Advertisement

राजनीति

आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

कैलाली, ताजा अपडेट, राजनीति, विचार, सुदूरपश्चिम
धनगढी- देश निर्माणका लागि सक्षम नेतृत्व चाहिन्छ , जसमा सचेत नागरिक र सही निर्णय अत्यन्त आवश्यक मानिन्छ। तर हाम्रो समाजमा एउटा खतरनाक प्रवृत्ति बढ्दै गएको छ । आफुले मन पराएको नेता वा नेतृत्वले जे गरे पनि सही हो भन्ने सोच। यही अन्ध समर्थन र पक्षपातपूर्ण मानसिकताले देशलाई कमजोर बनाइरहेको छ। लोकतन्त्रमा नेता जनताका सेवक हुन्, मालिक होइनन्। जनताले उनीहरूलाई देश र जनताको हितका लागि जिम्मेवारी दिएका हुन्छन्। तर जब नागरिकहरू आफ्नो पार्टी, नेता वा समूहप्रति यति धेरै अन्धभक्त बन्छन् कि उनीहरूको गलत कामसमेत सही देख्न थाल्छन्, तब भ्रष्टाचार, बेथिति र अन्यायले प्रश्रय पाउँछ। आज देशमा धेरै समस्या देखिन्छन् ,, भ्रष्टाचार, बेरोजगारी, विकासमा ढिलाइ, युवाको विदेश पलायन, कमजोर शिक्षा र स्वास्थ्य व्यवस्था। यी समस्याको एउटा मुख्य कारण नागरिकको मौन समर्थन पनि हो। कुनै नेता गलत कार्यमा मुछिँदा पनि “मेरो नेता ह...
बझाङका रणनीतिक सडकमा बजेट माग गर्दै सांसद ऐन महर

बझाङका रणनीतिक सडकमा बजेट माग गर्दै सांसद ऐन महर

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
बझाङ: बझाङका प्रतिनिधिसभा सदस्य ऐनबहादुर महरले जिल्लाका रणनीतिक सडक आयोजनाहरू आगामी आर्थिक वर्षको बजेटसहित योजनामा समावेश गर्न माग गरेका छन् । उनले सडक विभागलाई पत्र लेख्दै बझाङमा सडक पूर्वाधार विकास अझै सुस्त रहेको उल्लेख गरेका हुन् । महरका अनुसार २०४१/४२ सालदेखि निर्माण सुरु भएको खोड्पे–बझाङ (जयपृथ्वी राजमार्ग) अझै प्रभावकारी रूपमा सञ्चालनमा आउन सकेको छैन । अन्य महत्वपूर्ण सडक आयोजनाहरू पनि ढिलाइमा रहेको उनले बताएका छन् । उनले बैतडीको अनारखोलास्थित सडक आयोजना कार्यालय बझाङमै सार्नुपर्ने माग गर्दै स्थानीय स्तरबाटै आयोजना सञ्चालन भए काम छिटो र प्रभावकारी हुने विश्वास व्यक्त गरे, आगामी बजेटमा खोड्पे–बझाङ सडक स्तरोन्नति तथा कालोपत्रे, खुटिया–दिपायल–चैनपुर सडकअन्तर्गत बझाङ–झनाना–दिपायल खण्ड सुधार, बित्थड–बुङ्गल–छविस हुँदै जयपृथ्वी नगरपालिका जोड्ने सडक,वागथला–बुङ्गल–गन्नैलेक हुँदै दार्चु...
प्रधानमन्त्री वालेन्द्र शाह एकैपटक २० देशका राजदूतसँग भेटवार्ता गर्दै

प्रधानमन्त्री वालेन्द्र शाह एकैपटक २० देशका राजदूतसँग भेटवार्ता गर्दै

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आज करिब २० देशका राजदूतसँग एकैपटक भेटवार्ता गर्ने भएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार आज मध्याह्न १२ बजे नेपालमा कार्यरत विभिन्न देशका राजदूतसँग सामूहिक भेटवार्ताको कार्यसूची तय गरिएको छ। विगतमा प्रधानमन्त्रीहरूले राजदूतहरूलाई छुट्टाछुट्टै भेट्ने अभ्यास रहँदै आएकोमा प्रधानमन्त्री शाहले नयाँ शैलीको सुरुवात गर्न लागेका हुन्। यस किसिमको सामूहिक भेटलाई कूटनीतिक वृत्तमा विशेष चासोका रूपमा हेरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा हुने उक्त भेटमा परराष्ट्रमन्त्री शिशिर खनाल, परराष्ट्र सचिव अमृतबहादुर राई, शिष्टाचार महापाल प्रमुख कुमार राई, प्रवक्ता तथा सह–सचिव लोकबहादुर पौडेल क्षेत्री र मुख्य सचिव सुमनराज अर्यालको समेत उपस्थिति रहने जनाइएको छ।...
आज संघीय संसद्को दुवै सदनको बैठक बस्दै, सभामुखमा डोलप्रसाद अर्याललाई औपचारिक स्वीकृति दिइने

