Advertisement

अछामका दीपक साउँद एमाले केन्द्रीय सदस्य, लिए शपथ

Advertisement

धनगढी- नेकपा (एमाले) अछामका नेता दीपक साउँदले पार्टीको केन्द्रीय कमिटी सदस्यको शपथ लिएका छन्।

एमालेको विधानको धारा ६० को उपधारा (क) अनुसार केन्द्रीय कमिटी सदस्यको जिम्मेवारी पाएका साउँदले शुक्रबार शपथग्रहण गरेका हुन्।

साउँदले शपथका क्रममा मार्क्सवाद–लेनिनवाद र जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्तका रूपमा आत्मसात गर्दै पार्टी, राष्ट्र र क्रान्तिको हितमा निरन्तर सक्रिय र समर्पित रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले पार्टीको सिद्धान्त, कार्यक्रम र नीतिलाई दृढताका साथ अनुसरण गर्दै पार्टी विधानलाई इमानदारीपूर्वक पालना गर्ने तथा पदमा रहे वा नरहे पनि पार्टीको गोपनीयता र एकता जोगाउँदै स्वच्छ एवं नैतिक आचरणयुक्त जीवन बिताउने प्रतिबद्धता पनि जनाएका छन्।

साउँद तत्कालीन नेकपा (माओवादी)का प्रभावशाली नेताका रूपमा अछाममा लामो समय सक्रिय थिए। उनी २०७० सालको संविधानसभा निर्वाचनमा अछाम–१ बाट तत्कालीन माओवादीका उम्मेदवारसमेत बनेका थिए। पछि माओवादी छाडेर प्रगतिशील लोकतान्त्रिक पार्टीमा आबद्ध भएका साउँद पछिल्लो समय एमालेमा समाहित भएका हुन्।

एमालेको पछिल्लो केन्द्रीय कमिटी बैठकबाट पार्टीमा समायोजन भएका नेताहरूमध्ये साउँदलाई अछामबाट केन्द्रीय सदस्य बनाइएको थियो। एमालेले समायोजन भएका विभिन्न समूहबाट १३ जनालाई केन्द्रीय सदस्य बनाएको जनाएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
बझाङमा ट्याक्टर दुर्घटना, चालकसहित ६ जना घाइते

बझाङमा ट्याक्टर दुर्घटना, चालकसहित ६ जना घाइते

बझाङ- जयपृथ्वी नगरपालिका–११ सिमभाडीमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्। भोपुरबाट चैनपुरतर्फ आउँदै गरेको सुदू...
महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारूको शव फेला

महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारूको शव फेला

कञ्चनपुरको महाकाली नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीका असई सागरराज थारूको शव पाँच दिनपछि फेला परेको छ। असोज २४ गते चुँडिएको नेप...
सुदूरपश्चिममा बजेटप्रति असन्तुष्टि, एमालेका प्रदेशसभा सदस्य थापाद्वारा राजीनामा

सुदूरपश्चिममा बजेटप्रति असन्तुष्टि, एमालेका प्रदेशसभा सदस्य थापाद्वारा राजीनामा

धनगढी - सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि जनाउँदै नेकपा (एमाले) का प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री वीरबहादु...
भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन

भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन

काठमाण्डौ- गएको भदौ १० गते रसुवा–केरुङ क्षेत्रमा आएको विनाशकारी बाढीअघि लाङटाङ लिरुङ हिमालको उत्तरी भिरमा ४० सेन्टिमिटरसम्म भू–विस...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज