Advertisement

अछामका दीपक साउँद एमाले केन्द्रीय सदस्य, लिए शपथ

Advertisement

धनगढी- नेकपा (एमाले) अछामका नेता दीपक साउँदले पार्टीको केन्द्रीय कमिटी सदस्यको शपथ लिएका छन्।

एमालेको विधानको धारा ६० को उपधारा (क) अनुसार केन्द्रीय कमिटी सदस्यको जिम्मेवारी पाएका साउँदले शुक्रबार शपथग्रहण गरेका हुन्।

साउँदले शपथका क्रममा मार्क्सवाद–लेनिनवाद र जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्तका रूपमा आत्मसात गर्दै पार्टी, राष्ट्र र क्रान्तिको हितमा निरन्तर सक्रिय र समर्पित रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले पार्टीको सिद्धान्त, कार्यक्रम र नीतिलाई दृढताका साथ अनुसरण गर्दै पार्टी विधानलाई इमानदारीपूर्वक पालना गर्ने तथा पदमा रहे वा नरहे पनि पार्टीको गोपनीयता र एकता जोगाउँदै स्वच्छ एवं नैतिक आचरणयुक्त जीवन बिताउने प्रतिबद्धता पनि जनाएका छन्।

साउँद तत्कालीन नेकपा (माओवादी)का प्रभावशाली नेताका रूपमा अछाममा लामो समय सक्रिय थिए। उनी २०७० सालको संविधानसभा निर्वाचनमा अछाम–१ बाट तत्कालीन माओवादीका उम्मेदवारसमेत बनेका थिए। पछि माओवादी छाडेर प्रगतिशील लोकतान्त्रिक पार्टीमा आबद्ध भएका साउँद पछिल्लो समय एमालेमा समाहित भएका हुन्।

एमालेको पछिल्लो केन्द्रीय कमिटी बैठकबाट पार्टीमा समायोजन भएका नेताहरूमध्ये साउँदलाई अछामबाट केन्द्रीय सदस्य बनाइएको थियो। एमालेले समायोजन भएका विभिन्न समूहबाट १३ जनालाई केन्द्रीय सदस्य बनाएको जनाएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

अछामका दीपक साउँद एमाले केन्द्रीय सदस्य, लिए शपथ

अछामका दीपक साउँद एमाले केन्द्रीय सदस्य, लिए शपथ

धनगढी- नेकपा (एमाले) अछामका नेता दीपक साउँदले पार्टीको केन्द्रीय कमिटी सदस्यको शपथ लिएका छन्। एमालेको विधानको धारा ६० को उपधारा...
२५ वर्षकी गुमाको शंकास्पद मृत्यु : श्रीमान सहित अन्य प्रहरी नियन्त्रणमा

२५ वर्षकी गुमाको शंकास्पद मृत्यु : श्रीमान सहित अन्य प्रहरी नियन्त्रणमा

धनगढी : धनगढी उपमहानगरपालिका–१९ की २५ वर्षीया गुमादेवी जोशीको शंकास्पद मृत्यु भएको भन्दै माइती पक्षले निष्पक्ष छानबिन गरी दोषीमाथि...
रास्वपाका जिल्ला संगठन विभाग उपप्रमुखसहित ७६ जना नागरिक उन्मुक्ति पार्टीमा समाहित

रास्वपाका जिल्ला संगठन विभाग उपप्रमुखसहित ७६ जना नागरिक उन्मुक्ति पार्टीमा समाहित

रमित ओली, कैलारी - कैलाली कैलालीको कैलारी गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेसलगायत विभिन्न राजनीतिक...
एक दिनको खाजा त्यागेर पीडित परिवारको घाउमा मलम लगाउँदै बोन्ड स्कुल परिवार

एक दिनको खाजा त्यागेर पीडित परिवारको घाउमा मलम लगाउँदै बोन्ड स्कुल परिवार

रमित ओली, कैलारी - रसुवामा आएको विनाशकारी बाढीपहिरोमा परी बेपत्ता भएका कैलारी गाउँपालिकाका दुई जनाका परिवारलाई कैलारी गाउँपालिका–५...
एमएमए फाइटर रबिन्द्र ढाँटलाई बित्थडचिर खेलकुद समितिको स्वागत तथा बिदाइ

एमएमए फाइटर रबिन्द्र ढाँटलाई बित्थडचिर खेलकुद समितिको स्वागत तथा बिदाइ

धनगढी- बझाङको बित्थडचिर गाउँपालिका खेलकुद विकास समितिले एमएमए फाइटर रबिन्द्र ढाँटलाई स्वागत तथा बिदाइ गरेको छ। आफ्नो प्रतिद्वन्द्...
भोजबहादुर बमद्वारा कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

भोजबहादुर बमद्वारा कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

धनगढी- कैलाली क्षेत्र नं. ४ बाट नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका लागि भोजबहादुर बमले केन्द्रीय महाधिवेशन प्रतिनिधि (खुला पुरुष)...
बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

धनगढी- बझाङको बित्थडचिर गाउँपालिकामा नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन भएको छ। असोज ७ गतेदेखि सुरु भएको नेपाली कांग्रेसको १५औँ अ...
रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

धनगढी- कैलालीको गौरीगंगा नगरपालिका–६ बनबेहडाकी एक महिलाको रुखबाट लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय प्रेमबहादुर साउदकी ४...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज