Advertisement

सुदूरपश्चिममा राजनीतिक नियुक्ति विवाद चर्कियो, एमाले मन्त्रीद्वारा मन्त्रिपरिषद् बैठक बहिस्कार

Advertisement

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले गरिरहेको राजनीतिक नियुक्तिलाई लिएर सरकारभित्रै विवाद चर्किएको छ। उक्त विवादकै कारण नेपाल कम्युनिस्ट पार्टी (एमाले) का मन्त्रीहरूले आज मन्त्रिपरिषद् बैठक बहिस्कार गरेका छन्।
राजनीतिक नियुक्तिमा भागबन्डा नमिल्दा असन्तुष्टि बढेको हो। विशेषगरी जिल्ला अस्पतालहरूको अध्यक्ष नियुक्तिमा सहमति जुट्न नसक्दा विवाद उत्कर्षमा पुगेको बताइएको छ।
बैठक सुरु हुनुअघि आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्की केही समय मुख्यमन्त्री कार्यालय पुगे पनि बैठकमा सहभागी भएनन्। यस्तै, भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल पनि अनुपस्थित रहे। एमालेका मन्त्रीहरू सामूहिक रूपमा बैठकमा नबस्ने निर्णयमा पुगेका थिए।
एमाले मन्त्रीहरू अनुपस्थित भएपछि मन्त्रिपरिषद् बैठकमा मुख्यमन्त्री कमल बहादुर शाह, आर्थिक मामिला मन्त्री बहादुरसिंह थापा र सामाजिक विकास मन्त्री मेघराज खड्का मात्र सहभागी भएका थिए।
बैठकले भने विभिन्न जिल्ला अस्पतालहरूमा अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको छ। टिकापुर अस्पताल व्यवस्थापन समितिको अध्यक्ष पदमा सबैभन्दा बढी विवाद देखिएको थियो। उक्त पदमा एमालेले आफ्नो दाबी राख्दै आएकोमा कांग्रेसले आफ्ना निकट रामबहादुर भण्डारीलाई नियुक्त गरेपछि विवाद थप चर्किएको हो।
यसैबीच, दार्चुला जिल्ला अस्पतालको अध्यक्षमा तोरणप्रसाद अवस्थी, बैतडीमा धनबहादुर क्षेत्री, बाजुरामा धनबहादुर रावत र बझाङमा वीरेन्द्रबहादुर खड्का नियुक्त भएका छन्। बझाङ बाहेक अन्य अधिकांश अस्पतालका अध्यक्ष कांग्रेस निकट मानिएका छन्।
राजनीतिक भागबन्डा नमिल्दा सत्ता गठबन्धनभित्रै असन्तुष्टि बढ्दै गएको देखिएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज