कञ्चनपुर– लगातारको वर्षासँगै महाकाली नदीमा पानीको बहाव अत्यधिक बढेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधनको आवतजावतमा रोक लगाइएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार शनिबार महाकाली नदीमा पानीको बहाव एक लाख १५ हजार क्युसेक पुगेपछि सावधानीस्वरूप सवारी सञ्चालनमा रोक लगाइएको हो।
महाकालीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि आवागमनमा रोक लगाइन्छ,” डिएसपी बोहराले जानकारी दिए, “वर्तमान बहाव झनै उच्च भएकाले सतर्कता अपनाइएको छ।”
जल तथा मौसम विज्ञान विभागले यही असार १६ गतेसम्म सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन सबैलाई आग्रह गरेको छ।