आज संघीय संसद्को दुवै सदनको बैठक बस्दै, सभामुखमा डोलप्रसाद अर्याललाई औपचारिक स्वीकृति दिइने

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं- संघीय संसद्को दुवै सदन-प्रतिनिधिसभा र राष्ट्रियसभा—को बैठक आज बस्दैछ। सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय हलमा बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बस्नेछ भने अपराह्न १२:१५ बजे राष्ट्रियसभाको बैठक तय गरिएको छ। आजको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिनेछ। अर्याल यसअघि नै निर्विरोध रूपमा सभामुख चयन भइसकेका छन्। उनको प्रस्तावकमा रास्वपा सभापति रवि लामिछाने रहेका छन् भने समर्थकमा स्वर्णिम वाग्ले, सोविता गौतम र सुनिल लम्साल रहेका छन्। त्यस्तै, राष्ट्रियसभाको बैठकमा विषयगत समितिका सदस्यहरूको मनोनयन तथा हेरफेर गर्ने कार्यसूची रहेको छ। साथै, अध्यक्ष र उपाध्यक्षको अनुपस्थितिमा बैठक सञ्चालन गर्ने सदस्यहरूको नाम पनि तोकिनेछ। यसैगरी, प्रधानमन्त्री बा...
ओली पक्राउको विरोधमा एमालेद्वारा देशभर विरोधपत्र बुझाइँदै

ओली पक्राउको विरोधमा एमालेद्वारा देशभर विरोधपत्र बुझाइँदै

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आज देशभरका जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाउने भएको छ। शनिबार बसेको आकस्मिक सचिवालय बैठकको निर्णयअनुसार पार्टीले आज देशव्यापी रूपमा विरोधपत्र बुझाउने कार्यक्रम तय गरेको हो। एमालेले भदौ २३ र २४ मा भएका घटनाको छानबिन गर्न गठन गरिएको गौरीबहादुर कार्की आयोगप्रति असहमति जनाउँदै उक्त घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्न माग गरेको छ। यस्तै, ओली पक्राउपछिको अवस्थाबारे संसदमा रहेका विभिन्न दलहरूसँग संवाद गरी सामूहिक प्रतिवाद कार्यक्रम सञ्चालन गर्न पार्टीले नेताहरू विष्णु पौडेल, रामबहादुर थापा र गोकर्ण विष्ट लगायतलाई जिम्मेवारी तोकेको जनाएको छ।...
सुदूरपश्चिममा राजनीतिक नियुक्ति विवाद चर्कियो, एमाले मन्त्रीद्वारा मन्त्रिपरिषद् बैठक बहिस्कार

सुदूरपश्चिममा राजनीतिक नियुक्ति विवाद चर्कियो, एमाले मन्त्रीद्वारा मन्त्रिपरिषद् बैठक बहिस्कार

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, सुदूरपश्चिम
धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले गरिरहेको राजनीतिक नियुक्तिलाई लिएर सरकारभित्रै विवाद चर्किएको छ। उक्त विवादकै कारण नेपाल कम्युनिस्ट पार्टी (एमाले) का मन्त्रीहरूले आज मन्त्रिपरिषद् बैठक बहिस्कार गरेका छन्। राजनीतिक नियुक्तिमा भागबन्डा नमिल्दा असन्तुष्टि बढेको हो। विशेषगरी जिल्ला अस्पतालहरूको अध्यक्ष नियुक्तिमा सहमति जुट्न नसक्दा विवाद उत्कर्षमा पुगेको बताइएको छ। बैठक सुरु हुनुअघि आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्की केही समय मुख्यमन्त्री कार्यालय पुगे पनि बैठकमा सहभागी भएनन्। यस्तै, भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल पनि अनुपस्थित रहे। एमालेका मन्त्रीहरू सामूहिक रूपमा बैठकमा नबस्ने निर्णयमा पुगेका थिए। एमाले मन्त्रीहरू अनुपस्थित भएपछि मन्त्रिपरिषद् बैठकमा मुख्यमन्त्री कमल बहादुर शाह, आर्थिक मामिला मन्त्री बहादुरसिंह थापा र सामाजिक विकास मन्त्री मेघराज खड्का मात्र सहभाग...
नेपालका कम्युनिष्ट : हार्दा एकता, जित्दा फुट

नेपालका कम्युनिष्ट : हार्दा एकता, जित्दा फुट

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
नेपालका वामपन्थी दलहरूबीच पुनः एकता आवश्यक रहेको बहस चर्किएको छ। २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कमजोर प्रदर्शनपछि साना-ठूला सबै वामपन्थी दलभित्र एकताको आवश्यकता सम्बन्धी छलफल तीव्र बनेको हो। निर्वाचनअघि एकअर्काविरुद्ध कडा प्रतिस्पर्धामा उत्रिएका वाम दलहरू अहिले भने संयुक्त वक्तव्य जारी गर्दै र भेटघाट बढाउँदै सहकार्यतर्फ उन्मुख देखिएका छन्। देशभर विभिन्न नाममा कम्तीमा नौ वामपन्थी दल चुनावमा सहभागी भएका थिए। तीमध्ये दुई दलले मात्र प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीमा उल्लेख्य उपस्थिति कायम राख्न सके। नेकपा एमालेले प्रत्यक्षतर्फ ९ सिट र समानुपातिकतर्फ १६ सिट जित्दा, नेकपाले प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ ९ सिट प्राप्त गरेको छ। युवाहरूको दबाब: रूपान्तरण र पुस्तान्तरणको माग चुनावी परिणामपछि वामपन्थी युवाहरू पार्टीभित्र रूपान्तरण र पुस्तान्तरणको माग गर्दै सक्रिय भएका छन्। उनीह...
निर्वाचनमा पैसा खाने ५७ काँग्रेसीको सूची आलेले शाहलाई दिए

निर्वाचनमा पैसा खाने ५७ काँग्रेसीको सूची आलेले शाहलाई दिए

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, राजनीति
धनगढी- कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा चुनावी रकम बाँडिएको विषय सार्वजनिक भएपछि राजनीतिक वृत्तमा चर्चा चुलिएको छ। नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार प्रेमबहादुर आलेमगर ले प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा ५७ जना काँग्रेसीलाई रकम दिएको दाबी गरिएको छ। नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेका नरनारायण शाह ले एक सञ्चार माध्यमसँग कुराकानी गर्दै उक्त दाबी गरेका हुन्। उनका अनुसार आलेले आफूलाई भेटेर पैसा बुझ्ने ५७ जनाको नामावलीसमेत दिएको बताएका छन्। शाहले नेतृत्व तहकै केही नेताहरूले पनि आलेबाट रकम बुझेको दाबी गरे। तर, उनले कस–कसले रकम बुझे भन्ने विषय भने सार्वजनिक गरेका छैनन्। नाम सार्वजनिक गरे पार्टीमै गम्भीर असर पर्ने भन्दै उनले विवरण गोप्य राखेको बताएका छन्। चुनावमा पैसाको चलखेलबारे सोधिएको प्रश्नमा शाहले आले स्वयंले काँग्रेसीहरूको सूची दिएको दाबी गरेका हुन्, तर कसले कति रकम लिएको भ...
बझाङमा काँग्रेसभित्र अन्तरघातको आरोप, अमर सिंह महरद्वारा छानबिन र कारबाहीको माग

बझाङमा काँग्रेसभित्र अन्तरघातको आरोप, अमर सिंह महरद्वारा छानबिन र कारबाहीको माग

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
बझाङ- हालै सम्पन्न प्रतिनिधि सदस्य निर्वाचनपछि अमर सिंह महर ले आफूविरुद्ध अन्तरघातको आरोप लगाइएको भन्दै त्यसको सत्यतथ्य छानबिन गर्न माग गरेका छन्। महरले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको विज्ञप्तिमा फागुन २१ गतेको निर्वाचनमा आफूले दिनरात खटेर पार्टीका उम्मेदवारलाई जिताउन कुनै कसर बाँकी नराखेको दाबी गरेका छन्। उनले इमान्दारपूर्वक पार्टीका लागि काम गरेको उल्लेख गर्दै आफूविरुद्ध लगाइएको आरोप आधारहीन भएको बताएका छन्। उनका अनुसार निर्वाचन परिणामपछि बसेको समीक्षा बैठकमा उम्मेदवार प्रकाश रसाइली ले ‘विशेष स्रोतबाट अन्तरघात भएको’ भन्दै जिल्ला कमिटीमा आफ्नो नाम जबरजस्ती समावेश गराएको आरोप लगाएका छन्। महरले वास्तविकता नबुझी आफ्नो नाम सार्वजनिक गरी चरित्र हत्या गर्ने प्रयास गरिएको बताएका छन्। यसप्रति आपत्ति जनाउँदै उनले नेपाली काँग्रेस जिल्ला कार्यसमिति बझाङलाई घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्...
समानुपातिकतर्फको सिट बाँडफाँट, कुन दललाई कति ?

समानुपातिकतर्फको सिट बाँडफाँट, कुन दललाई कति ?

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
काठमाण्डौ- निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य चुनावको समानुपातिक निर्वाचन प्रणालीतर्फको सिट बाँडफाँट गरेको छ । यसअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ५७, नेपाली कांग्रेसले २०, नेकपा एमालेले १६, नेकपाले ९, श्रम संस्कृति पार्टीले ४ र राप्रपाले ४ सिट प्राप्त गरेका छन् । समानुपातिक निर्वाचन प्रणालीतर्फ १ करोड १२ लाख ८० हजार ६ सय १७ मतदान भएकोमा १ करोड ८ लाख ३५ हजार २५ मत सदर भएको आयोगले जनाएको छ । दलहरूले प्राप्त गरेको कुल सदर मत संख्याका आधारमा प्रचलित निर्वाचन कानुनबमोजिम तोकिएको थ्रेस होल्ड (३ प्रतिशत) पार गर्ने ६ दलले पाउने सिट निर्धारण गरिएको हो । आयोगले ३ दिनभित्र उम्मेदवारको नाम छनोट गरी आयोगसमक्ष पेश गर्न हिजो नै दलहरूलाई पत्राचार गरेको जनाएको छ । समानुपातिकतर्फको औपचारिक नतिजा घोषणासँगै प्रतिनिधिसभामा ६ दल हुने निश्चित भएको छ । रास्वपाको प्रत्यक्षतर्फ १ सय २५ र समानुपातिकतर्फ ...
प्रतिनिधिसभामा सीमान्तकृत समुदायको प्रतिनिधित्व कमजोर

प्रतिनिधिसभामा सीमान्तकृत समुदायको प्रतिनिधित्व कमजोर

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
काठमाण्डाै– प्रतिनिधिसभामा सीमान्तकृत समुदायको उपस्थिति अपेक्षाकृत रूपमा कमजोर देखिएको छ । प्रतिनिधिसभा सदस्य चुनावकाे प्रत्यक्षतर्फ १६५ सिटमध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) मात्रै सीमान्तकृत समुदायका उम्मेदवार निर्वाचित भएका छन् । त्यस्तै आदिवासी जनजाति २६ जना (१५.७६ प्रतिशत), मधेशी २८ जना (१६.९७ प्रतिशत), थारू पाँच जना (३.०३ प्रतिशत), मुस्लिम चार जना (२.४२ प्रतिशत) र दलित एक जना (०.६१ प्रतिशत) मात्र निर्वाचित भएका छन् । सीमान्तकृत समुदायभित्र पनि झन्डै १३.४ प्रतिशत जनसङ्ख्या भएको दलित समुदायको प्रतिनिधित्व झन् कमजोर देखिन्छ । समानुपातिकतर्फ दलहरूले पाएको मतका आधारमा दलित क्लस्टरबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सात महिला र दुई पुरुष गरी नौ जना, नेपाली कांग्रेसबाट दुई महिला र एक पुरुष, नेकपा (एमाले) बाट एक महिला तथा नेकपाबाट एक महिला गरी जम्मा १४ जना प्रतिनिधिसभामा आउने द...
अछाममा एमालेतर्फ आकर्षण : चौरपाटीमा रामबहादुर साउँदसहित डुङ्ग्री टोलनै एमालेमा प्रवेश

अछाममा एमालेतर्फ आकर्षण : चौरपाटीमा रामबहादुर साउँदसहित डुङ्ग्री टोलनै एमालेमा प्रवेश

Breaking News 1, अछाम, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
अछाम- अछामको चौरपाटी गाउँपालिका-३ को एक गाउँ नै नेकपा एमालेमा प्रवेश गरेको छ। पूर्व समाजवादी गाउँ कमिटी अध्यक्ष तथा निर्वाचित वडाध्यक्षसमेत रहेका रामबहादुर साउँदसहित डुङ्ग्री टोलका ठूलो संख्यामा नेता तथा कार्यकर्ता आइतबार एमालेमा समाहित भएका हुन्। आइतबार चौरपाटीमा आयोजित मतदातालाई धन्यवाद ज्ञापन कार्यक्रमका क्रममा साउँदसहित करिब पाँच सय जना एमालेमा प्रवेश गरेको एमालेका चौरपाटीले जनाएको छ। पार्टी फुटका बेला समाजवादीतर्फ लागेका साउँद अहिले आफ्ना समर्थकसहित पुनः एमालेमै फर्किएको जनाइएको छ। कार्यक्रममा डुङ्ग्री टोलका अधिकांश नेता तथा कार्यकर्ता सामूहिक रूपमा एमालेमा प्रवेश गरेका थिए। पार्टी प्रवेशका क्रममा बोल्दै साउँदले जनपक्षीय काम गर्ने पार्टी एमाले भएकाले आफूहरू आफ्नै घरमा फर्किएको बताएका थिए। “जनताको पक्षमा काम गर्ने बलियो शक्ति एमाले भएकाले हामीले पुनः यही पार्टी रोजेका हौँ,” उनले भने...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज