Advertisement

भोजबहादुर बमद्वारा कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

Advertisement

धनगढी- कैलाली क्षेत्र नं. ४ बाट नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका लागि भोजबहादुर बमले केन्द्रीय महाधिवेशन प्रतिनिधि (खुला पुरुष) पदमा उम्मेदवारी घोषणा गरेका छन्।
लामो समयदेखि कांग्रेसको संगठन निर्माणमा सक्रिय बम पार्टीभित्र अनुभवी नेता तथा समाजसेवीका रूपमा परिचित छन्। उनले नेपाल विद्यार्थी संघ कैलाली जिल्ला सदस्यबाट राजनीतिक यात्रा सुरु गरेका थिए। त्यसपछि नेपाल तरुण दल जिल्ला सदस्य, नेपाली कांग्रेस क्षेत्रीय सदस्य, जिल्ला पार्टी सदस्य हुँदै महाधिवेशन प्रतिनिधिसम्मको जिम्मेवारी सम्हालिसकेका छन्।
राजनीतिसँगै सामाजिक तथा सहकारी अभियानमा समेत सक्रिय बमले राष्ट्रिय सहकारी महासंघमा तीन कार्यकाल नेतृत्व गर्दै सहकारी क्षेत्रको विकासमा योगदान पुर्‍याएका छन्। हाल नेपाली कांग्रेसबाट निर्वाचित गौरीगंगा नगरपालिकाका उपप्रमुख रहेका बम विभिन्न सामाजिक गतिविधिमा समेत सक्रिय छन्।
उम्मेदवारी घोषणा गर्दै बमले पार्टीले विद्यार्थी जीवनदेखि हालसम्म दिएको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गरेको बताउँदै कैलाली–४ को आवाज केन्द्रसम्म पुर्‍याउने उद्देश्यले उम्मेदवारी दिएको बताएका छन्।
उनले सभापति गगन थापाको नेतृत्वमा ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानलाई सार्थक बनाउन आफ्नो उम्मेदवारी रहेको उल्लेख गर्दै सहयोगका लागि पार्टीका नेता तथा कार्यकर्तासँग आग्रह गरेका छन्।
सभापति गगन थापा निकट मानिने बमको उम्मेदवारी घोषणासँगै कैलाली क्षेत्र नं. ४ मा कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचनलाई लिएर चहलपहल बढेको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
बझाङमा ट्याक्टर दुर्घटना, चालकसहित ६ जना घाइते

बझाङमा ट्याक्टर दुर्घटना, चालकसहित ६ जना घाइते

बझाङ- जयपृथ्वी नगरपालिका–११ सिमभाडीमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्। भोपुरबाट चैनपुरतर्फ आउँदै गरेको सुदू...
महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारूको शव फेला

महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारूको शव फेला

कञ्चनपुरको महाकाली नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीका असई सागरराज थारूको शव पाँच दिनपछि फेला परेको छ। असोज २४ गते चुँडिएको नेप...
सुदूरपश्चिममा बजेटप्रति असन्तुष्टि, एमालेका प्रदेशसभा सदस्य थापाद्वारा राजीनामा

सुदूरपश्चिममा बजेटप्रति असन्तुष्टि, एमालेका प्रदेशसभा सदस्य थापाद्वारा राजीनामा

धनगढी - सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि जनाउँदै नेकपा (एमाले) का प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री वीरबहादु...
भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन

भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन

काठमाण्डौ- गएको भदौ १० गते रसुवा–केरुङ क्षेत्रमा आएको विनाशकारी बाढीअघि लाङटाङ लिरुङ हिमालको उत्तरी भिरमा ४० सेन्टिमिटरसम्म भू–विस...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज