कञ्चनपुर — कञ्चनपुरको लालझाडी गाउँपालिकामा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ।
लालझाडी गाउँपालिका–ढक्का चानदेउका हरीश बिकका करिब ११ वर्षीय छोरा सिद्धार्थ बिकको शनिबार मछेली खोलामा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
साथीसँगै पौडी खेल्न गएका सिद्धार्थ डुबेर बेहोस भएपछि उनलाई तत्काल उद्धार गरी अस्पताल लगिएको थियो। तर उपचारको क्रममा मृत्यु भएको प्रहरीको प्रारम्भिक जानकारीमा उल्लेख छ।

