Advertisement

भोजबहादुर बमद्वारा कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

Advertisement

धनगढी- कैलाली क्षेत्र नं. ४ बाट नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका लागि भोजबहादुर बमले केन्द्रीय महाधिवेशन प्रतिनिधि (खुला पुरुष) पदमा उम्मेदवारी घोषणा गरेका छन्।
लामो समयदेखि कांग्रेसको संगठन निर्माणमा सक्रिय बम पार्टीभित्र अनुभवी नेता तथा समाजसेवीका रूपमा परिचित छन्। उनले नेपाल विद्यार्थी संघ कैलाली जिल्ला सदस्यबाट राजनीतिक यात्रा सुरु गरेका थिए। त्यसपछि नेपाल तरुण दल जिल्ला सदस्य, नेपाली कांग्रेस क्षेत्रीय सदस्य, जिल्ला पार्टी सदस्य हुँदै महाधिवेशन प्रतिनिधिसम्मको जिम्मेवारी सम्हालिसकेका छन्।
राजनीतिसँगै सामाजिक तथा सहकारी अभियानमा समेत सक्रिय बमले राष्ट्रिय सहकारी महासंघमा तीन कार्यकाल नेतृत्व गर्दै सहकारी क्षेत्रको विकासमा योगदान पुर्‍याएका छन्। हाल नेपाली कांग्रेसबाट निर्वाचित गौरीगंगा नगरपालिकाका उपप्रमुख रहेका बम विभिन्न सामाजिक गतिविधिमा समेत सक्रिय छन्।
उम्मेदवारी घोषणा गर्दै बमले पार्टीले विद्यार्थी जीवनदेखि हालसम्म दिएको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गरेको बताउँदै कैलाली–४ को आवाज केन्द्रसम्म पुर्‍याउने उद्देश्यले उम्मेदवारी दिएको बताएका छन्।
उनले सभापति गगन थापाको नेतृत्वमा ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानलाई सार्थक बनाउन आफ्नो उम्मेदवारी रहेको उल्लेख गर्दै सहयोगका लागि पार्टीका नेता तथा कार्यकर्तासँग आग्रह गरेका छन्।
सभापति गगन थापा निकट मानिने बमको उम्मेदवारी घोषणासँगै कैलाली क्षेत्र नं. ४ मा कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचनलाई लिएर चहलपहल बढेको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

भोजबहादुर बमद्वारा कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

भोजबहादुर बमद्वारा कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

धनगढी- कैलाली क्षेत्र नं. ४ बाट नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका लागि भोजबहादुर बमले केन्द्रीय महाधिवेशन प्रतिनिधि (खुला पुरुष)...
बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

धनगढी- बझाङको बित्थडचिर गाउँपालिकामा नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन भएको छ। असोज ७ गतेदेखि सुरु भएको नेपाली कांग्रेसको १५औँ अ...
रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

धनगढी- कैलालीको गौरीगंगा नगरपालिका–६ बनबेहडाकी एक महिलाको रुखबाट लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय प्रेमबहादुर साउदकी ४...
खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

बझाङ: नेकपा (एमाले) बझाङ तथा खप्तडछान्ना गाउँपालिकाका सक्रिय र प्रभावशाली नेताका रूपमा परिचित कलक खत्री आगामी स्थानीय तह निर्वाचनम...
राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

बझाङ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बझाङको जिल्ला अधिवेशनलाई लिएर पार्टीभित्र विवाद र असन्तोष सतहमा आएको छ। वडा तथा पालिक...
कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

धनगढी- नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि कैलाली क्षेत्र नं. ५ बाट लक्ष्मी रिजाल केसीले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घ...
हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

धनगढी- लामो समयदेखि शिक्षण पेशामा समर्पित शिक्षक चक्रप्रसाद रेग्मीले ३७ वर्ष ९ महिना १९ दिनको शिक्षण सेवा पूरा गर्दै अनिवार्य अवका...
भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

धनगढी- सुदूरपश्चिमेली नेपाली समाज भारतले भोटेकोशी बाढीबाट परिवारको राहत तथा पुनःस्थापनाका लागि २ लाख ८ हजार रुपैयाँ सहयोग गरेको छ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज