भने स्थानीय पालिकाका २७ अमिन र छजना सर्वेक्षकले जग्गा नापजाँचको काम गरिरहेको उनले बताए।

 

‘हामीले असारसम्ममा चार हजार लालपूर्जा वितरण गर्ने गरी काम गरिरहेका छौँ’, अध्यक्ष पन्तले भने, ‘यहाँका सबै पालिकामा नापी टोली गठन भएर जग्गा नापीको काम भइरहेको छ।’ उनले लालपूर्जाका लागि भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासी गरी ७२ हजार ९३० निवेदन परेको बताए। अध्यक्ष पन्तले यसअघि विघटन भएको आयोगले चार हजार ६५ सेतो लालपूर्जा बनेको बताए। ‘असअघिको आयेगले बनाएको सेतो लालपूर्जाको अधूरो काम पनि गरिरहेका छौँ’, उनले भने, “सीमित स्रोत र साधनका बाबजुद पनि हामीले तीव्र काम गरिरहेका छौँ।’

 

भीमदत्त नगरपालिकामा भूमिहीन दलित, नौ सय २२, भूमिहीन सुकुम्वासी आठ सय ८७ र अव्यवस्थित बसोवासी ६ हजारको लगत सङ्कलन गरिएको छ। त्यसैगरी बेदकोट नगरपालिकामा भूमिहीन दलित तीन सय ६, भूमिहीन सुकुम्बासी दुई सय पाँच र अव्यवस्थित बसोबासी नौ हजार २१ जनाको लगत सङ्कलन गरिएको छ। कृष्णपुर नगरपालिकामा भूमिहीन दलित ९९, भूमिहीन सुकुम्बासी एक सय र अव्यवस्थित बसोबासी पन्ध्र हजार ९६२ छन्।

 

शुक्लाफाँटा नगरपालिकामा भूमिहीन दलित एक सय ९३, भूमिहीन सुकुम्बासी एक सय ५४ र अव्यवस्थित बसोबासी एघार हजार ४८९ जनाको लगत सङ्कलन गरिएको छ। आयोगका अनुसार दोधारा चाँदनी नगरपालिकामा भूमिहीन दलित एक सय ७६, भूमिहीन सुकुम्बासी दुई सय ६० र अव्यवस्थित बसोबासी तीन हजार ५६१ छन्। त्यसैगरी बेलौरी नगरपालिकामा भूमिहीन दलित एक सय १८, भूमिहीन सुकुम्बासी एक सय ८८ र अव्यवस्थित बसोबासी पाँच हजार तीन सय गरी पाँच हजार छ सय ६ को लगत सङ्कलन गरिएको छ।

 

पुनर्वास नगरपालिकामा भूमिहीन दलित सात सय ७१, भूमिहीन सुकुम्बासी आठ सय ७५ र अव्यवस्थित बसोबासी ६ हजार ७६० रहेका छन्। बेल्डाँडी गाउँपालिकामा भूमिहीन दलित एक सय ९७, भूमिहीन सुकुम्बासी एक सय ९५ र अव्यवस्थित बसोबासीको चार हजार ४०३ छन्। आयोगका अनुसार लालझाडी गाउँपालिकामा भूमिहीन दलित २२, भूमिहीन सुकुम्बासी ९० र अव्यवस्थित बसोबासी चार हजार ४६९ जना छन्।

 

यीमध्ये तीन सय सात परिवारले जग्गाधनी प्रमाण पूर्जा प्राप्त गरेका छन्। जसमा बेदकोट नगरपालिकाका ८५, कृष्णपुर नगरपालिकाका ९०, बेलौरी नगरपालिकाका २१, दोधारा चाँदनी नगरपालिकामा २४ र शुक्लाफाँटा नगरपालिकाका ८७ परिवारलाई यसअघि विघटित भूमि आयोगले जग्गाधनी प्रमाण पूर्जा वितरण गरिएको अध्यक्ष पन्तले बताए।

 

उनका अनुसार, आयोगले भीमदत्त नगरपालिकाका–४, १४, १५, ११ र १७ मा जग्गा नापजाँच गरेको थियो। त्यसैगरी बेदकोट नगरपालिकाको सबै वडामा एक हजार ९२४ हेक्टर जग्गा नापी गरिएको छ। कृष्णपुर नगरपालिकाका वडा नम्बर १, २, ४, ८ र ९ मा दुई हजार ३० हेक्टर जग्गा नापी भएको छ। शुक्लाफाँटा नगरपालिकामा वडा १, २, ३, ९ मा आठ सय १६ दशमलव ३८ हेक्टर जग्गा नापी भएको छ भने वडा १२ र १० मा नापी हुन बाँकी छ।

 

दोधारा चाँदनी नगरपालिकामा–८ मा पाँच सय ५२ हेक्टर जग्गा नापी गरिएको छ भने वडा ५, ३, ९ र १० मा नापीको काम भइरहेको आयोगले जनाएको छ । त्यसैगरी बेलौरी नगरपालिकामा वडा ४, ८ र १० मा नापी सम्पन्न गरिएको छ। पुनर्वास नगरपालिकामा एक सय २४ हेक्टर जग्गा नापी भएको छ। बेलडाँडी गाउँपालिकाका सबै वडामा एक हजार चार सय हेक्टर जग्गा नापी भएको छ भने लालझाडी गाउँपालिकामा वडा ४, ५ र ६ मा २१ हेक्टर जग्गा

नापी भएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज