Advertisement

अछाममा एमालेतर्फ आकर्षण : चौरपाटीमा रामबहादुर साउँदसहित डुङ्ग्री टोलनै एमालेमा प्रवेश

Advertisement

अछाम- अछामको चौरपाटी गाउँपालिका-३ को एक गाउँ नै नेकपा एमालेमा प्रवेश गरेको छ। पूर्व समाजवादी गाउँ कमिटी अध्यक्ष तथा निर्वाचित वडाध्यक्षसमेत रहेका रामबहादुर साउँदसहित डुङ्ग्री टोलका ठूलो संख्यामा नेता तथा कार्यकर्ता आइतबार एमालेमा समाहित भएका हुन्।
आइतबार चौरपाटीमा आयोजित मतदातालाई धन्यवाद ज्ञापन कार्यक्रमका क्रममा साउँदसहित करिब पाँच सय जना एमालेमा प्रवेश गरेको एमालेका चौरपाटीले जनाएको छ।
पार्टी फुटका बेला समाजवादीतर्फ लागेका साउँद अहिले आफ्ना समर्थकसहित पुनः एमालेमै फर्किएको जनाइएको छ। कार्यक्रममा डुङ्ग्री टोलका अधिकांश नेता तथा कार्यकर्ता सामूहिक रूपमा एमालेमा प्रवेश गरेका थिए।
पार्टी प्रवेशका क्रममा बोल्दै साउँदले जनपक्षीय काम गर्ने पार्टी एमाले भएकाले आफूहरू आफ्नै घरमा फर्किएको बताएका थिए। “जनताको पक्षमा काम गर्ने बलियो शक्ति एमाले भएकाले हामीले पुनः यही पार्टी रोजेका हौँ,” उनले भने।
साउँदसहित नवप्रवेशीलाई एमाले केन्द्रीय सदस्य तथा अछाम जिल्ला इन्चार्ज झपट बोहरा, एमाले उम्मेदवार दिपक साउँदलगायतका नेताहरूले स्वागत गरेका थिए।
प्रतिनिधिसभा निर्वाचनमा पराजय बेहोरेका एमाले उम्मेदवार दिपक साउँद अहिले मतदातालाई धन्यवाद ज्ञापन गर्दै पार्टीलाई थप सुदृढ बनाउने अभियानमा सक्रिय रहेका छन्।
जिल्लाको निर्वाचन क्षेत्र नं. १ मा पछिल्लो समय एमालेप्रति नेता तथा कार्यकर्ताको आकर्षण बढ्दै गएको बताइएको छ। चुनाव प्रचारप्रसारका क्रममा पनि विभिन्न गाउँ–टोलबाट ठूलो संख्यामा एमालेमा कार्यकर्ता समाहित भएको एमाले नेताहरूले बताएका छन्।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज